निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, १ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरकोट मतदान केन्द्रमा मादल चिन्ह नभएको नवलपरासीको मतपत्र बदर गर्ने वा पुनः मतदान गराउने विषय विवाद टुंगिएको छैन । बैशाख ३१ गतेको मतदानमा चाँगु नगरपालिकाको नगरकोटस्थित मतदान केन्द्रमा नवलपरासी जिल्लाको मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह नै थिएन । करिब २२ वटा मत खसिसकेपछिमात्र नवलपरासी जिल्लाको मतपत्र परेको सत्य बाहिर निस्किएको थियो । उम्मेदवारको चुनाव चिन्ह नै नभएको मतपत्र सदर वा बदर गर्ने, गणना गर्ने वा नगर्ने विषयमा विवाद टुंगिन नसक्दा मतगणना सुरु हुन नसकेको हो । चुनाव चिन्ह नै नभएका मतपत्र स्वत बदर हुनुपर्ने स्थानीय मतदाताहरुको बुझाई रहेको छ ।
Leave a Reply