जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, ३१ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बुधबार सम्पन्न भयो ।
बैठकमा प्रमुख प्रजापतिले भक्तपुर जिल्लामा सङ्क्रमणको जोखिम बढ्दै गएको चर्चा गर्दै भक्तपुर जिल्लाका सीमा नाकाहरूमा प्रवेश निषेध गर्नुपर्ने र जिल्लामा रहेका उद्योगहरू सञ्चालन गर्दा उपत्यका बाहिरबाट भित्रिनेहरूको सङ्ख्या बढ्नसक्ने भएकोले उद्योग र कारखानाहरू बन्द गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
विपद् व्यवस्थापन समितिको बैठकले देहायबमोजिमका निर्णयहरु गरेका छन् –
१. काठमाडौँ उपत्यकाका सबै सीमा क्षेत्रमा अति आवश्यकबाहेक कसैलाई पनि प्रवेश निषेध गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने ।
२. हाल विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणको लागि भारतबाट आउने फलफूल, माछा–मासु र तरकारी गाडीहरूलाई नगरपालिकामा प्रवेश निषेध गर्ने व्यवस्थाको लागि नेपाल सरकारसमक्ष आग्रह गर्ने ।
३. भक्तपुर जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम र समुदायमा विस्तारको खतरा देखिएको हुँदा भक्तपुर जिल्लामा कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने तथा अति आवश्यकबाहेक व्यापार, व्यवसाय र उद्योग सञ्चालनमा रोक लगाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने ।
४. भक्तपुर नगरभित्र टेलिभिजन र मोबाइल पसलजस्ता विद्युतीय सामग्री पसल, चिया–खाजा पसल, सैलुनलगायत अन्य पसलहरू खुल्न थालिएको हुँदा ती पसलहरूलाई कडाइका साथ बन्द गर्न प्रहरी प्रशासनसँग समन्वय गरी अघि बढ्ने ।
५. भक्तपुर जिल्ला बाहिरबाट आएका डेरा गरी बस्ने मानिसहरूलाई स्वास्थ्य परीक्षण नगराई आफ्नो घरमा नराख्नको लागि भक्तपुर नगरपालिकाले घरधनीहरूलाई आग्रह गर्ने ।
६. भक्तपुर नगरवासी दाजु–भाइमा आ–आफ्नो घरमा कोही व्यक्ति डेरामा बसेको छ भने घर धनीले सोको विवरण सम्बन्धित वडा कार्यालयमा बुझाउन अनुरोध गर्ने र सबै वडा कार्यालयले आफ्नो वडाभित्रको एकीकृत विवरण तयार गर्ने ।
बैठकले कोरोना भाइरस (कोभिड–१९) रोग सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लागू गरेको देशव्यापी लकडाउन कार्यान्वयन गर्ने क्रममा भक्तपुर नगरपािलका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरू, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर उद्योग वाणिज्य सङ्घलगायतले गरेका गतिविधिहरूको बैठकमा समीक्षा गरिएको स्रोतले बताएको छ ।
यसअघि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षता एवम् भनपा प्रमुख सुनिल प्रजापतिज्यूको उपस्थितिमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले गरेका निर्णयहरू यसप्रकार छन् ः–
१. भक्तपुर जिल्लामा कोभिड–१९ को सङ्क्रमणको हालको अवस्थाको समीक्षा गरियो । हालसम्ममा बाहिरबाट आएका दुई जना व्यक्तिहरूमा कोरोना पोजेटिभ देखिएको हुँदा तिनीहरुको यात्रा विवरणको आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने । निजहरूको वासस्थान सिल गर्ने, परिवारका सदस्यहरूको समेत तुरून्त परीक्षण गर्ने र आवश्यकताअनुसार आइसोलेसन÷क्वारेन्टिनमा राख्ने व्यवस्था स्वास्थ्य कार्यालय र भक्तपुर अस्पतालले मिलाउने ।
२. गृह मन्त्रालयको च.नं. ३७८४ मिति २०७७।१।३० को सवारी पास सम्बन्धमा प्राप्त भएको निर्देशनअनुसार यस जिल्लाबाट अन्यत्र जिल्लामा जाने गरी जारी गरिएको सबै सवारी पास खारेज गरी सोको सूचना प्रकाशित गर्ने ।
३. भक्तपुर जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम र समुदायमा विस्तारको खतरा देखिएको हुँदा भक्तपुर जिल्लामा कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने तथा अति आवश्यकबाहेक व्यापार, व्यवसाय र उद्योग सञ्चालनमा रोक लगाउने ।
४. भक्तपुर जिल्ला प्रवेश गर्ने र बाहिर जाने अति आवश्यकबाहेक व्यक्ति तथा सवारी साधन निषेध गर्ने ।
५. भक्तपुर जिल्लास्थित नगरपालिकाहरूले क्वारेन्टिन स्थलहरू चुस्त दुरूस्त राख्ने, वडाहरूमार्पmत आप्mनो क्षेत्रमा बाहिरबाट आएका व्यक्तिहरूको लगत सङ्कलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिहरूलाई आवश्यकताअनुसार क्वारेन्टिनमा पठाउने काममा समन्वय गर्ने ।
६. स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको प्रभावकारी व्यवस्थापन तथा नियमनको काम गर्ने । विपन्न खाद्यान्न अभाव भएका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने ।
Leave a Reply