भर्खरै :

अमेरिकाले चीनको विरोध होइन सहकार्य गर्न आवश्यक

            काठमाडौँ, १५ वैशाख । कोभिड–१९ सङ्‍क्रमण विश्वमै महामारीको रूपमा फैलिरहेको बेला संरा अमेरिकाले चीनको दक्षिण सागरमा युद्धपोतहरू पठायो । तर, अमेरिकी विदेशमन्त्री पोम्पेओले बिहीबार एसियाली देशहरूसँगको भिडियो कन्फरेन्समा दक्षिण चीन सागरमा ड्रयागन (चीन) को आक्रामक गतिविधि बढेको झूटो आरोप लगाए ।
            पोम्पेओले चीनद्वारा मेकङ नदीको पानीको बहाव बदल्दा थाइलैन्ड, लाओस, भियतनाम र कम्बोडियाको भूमि सुख्खा भएको र माछा मारेर जीवकोपार्जन गर्नेहरूको रोजीरोटी खोसिएको बताउँदै ती देशहरूलाई चीनविरूद्ध उक्साए । चीनले यसअगाडि नै यो वर्ष सुक्खाको कारण मेकङ नदीमा पानीको बहाव कम भएको ती देशहरूलाई जानकारी गराएको थियो ।
            दक्षिणी चीन सागरको सार्वभौमिकता धेरै अगाडिदेखि चीनकै थियो । अमेरिकाले दक्षिण चीन सागर छेउका देशहरूलाई चीनविरूद्ध उक्साइरहेको पनि धेरै भयो । अमेरिकाले चीनलाई नोवेल कोरोना भाइरस उत्पत्तिको दोषारोपण गर्दै छ । तर, संसारका अधिकांश देशहरू अमेरिकाको दोषारोपणसँग सहमत छैनन् ।
            चीनले यो भाइरस सङ्‍क्रमण नियन्त्रणमा सफलता प्राप्त गर्‍यो । सुरूमा यो भाइरस सङ्‍क्रमणलाई सन् १९४९ को क्रान्तिपछि ठूलो पीडा बताएको थियो । चीनले जनवरी २३ मा उहान लकडाउन गरेको थियो ।
            चीन सरकारले यो भाइरस सङ्‍क्रमित सबैलाई राज्यकोषबाट उपचार गर्‍यो । रातारात अस्पताल बनायो । स्वास्थ्यकर्मी टोली उहान पठायो । स्वास्थ्यकर्मीहरू घर–घर पुगेर बिरामीको परीक्षण गरे । प्रधानमन्त्री ख छ्याङ उहान पुगे । मार्च १० मा चिनियाँ राष्ट्रपति सी चिनफिङ उहान पुगी स्थितिबारे जानकारी लिए । एक–एकजनाको परीक्षण गरिएको हुँदा उहानमा मार्च १८ का दिन पहिलोपल्ट नयाँ सङ्‍क्रमण थपिएन ।
            चीनले यो भाइरस नियन्त्रण गर्ने खोप पत्ता लगाई मानिसलाई प्रयोग गर्दै छ । यी सबै परिणामबाट तिर्मिराएको अमेरिका चीनविरूद्ध अनेक आरोप लगाई खुट्टा तान्दै छ । अमेरिकाले चीनसँग सहकार्य गरेको भए यति धेरै अमेरिकी सङ्‍क्रमित र मृत्यु नहुने बताउनेहरू छन् । समयमै अमेरिकी अधिकारीहरूमा चेत आउनु आवश्यक छ ।
के यो संयोगमात्र हो ?
             सिङ्गै पृथ्वी गृहमा कोभिड–१९ दुःख र आतङ्कका साथ फैलिएपछि धेरै मानिसहरू छक्क छन् । ३० डिग्रीदेखि ४५ डिग्री उत्तरी अक्षांशमा परेका देशहरू– संरा अमेरिका, चीन, इटाली, स्पेन, इरान र अन्य देशमा यो भाइरस सङ्‍क्रमण र मृत्यु हुने बढी देखियो ।
            यसको जवाफको लागि थप अध्ययन आवश्यक छ । तर, केही रहस्य हुनुपर्छ । भाइरस सङ्‍क्रमणको क्षेत्रसँगै भू–राजनीतिको बहस गर्नेहरू खुसी हुनेछन् ।
            एउटा राम्रो पक्ष अहिलेसम्म यो भाइरस प्रजग कोरियामा देखिएको छैन । यसको भौगोलिक अवस्थिति चीन, संरा अमेरिका, इरान, इटाली र स्पेनको अक्षांशमै छ ।
कोभिड१९ र प्रजग कोरिया
            प्रजग कोरियामा ७० वर्षदेखि निःशुल्क स्वास्थ्य सेवाका साथै सार्वजनिक स्वास्थ्य उपचारको व्यवस्था छ । यो सङ्कटकालको बेला एउटा उच्चस्तरीय महामारी नियन्त्रण प्रणाली खडा गरिएको छ । चीनको उहानमा यो भाइरस देखिनेबित्तिकै प्रजग कोरियाको राजनीतिक नेतृत्वले महामारी नियन्त्रण राष्ट्रिय व्यवस्थापन खडा गर्‍यो । यो व्यवस्थापनअनुसार सफल कार्यान्वयन गरियो । प्रजग कोरियाका नेता किम जङ उनप्रति बफादार भएर सम्पूर्ण जनताले नेताको निर्देशनलाई मानेको हुँदा यो भाइरस नियन्त्रण गर्न सजिलो भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *