भर्खरै :

किम जङ उनबारे प्रचारबाजी असत्य    मे दिवसको दिन हँसिलो मुहारका साथ औपचारिक कार्यक्रममा

            प्योङयाङ, २ मे । प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनको स्वास्थ्यबारे पश्चिमा सञ्चारमाध्यमले गरेको प्रचारबाजी झूटो प्रमाणित भएको छ । केही पश्चिमा सञ्चारमाध्यमले नेता किम गम्भीर बिरामी भएको भनी गरेको प्रचारबाजी चिर्दै गत शनिबार हँसिलो मुहारका साथ प्योङयाङ नजिकको एउटा रसायनिक मल कारखानाको उद्‍घाटन  गर्नुभएको त्यहाँको आधिकारिक समाचार संस्था केसीएनएले जनाएको छ ।
            अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसर पारेर किमले सनचन फोस्फेट मल कारखानाको भव्य समारोहबीच उद्‍घाटन गर्नुभयो । नेता किम समारोह स्थलमा देखिएपछि सहभागी कोरियाली जनताले खुसीले भावविभोर भएका थिए ।
            प्रजग कोरियाका उच्चपदस्थ सरकारी अधिकारीहरूसँग खुलेर हाँस्दै किमले कारखानाको उद्‍घाटन रातो रिबन काटेर गर्नुभएको थियो ।
            केसीएनएले जनाएअनुसार उहाँले कारखानाका विभिन्न शाखा, उत्पादन प्रक्रिया र कच्चा पदार्थको व्यवस्थापनका विभिन्न पक्षको अवलोकन गर्नुभएको थियो ।
            उक्त रसायनिक मल कारखानाको स्थापनाले कोरियाली किसानहरूको कृषि उत्पादनमा अझ फड्को मार्ने अपेक्षा गरिएको छ ।
            समारोहमा किमसँगै बहिनी किम यो जङ, कोरियाली मजदुर पार्टी केन्द्रीय समिति राजनीतिक व्युरोको अध्यक्षमण्डलका सदस्य पाक पोङ जुलगायत उच्चपदस्थ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *