भर्खरै :

अमेरिकी अनुसन्धानकर्ता भन्छन् उहान कोरोनाको उद्‍गम स्थल होइन

            काठमाडौँ, २१ वैशाख । संरा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका जोन्ना माजेटले चीनको उहान भाइरोलोजी इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूसँग काम गरेका थिए । उनले कोभिड–१९ महामारी ‘प्रयोगशाला दुर्घटना’ बाट नफैलिएको चार कारण बताए –
१)        प्रयोगशालाको नमुनासँग यो नोवेल कोरोना भाइरस मिल्दैन ।
२)        प्रयोगशालामा सुरक्षाका प्रशस्त उपाय अपनाइएको छ ।
३)        कोरोना भाइरस प्राणीमा देखिएको नयाँ रोग हो ।
४)        सुरक्षा पोशाक लगाउने अनुसन्धानकर्ताभन्दा सामान्य मानिस यो भाइरसबाट बढी सङ्‍क्रमित छन् ।
            षड्यन्त्रको सिद्धान्तअनुसार यो भाइरस पहिलोपटक देखिएको उहानको भाइरोलोजी इन्स्टिच्युट नै कोभिड–१९ को उद्‍गम दाबी गरियो ।
            उहान इन्स्टिच्यूट अब भाइरोलोजी चौथो तहको सुरक्षा उपाय भएको हो ।
            सन् २००३ मा सार्स फैलिएपछि वैज्ञानिकहरूले यो प्रयोगशालामा पनि त्यसको खोजी गरे । सन् २०१३ मा प्रकाशित विज्ञान पत्रिकाअनुसार चमेरोबाट सार्स फैलिएको थियो ।
            अमेरिकी अन्तर्राष्ट्रिय नियोग (यूएसएआईडी) ले सुरू गरेको कार्यक्रममा संलग्न भएर माजेटले सो प्रयोगशालामा काम गरेका थिए । माजेटले उहानमा सँगै काम गरेका अनुसन्धानकार्ता सि चङ्गलीसँग छलफल गरे । सिले यस प्रकारको भाइरस अगाडि नदेखिएको बताए ।
            अमेरिकी वैज्ञानिक पत्रिकासँगको अन्तर्वार्तामा सिले भने, “चमेरोबाट सरेका रोगको वर्षौँदेखिको अभिलेख अध्ययन गरे तर, अहिलेको भाइरससँग मिल्दैन ।”
            माजेटले उहानको प्रयोगशालाको सुरक्षा व्यवस्थामा आरोप लगाउन नमिल्ने गरी व्यवस्थित भएको बताए । वातावरण प्रदूषण नहुने गरी सुरक्षा गरिएको थियो । नमुनाहरू विशेष किसिमले सुरक्षित थियो ।
            माजेटले यो भाइरस मानिसले नबनाएको र उहान प्रयोगशालाबाट नचुहिएको बताए । उनले जनावरबाट मानिसमा भाइरस सजिलै सर्ने पनि बताए । उनले सन् २००३ को सार्स, इबोला, सन् २००९–१० को एच्वान एन्वान महामारी स्वाइन फ्लु सबै जनावरबाटै सरेको बताए ।
            सारमा सुरक्षित पोशाक लगाए अनुसन्धानकर्ताभन्दा सर्वसाधारणलाई यो भाइरस बढी सर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *