भर्खरै :

कोभिड–१९ र होमियोप्याथी

            आजको समय कोभिड–१९ को विश्वव्यापी महामारीको चपेटा विश्व लकडाउन (बन्दाबन्दी) को अवस्थामा छ । हाम्रो देश पनि गत चैत ११ गतेदेखि लकडाउनमा छ । सबैको जीवन कष्टमय अवस्थामा छ । यसले आर्थिक, स्वास्थ्य र सामाजिक सबै क्षेत्रमा नराम्ररी प्रभाव पारिरहेको छ । यसरी लकडाउनको समयमा घरभित्र बसिरहँदा व्यक्तिमा शारीरिक, मानसिक एवं मनोसामाजिक समस्याहरू बढिरहेका छन् । कोभिड–१९ को हालसम्म कुनै प्रभावकारी उपचार उपलब्ध छैन । यस्तो विषम परिस्थितिमा होमियोप्याथी एक जीवनदायी उपचार हुनसक्ने कुरा विभिन्‍न देशहरूमा गरेका अध्ययन अनुसन्धानबाट पुष्टि गरेको पाइन्छ । यस्तो जीवनदायी उपचार पद्धति होमियोप्याथीबारे केही चर्चा गरी बुझ्नेबुझाउने प्रयास गरौँ ।
होमियोप्याथी
            करिब २२५ वर्षअघि जर्मनीका फिजिसियन डा. सामुयल हैनिमानले होमियोप्याथिक उपचार पद्धतिको प्रतिपादन गरेका थिए । आज विश्वका प्रायः देशहरूमा होमियोप्याथिक उपचार पद्धति प्रयोग गरिरहेको पाइन्छ । विश्व स्वास्थ्य स·ठनअनुसार होमियोप्याथिक उपचार पद्धति दोस्रो उपचार पद्धतिको रूपमा अँगालेको छ । होमियोप्याथी शब्द दुई ओटा ग्रीक शब्दहरू होमियोस र प्याथी मिलेर बनेको हो । होमियोसको अर्थ समान वा उस्तै र प्याथीको अर्थ रोग वा समस्या भन्‍ने बुझिन्छ । होमियोप्याथीको शाब्दिक अर्थ हो रोगको लक्षणहरूसँग मिल्ने उस्तै गुणहरू भएको औषधि सेवन गराए बिरामीमा भएको रोग निको पार्नु हो । रोगको प्रकृति र रोगीको स्वभावअनुसार उस्तै गुण भएको थोरै मात्र औषधिको सेवन गराई उपचार गर्ने पद्धतिलाई होमियोप्याथी भनिन्छ ।
           होमियोप्याथिक उपचार पद्धति एक प्राकृतिक नियमअनुसार उपचार गर्ने पद्धति हो, जसमा मानिस, जनावर, पन्छीपशु एवं वनस्पतिहरूमा पनि प्रयोग गर्न सकिन्छ, किनकि यी सबै प्राकृतिक (Natural) अवस्थाका हुन् । होमियोप्याथिक उपचार पद्धतिलाई प्राकृतिक भन्नुको तात्पर्य यस उपचार पद्धतिअनुसार रोगी व्यक्तिको उपचार गर्दा रोगी व्यक्तिको स्वभाव र रोगको स्वभाव वा लक्षणअनुसार उस्तै लक्षणहरू उत्पन्‍न गराउनसक्ने औषधि दिएर उपचार गर्नु हो । यो उपचार गर्ने पद्धति समानताको सिद्धान्तमा आधारित उपचार हो । यस्तो समानताको सिद्धान्त हाम्रो पूर्वीय दर्शनशास्त्रहरूमा यसरी वर्णन गरिएको पाइन्छः
अमार्यो यश्च भूतानां जायते येन सुव्रत 
तदेब ह्यामयं द्रव्य नं पुनाति चिकित्सतम् ।।
श्रीमद्भागवत
            यसको अर्थ हो– यदि कुनै व्यक्ति केही वस्तुको सेवनबाट बिरामी भएमा उसलाई सोही वस्तुको सूक्ष्म मात्रा सेवन गराई निको पार्नसकिन्छ भन्‍ने हो । त्यस्तै पूर्वीय दर्शनशास्त्रहरूमा अरु समानताका सिद्धान्तहरूको पनि वर्णन गरिएको छ– समः सम शमयति, विषश्य विषर्मोधम्, कन्टकेनैव कन्टकम् आदि ।
            होमियोप्याथिक उपचार पद्धतिको लक्ष्यः शरीरको रोगसँग लड्ने जीवनी शक्ति (Vital Force) लाई प्रवद्र्धन (मजबुत) गर्नु अथवा छोटकरीमा भन्नुपर्दा व्यक्तिको इम्युनिटीलाई बलियो बनाउनु हो ।
होमियोप्याथीका आधारभूत सिद्धान्तहरू :
१. समानताको सिद्धान्त (Law of Similar)
२. एकल औषधिको प्रयोग (Law of Single Remedy)
३. ज्यादै कम मात्राको औषधि (Law of Minimal Dose
४. सशक्तिकृत औषधि (Law of Drug Dynamization)
५. जीवनशक्तिको सिद्धान्त (Law of Vital Force
६. व्यक्तिपरक/व्यक्ति विशेष (Law of Individualization)
७. औषधिको परीक्षण (Law of Drug
८. रोगलाई होइन रोगीलाई उपचार गर्नु (Homopathyu treats the Patient not the Disease)
            यी होमियोप्याथीका सिद्धान्तहरूमध्ये समानताको सिद्धान्त जनमानसमा चिरपरिचित छन् । हाम्रो समाजमा पनि यस्तै प्रकारका सिद्धान्तको बढी प्रयोग बुझ्ने गर्छ । जस्तैः हिराले हिरा काट्छ । यसरी होमियोप्याथीका सिद्धान्तहरूको आधारमा बिरामी व्यक्तिको उपचार गर्दा रोगी व्यक्तिको स्वभाव र रोगको स्वभाव एवं लक्षण तथा चिह्नहरूसँग मिल्ने उस्तै विशेषता भएको ज्यादै कम मात्राको एउटामात्र औषधिको सेवनले उसको रोग मात्र होइन व्यक्तिलाई होइन नै पूर्णरूपमा ठीक÷निको पार्ने गर्दछ । होमियोप्याथीअनुसार जब व्यक्तिको जीवनी शक्ति वा इम्युनिटी कमजोर वा असन्तुलन भएमा रोग लाग्ने हुन्छ भनी विश्वास गरिन्छ । यसरी कमजोर वा असन्तुलन भएको जीवनी शक्ति वा इम्युनिटीलाई होमियोप्याथिक उपचारबाट मजबुत र सन्तुलित बनाई रोगलाई मात्र निको नगराई रोगी व्यक्तिलाई पूर्णरूपमा ठीक पार्दछ । अहिले महामारीको रूपमा फैलिएको कोराना भाइरस अथवा कोभिड–१९ ले पनि व्यक्तिको रोगसँग लड्ने जीवनी शक्ति इम्युनिटीलाई कमजोर बनाउने गर्दछ । विद्यमान उपचार (Conventional Medicine) मा हालसम्म कोभिड– १९ को लागि कुनै पनि प्रभावकारी औषधि वा खोप उपलब्ध छैन । यस्तो अवस्थमा होमियोप्याथी उपचार पद्धति एक प्रभावकारी उपचार हुनसक्छ किनकि होमियोप्याथिक उपचारले व्यक्तिको जीवनी शक्ति वा इम्युनिटीलाई बलियो र सशक्त बनाउने गर्दछ । होमियोप्याथिक औषधिका नराम्रा असरहरू (Side Effects)  नहुनाका साथै सबै उमेरका बिरामीहरूमा प्रयोग गर्न सकिन्छ र सेवन गराउन पनि सजिलो छ ।
कोरोना भाइरस कोभिड१९
            भाइरस समूहमा पर्ने कोरोना भाइरसले मानिसमा विभिन्‍न समयमा सङ्‍क्रमण गराई महामारीको रूपमा लिएको इतिहास पाइन्छ चीनको । उहानमा सङ्‍क्रमण गर्नुभन्दा अगाडि ६ प्रकारका कोरोना भाइरसबाट सङ्‍क्रमण भएको थियो । जस्तैः SARS र MERS। सन् २०१९ को डिसेम्बरमा निमोनिया भएको बिरामीमा पाइएको कोरोना भाइरस पहिलेको कोरोना भाइरसभन्दा फरक प्रकृतिको भएकोले यसलाई चीनका अनुसन्धानकर्ता वैज्ञानिकहरूले Novel Corona Virus (nCoV) 2019 नामकरण गरेको थियो भने घण् व्बलगबचथ द्दण्द्दण् मा विश्व स्वास्थ्य स·ठनले कोभिड–१९ (Covid 19) नामकरण गरेको हो । यो लेख तयार गर्दासम्म विश्वमा २८,४६,४६७ सङ्‍क्रमित भएका छन् भने ८,११,७४५ जना निको भएका छन् भने १,९७,८५५ जना मरेका छन् । विभिन्‍न अध्ययनअनुसार आउने समयमा अझ धेरै मानिसहरू सङ्‍क्रमित भई ज्यान गुमाउनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । हाम्रो देश नेपालमा हालसम्म ५२ जना सङ्‍क्रमित भएको पाइएका छन् भने २१ जना निको भएर घर फर्किसकेका छन् ।
होमियोप्याथी र महामारी
            विश्वमा विभिन्‍न कालखण्डमा भएको महामारी भएको अवस्थामा धेरैभन्दा धेरै व्यक्तिहरूको ज्यान गएको इतिहासमा पढ्न पाइन्छ । ती महामारीहरूमा अरु उपचार पद्धतिहरू (Conventional Medicine) भन्दा होमियोप्याथिक उपचार गरेका व्यक्तिहरूले कम मात्र ज्यान गुमाएको विभिन्‍न अध्ययनले देखाएका छन् । जुन तलको तालिकाबाट स्पष्ट देखाउँछ ।
            माथिको दुई वटा तालिकाबाट हामी यो बुझ्छौँ कि महामारी एवं अन्य अवस्थाहरूमा होमियोप्याथिक उपचार गर्दा धेरैभन्दा धेरै व्यक्तिहरूको ज्यान बचाउन सकिनुका साथै अति प्रभावकारी उपचार पद्धतिको रूपमा देखिन्छ । अहिलेको कोभिड–१९ को विश्वव्यापी महामारीको अवस्था र कोभिड–१९ को लागि हालसम्म कुनै औषधि र खोप उपलब्ध नभएको अवस्थामा होमियोप्याथिक उपचार एक प्रभावकारी उपचार हुनसक्ने कुरामा दुईमत छैन । तर पनि होमियोप्याथिक उपचारलाई प्रोत्साहन दिएको पाइँदैन र होमियोप्याथीलाई ओझेलमा पारेको छ । बेलायतका राजकुमार चाल्र्सलाई कोभिड–१९ बाट सङ्‍क्रमित भएको थियो र होमियोप्याथिक उपचारबाट निको पारेको खबर विभिन्‍न सञ्‍चारमाध्यमहरूमा लेखेका छन् ।
            हाम्रो देश पनि कोभिड–१९को अति जोखिम देशमा पर्दछ । यहाँ विदेशबाट आएका नागरिक र पर्यटकहरू आइरहेको अवस्था छ । यो कोभिड–१९ को अवस्था स्वास्थ्य प्रणाली उत्कृष्ट भएका देशहरूले पनि महामारी रूप लिइरहेका छन् भने धेरै व्यक्तिहरूले ज्यान गुमाइरहेका छन् । हाम्रो देशको उपचार तथा स्वास्थ्य प्रणाली उति सम्पन्‍न छैन । आवश्यक स्वास्थ्य सामग्रीहरू पनि पर्याप्त मात्रा नभएको अवस्थामा होमियोप्याथी उपचारलाई रोकथाममूलक र उपचारात्मकरूपमा प्रयोगमा ल्याउन सकिएमा कोभिड–१९ को सङ्‍क्रमण फैलनबाट बचाउन सकिन्छ । साथै कोरोना भाइरसबाट सङ्‍क्रमित भएका व्यक्तिहरूलाई चाँडै निको पार्न सकिन्छ । किनकि होमियोप्याथिक उपचार पद्धतिले व्यक्तिको रोगसँग लड्ने क्षमता शक्ति, जीवनी शक्तिलाई बलियो बनाई रोगलाई नै पूर्णतया ठीक पार्ने गर्दछ ।
कोभिड१९ को उपचारमा होमियोप्याथीः
            चीन, भारत, इटालीलगायत विभिन्‍न देशहरूमा होमियोप्याथिक औषधिहरू कोभिड–१९ को उपचार एवं रोकथामको लागि प्रयोग गरेका विभिन्‍न अध्ययनहरू सञ्‍चारमाध्यममा आएका छन् ।
            भारतमा आयुष मन्त्रालयले होमियोप्याथिक औषधिको प्रयोग गर्न अनुमति दिएको अवस्था छ । भारतका विभिन्‍न प्रान्तहरूमा कोभिड–१९ मुक्त गराउन होमियोप्याथीको अहम् भूमिका रहेको छ, जस्तैः गोवा । त्यस्तै कोभिड–१९ बाट सङ्‍क्रमित भएका व्यक्तिहरूलाई होमियोप्याथिक औषधि सेवन गराउँदा चाँडै निको भएको पाइएको छ । होमियोप्याथिक औषधि प्रयोग गरिएका विभिन्‍न देशहरूबाट प्राप्त जानकारी (पत्रपत्रिका एवं सञ्‍चारमाध्यम) को आधारमा कोभिड–१९ को लागि Arsenicum album, Bryonia, Camphora, Gelsemium, Lycopodium, Phosphorus,  Rhustoxicodendron, Eupatorium perfoliatum आदि औषधि प्रयोग गरेको पाइन्छ । यी औषधिहरू प्रयोग गर्नको लागि सम्बन्धित चिकित्सकहरूसँगको परामर्शपछि मात्र प्रयोग गर्ने गर्नुपर्दछ ।
            हाम्रो देश कोभिड–१९ को सङ्‍क्रमित व्यक्तिहरू बढिरहेको अवस्थामा समुदायमा सङ्‍क्रमण फैलनबाट बचाउन निम्नानुसारका व्यक्तिहरूमा होमियोप्याथिक औषधिहरू प्रयोग गर्नसकिने देखिन्छ
१. अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्तिहरू  चिकित्सक एवं स्वास्थ्यकर्मीहरू, प्रहरी, सैनिक, पत्रकारहरू, सरसफाइका मजदुरहरू, एम्बुलेन्सका चालक एवं सहयोगीहरू, स्वयम्सेवकहरू, जनप्रतिनिधिहरू ।
२. क्वारेन्टिनमा बसेका व्यक्तिहरू र आइसोलेसनमा बसेका व्यक्तिहरू ।
३. सङ्‍क्रमण भएर अस्पतालमा भर्ना भएका व्यक्तिहरू र उनीहरूका परिवारका सदस्यहरू ।
४. सङ्‍क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरू ।
५. अत्यावश्यक कामको लागि जनसम्पर्क बढी हुने ठाउँका कर्मचारीहरू ।
            कोभिड–१९ रोकथाम एवं उपचारका लागि एलोप्याथी, आयुर्वेद, होमियोप्याथी एवं अन्य वैकल्पिक उपचार पद्धतिहरूको आ–आफ्नै विशेषता र भूमिका रहेको हुन्छ । हुन त कुनै पनि उपचार पद्धति आफैमा पूर्ण छैन । कुनै पनि उपचार पद्धति एक अर्काको विरोधीको रूपमा नलिइकन एक आपसमा परिपूरकको रूपमा लिने गर्नुपर्दछ । यसले बिरामीले उच्चतम उपचार सेवा पाउँछ र स्वस्थ जीवनयापन गर्न सक्षम हुन्छ ।
कोभिड१९ को रोकथामः
            कोभिड–१९ रोकथामको लागि र सङ्‍क्रमित व्यक्तिहरूको उपचारको लागि होमियोप्याथी एक उपयुक्त उपचार पद्धतिको रूपमा लिन सकिन्छ । यसको लागि होमियोप्याथिक चिकित्सकको परामर्श अत्यावश्यक छ । सम्बन्धित चिकित्सकको सरसल्लाहअनुसार होमियोप्याथिक औषधि प्रयोग गर्नसकिन्छ । नेपाल सरकारले लागू गरेको लकडाउनलाई संयमित र अनुशासित भएर पालना गर्नु नै कोभिड–१९ को सङ्‍क्रमण फैलनबाट बचाउने सबभन्दा राम्रो उपाय हो । सामाजिक दुरी कायम गर्नु घर बाहिर जान्दामात्र होइन घरभित्र रहँदा पनि कायम गर्नुपर्दछ । हाँछ्यु गर्दा, खोक्दा नाक मुख रुमाल वा टिस्युपेपर वा कुहिनाले छोप्ने गर्ने यदि हातले छोपेको भए हातले अनुहारमा नछुने र तुरून्त साबुन पानीले हात धुने । कुनै शड्ढास्पद वा फोहर वस्तु छोएमा स्यानिटाइजरले हात सफा गर्ने । अत्यावश्यक काममा बाहेक घर बाहिर नजाने । घरबाट बाहिर जाँदा मास्कको प्रयोग गर्ने । आफन्त वा साथीहरू भेट्दा नमस्कार गर्ने । हल्का शारीरिक व्यायामहरू गर्ने । इम्युनिटी बढाउने खानेकुराहरू खाने । जस्तैः हरियो सागसब्जीहरू, दाल, गेडागेडी, च्याउ, दही, अन्डा, भटमास, ब्रोकाउली आदि । गुलियो पदार्थहरू बढी नखाने । जाँड, रक्सी र चुरोटको सेवन नगर्ने ।
(लेखक होमियोप्याथी फाउन्डेसन नेपालका अध्यक्ष हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *