भर्खरै :

‘नजरअन्दाज’ होइन ‘अतिक्रमण’ हो

            काठमाडौँ, ३० वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभा बैठकको सून्य समयमा भारतीय विस्तारवादले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरी हस्तक्षेप गरेको चर्चा गर्दै भन्नुभयो, देशको सार्वभौमसत्ता दानको विषय होइन । यो भित्री वा बाहिरी कुनै पनि शक्तिसँग झुक्नु नपर्ने स्थिति हो । राज्य सञ्‍चालनको कौशलले यसलाई सावित गर्ने हो ।
            सत्तामा बसेको नेकपाका अध्यक्षद्वय प्रम केपी ओली र पुष्पकमल दाहालको संयुक्त वक्तव्यमा उल्लेख छ, “भारतले नेपालको सार्वभौमिकतामाथि नजरअन्दाज गर्‍यो ।” ‘नजरअन्दाज’ को अर्थ ‘कम अनुमान गर्नु’, ‘हेप्नु’, ‘हेला गर्नु’ जुनसुकै लगाइए पनि पर्याप्त छैन । ‘नजरअन्दाज’ को ठाउँमा ‘अतिक्रमण’ नै भन्नु आवश्यक छ । नेपालीले ‘दुःख प्रकट’ गरेर पुग्दैन । ‘दुःख प्रकट’ त पूर्णरूपले ‘आत्मसमर्पणवादी’ र ‘निरीह’ अभिव्यक्ति हो । हामीले ‘रोष प्रकट’ गर्नु आवश्यक छ । ‘सार्वभौमिकतामा आँच’ होइन नेपाली भूमिमाथिको ‘अतिक्रमण’ हो ।
            उहाँले कोभिड–१९ रोकथाम गर्न सिमानामा निगरानी बलियो बनाउनुपर्ने र काठमाडौँ उपत्यकामा भित्र बाहिर गर्न रोक लगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *