भर्खरै :

भनपा वडा नं १ मा नेमकिपा भारी मतले विजयी

भक्तपुर, २ जेठ । भक्तपुर नगरपालिका वडा नं १ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित ४ वटै पदमा जीत हासिल गरेको छ । सोमबार मध्यरातिसम्म भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार नेमकिपाका वडा अध्यक्ष उम्मेदवार श्यामकृष्ण खत्रीले कुल १३७६ मतसहित विजयी हुनुभएको हो । वडा अध्यक्ष पदमा नेकांको ५२४, एमालेको ४४०, माओवादी केन्द्रको २३२ र राप्रपाले २०९ मत पाएको थियो । त्यस्तै वडा सदस्यहरुतर्फ नेमकिपाका उम्मेदवारहरु विश्वराज शिल्पकारले १५१५, सूर्यप्रसाद श्रेष्ठले १५१६ र गंगालक्ष्मी बमनूले १४४५ मत प्राप्त गरी जित हासिल गर्नुभएको थियो ।
भक्तपुर नगरपालिका वडा नं १ को अन्तिम मतपरिणामः

पद मादल रुख सूर्य हँसिया गाई
वडा अध्यक्ष १३७६ ५०४ ४३८ २७६ ४३४
महिला वडा सदस्य १४४५ ५०२ ४३५ २४३ ३५८
वडा सदस्य १५१५ ४६७ ४१० २६४ २७८
वडा सदस्य १५१६ ४९१ ३८० २४० २९८
दलित महिला वडा सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *