भर्खरै :

यसरी गर्न सकिन्छ मास्कको पुनः प्रयोग

विश्वव्यापीरूपमा फैलिएको कोरोनाका कारण बजारमा अझै पनि पर्याप्त मास्क उपलब्ध हुन सकिरहेको अवस्था छैन । यसै अभावका कारण अहिले मास्कको पुनः प्रयोग एक अति आवश्यक विषय बनेको छ ।
सर्जिकल मास्क एन ९५, केएन ९५, एफएफपीटू जस्ता मेडिकल मास्कहरूको अभावका कारण मानिसहरू कपडाको मास्क प्रयोग गर्न बाध्य बनेका छन् । यतिमात्रै नभई चिकित्सकहरूमाझ पर्याप्त मात्रामा सर्जिकल मास्क एन ९५, केएन ९५, एफएफपीएसको उपलब्ध नभएकोले मास्कको पुनः प्रयोग गर्न उनीहरू पनि बाध्य भएका छन् ।
साधारणतया कपडाको मास्क प्रयोग गर्दा मुख र नाक राम्रोसँग छोप्ने हुनुपर्दछ । कपडाको मास्क प्रयोग गर्दा पटक–पटक साबुन र मनतातो पानीले धोई पुनः प्रयोग गर्न सकिन्छ । कपडाको मास्क अधिकतम २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । बीचमा झिकेर पुनः प्रयोग गर्नुपरे स्टेरिलाइजेसन गर्नुपर्छ । जे गरे पनि यस्ता मास्कको आयु बढीमा २४ घण्टासम्म मात्रै हुन्छ ।
सर्किकल मास्क, पेपर मास्क तीन तहले बनेका हुन्छन्, जसमा पोलिपाइरोलिन नामक पोलिमर राखिएको हुन्छ । यस पोलिमरले फिल्टरको काम गर्छ र एरबोन ब्याक्टेरिया माइक्रोअर्गानिजमहरू छेक्छ । सर्जिकल मास्कलाई स्टिम डेस्टिलेसन नामक प्रविधिले मात्र स्टेरिलाइज गरी पुनः प्रयोग गर्न सकिन्छ । स्टिम डेस्टिलेसन उद्योगहरूमा मात्रै गर्न सकिन्छ । यस्ता प्रकारका मास्कहरू साधारणतया एकचोटीमात्रै प्रयोग गरिन्छ ।
सर्बभन्दा उत्कृष्ट मास्कका रूपमा एन ९५, केएन ९५, एफएफपीटू मास्कलाई लिइन्छ, जसमा फिल्टर फेस पिस हुन्छ र शून्य दसमलव तीन एमएमभन्दा ठूलो सबै पार्टिकललाई यसले फिल्टर गर्नसक्छ । कम्तीमा ९५ प्रतिशत एयरबोन व्याक्टेरिया फिल्टर गर्ने भएकोले यसलाई एन ९५ नामले चिनिएको हो । एन ९५ मास्कलाई अमेरिकामा एन ९५ ले नै चिनिन्छ भने युरोप र चीनमा क्रमशः एफएफपीटू र केएन ९५ भनी चिनिन्छ ।
यी मास्कहरू ननउभन पोलिपाइरोलिन फाइबरले बनेका हुन्छन् । यी मास्कहरूलाई राम्रोसँगै टाइट फिटिङ्ग हुने गरी लगाउनुपर्छ । यसलाई कम्तीमा पाँच पटक प्रयोग गर्न मिल्छ । त्यसपछि स्टेरिलाइजेसन नगरी प्रयोग गर्न मिल्दैन । स्टेरिलाइजेसन गर्नका लागि भ्यापोराइज हाइड्रोजन पेरोअक्साइड, मेइस्ट हिटजस्ता तरिकाहरू उद्योगहरूमा अपनाइन्छन् । यी तरिकाहरू उद्योगमा मात्रै सम्भव हुनसक्छ । घरैमा यसलाई एक सय २५ डिग्री सेल्सियस तातोपानीमा तीन मिनेट वा ७० डिग्री सेल्सियस तातोपानीमा ३० मिनेटसम्म भिजाइ स्टेरिलाइजन गर्न सकिन्छ । त्यसपछि हामीले यस्ता प्रकारको मास्कको पुनः प्रयोग गर्नसक्छौँ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *