निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, १ जेठ । नेपाल मजदुर किसान पार्टीका तर्फबाट चाँगुनारायण नगरपालिकाका निम्ति प्रमुख पदका उम्मेदवार न्हुछेभक्त फोजूले चुनाव चिन्ह नभएको मतपत्र बदर गर्न र मतगणना सुरु गर्न निर्देशन पठाउनुहुन निर्वाचन आयोगमा पत्राचार गर्नुभएको छ । उहाँले चाँगुनारायण नगरपालिकाको नगरकोटमा साविक गाविस भवन मतदान केन्द्रको बुथ ‘ख‘ मा नवलपरासी जिल्लाको २२ वटा मतपत्रमा नेमकिपाको चुनाव चिन्ह नभएको हुँदा ती मतपत्रहरु बदर गरी तत्काल मतगणना सुरु गर्न आयोगमा पत्राचार गर्नुभएको हो ।
पत्राचारपछि स्थानीय मतदान अधिकृत र पार्टी प्रतिनिधिको सर्वदलीय बैठक बसी २२ वटा विवादित मतपत्रको विषयमा आयोग बदर वा सदर गर्ने सम्बन्धि आयोगबाट निर्देशनको निम्ति अनुरोध गर्ने सहमति गरी हाललाई मतगणना चालु गर्ने निर्णय गरेको छ ।



Leave a Reply