अकल्पनीय जनधनको क्षतिप्रति नेमकिपाद्वारा गहिरो दुःख प्रकट
- भाद्र ११, २०८३
काठमाडौं, २६ वैशाख । प्रतिनिधिसभाको छैटौँ अधिवेशन शुक्रबारबाट बानेश्वरस्थित सभाभवनमा सुरु भयो ।
बजेट अधिवेशन पनि भनिने अधिवेशनको पहिलो दिनको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कोभिड–१९ नियन्त्रणको निहुँमा भएको अनियमितताको एउटा श्वेतपत्र जारी गरी सरकारले दोषीमाथि कारबाही गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले क्यान्सरका बिरामीको उपचारमा दिइने केमोथेरापी पीडादायी हुने र यसको सट्टा खाने जेनेरिक ट्याब्लेट आयातमा सहज बनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउँदै भक्तपुर क्यान्सर अस्पतालले गरिब बिरामीको उपचार गर्न खरिद गरेको लेनाक मेसिनको किस्ताबन्दीमा सरकारले तत्कालै पाँच करोड रुपैयाँअनुदान पठाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले विराटनगर जुट मिल डुबाउने भ्रष्ट मन्त्री र अधिकारीहरूमाथि कारबाही नभएको औंल्याउँदै यही स्थितिमा सरकारको नेतृत्व फेरिंदैमा मौलिक परिवर्तन नहुने र सांसद अपहरणजस्ता अपराध दोहोरिनेतर्फ सचेत गराउनुभयो ।
नेपाली काङ्ग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले सांसद अपहरणलाई अवाञ्छित बताउनुभयो । तर, देउवाकै नेतृत्वको सरकारले २०५३ सालमा सांसद अपहरण र मन्त्रीलाई बैङ्कक भगाउने घटना भएको थियो ।
समाजवादी जनता पार्टी, नेपालका सांसद राजेन्द्र महत्तोले सरकारले अध्यादेश जारी गरी पार्टी फुटाउन खोजेको हुँदा राजपा र समाजवादी पार्टी एकीकरण गरी सरकारलाई जवाफ दिएको बताउनुभयो ।
समाजवादी जनता पार्टी नेपालका अर्का सांसद बाबुराम भट्टराईले लकडाउनको बेला पूर्वप्रहरी प्रमुख र प्रमका विश्वासपात्रहरू महोत्तरी पुगेर आफ्नो पार्टीका सांसदलाई अपहरण गरी उल्टै आफूहरूविरुद्ध मुद्दा दर्ता गराइएको भन्दै गुनासो गर्नुभयो ।
नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले सांसद अपहरणको यथार्थ कुरा यही संसदमा आउने बताउनुभयो ।
राजमोका सांसद दुर्गा पौडेलले वैदेशिक रोजगारीमा गएका २५ हजार नेपाली बेखर्ची भएर रहेको आफूसँग सूची साथमा रहेको बताउनुभयो ।
बैठक कक्षमा शारीरिक दुरी कायम गर्न साविकको भन्दा एक कुर्सी छोडेर बस्ने व्यवस्था गरिएको थियो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले संवैधानिक परिषद् र राजनीतिक दल संशोधन अध्यादेश पेश गर्नुभयो भने कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले ती दुवै विधेयक फिर्ता गरी साविक नै ऐन कायम गर्ने निवेदन पेश गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक वैशाख २८ गते बिहान ११ बजे बस्ने भएको छ ।
Leave a Reply