भर्खरै :

सर्वोच्च अदालतमा वैशाख १६ गतेदेखि रिट निवेदन दर्ता र सुनुवाइ हुने

            काठमाडौँ, १५ वैशाख । सर्वोच्च अदालतको आइतबार बसेको पूर्ण बैठकले वैशाख १६ गतेदेखि सामाजिक-भौतिक दुरी कायम गर्दै अदालतको सीमित सेवा सुचारु गर्ने निर्णय गरेको छ ।
            सर्वोच्च अदालतद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा सो कुरा खुलाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ – विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्‍क्रमण फैली नदिई सबैको जीवन र स्वास्थ्य सुरक्षा एवम् रोग सङ्‍क्रमणको जोखिम न्यूनीकरण गर्न २०७६-१२-०७ तथा सोपछि विभिन्‍न मितिमा बसेको पूर्ण बैठकको निर्णयबमोजिम अदालतहरूको काम कारबाही र सेवा प्रवाहमा सीमिततासहितको व्यवस्थापन हुँदै आएकोमा बन्दाबन्दी (लकडाउन) को अवधि लम्बिदै गएको र महामारीको पूर्ण नियन्त्रणको आकलन गर्न पनि नसकिने अवस्थामा संविधानप्रदत्त मौलिक हकको संरक्षण र प्रचलन गर्नुपर्ने महफ्वपूर्ण जिम्मेवारीमा रहेको न्यायपालिकाको आफ्नो संवैधानिक भूमिका र दायित्वप्रतिको संवेदनशीलतालाई दृष्टिगत गरी सर्वोच्च अदालतमा २०७७-१-१६ देखि रिट निवेदन दर्ता र सोको सुनुवाइसमेतको कार्य गर्ने ।
            विपद्को यस परिस्थितिमा सामाजिक- भौतिक दुरी कायम गर्नुका सार्थ स्वास्थ्य सुरक्षाप्रति थप सावधानी अपनाउनुपर्ने भएकोले यस प्रकारका रिट निवेदनको दर्ता र सुनुवाइको क्रममा सेवाग्राही, कानुन व्यवसायी तथा कर्मचारीको आवागमन र उपस्थितिमा आवश्यक नियमन, नियन्त्रण र व्यवस्थापन प्रशासनले मिलाउने ।
            यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले सार्वजनिक बिदा रिट र बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता र सुनुवाइबाहेक सबै सेवा बन्द गरेको थियो । देशभरिका विभिन्‍न तहका अदालतहरूमा पुराना मुद्दाहरूको पेशी तोक्ने र बहस–पैरवीको कार्य भन्‍ने अर्को निर्णय नआएसम्म बन्द नै रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *