निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, १ जेठ । चाँगुनारायण नगरपालिकाको नगरकोटमा साविक गाविस भवन मतदान केन्द्रको बुथ ‘ख‘ मा बुधबार पुनः निर्वाचन हुनेभएको छ । मंगलबार बिहान बसेको सर्वदलीय बैठकले बुधबार बिहान ७ बजेबाट पुनः मतदान गर्ने निर्णय भएको नेपाल मजदुर किसान पार्टीका तर्फबाट चाँगुनारायण नगरपालिकाका निम्ति प्रमुख पदका उम्मेदवार न्हुछेभक्त फोजूले बताउनु भयो ।
आइतबार नगरकोटको एउटा बुथमा नवलपरासी जिल्लाको २२ वटा मतपत्रमा नेमकिपाको चुनाव चिन्ह मादल नभएपछि निर्वाचन आयोगले मंगलबार अबेरको निर्णयले पुनः मतदान गर्ने भएको हो । आयोगले मतदानपश्चात उक्त मतदान केन्द्रको मतपेटिका प्राप्त भएपछि मतगणना गर्न निर्देशन गरेको छ ।
विवादित २२ मतको बारे के कसो गर्नेबारे चाँगुनारायण नपाका निर्वाचन अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको थियो । सोमबार बसेको सर्वदलीय बैठकले २२ थान मतपत्र हारजितको लागि मत गणना गर्ने सुझाव दिएको थियो । निर्वाचन आयोगले दलहरुको सो सुझावविपरीत निर्णय गरेको हो ।
त्यस अघि प्रमुख पदका उम्मेदवार न्हुछेभक्त फोजूले चुनाव चिन्ह नभएको मतपत्र बदर गर्न र मतगणना सुरु गर्न निर्देशन पठाउनुहुन निर्वाचन आयोगमा पत्राचार गर्नुभएको छ ।
Leave a Reply