भर्खरै :

बन्दाबन्दीको क्रममा युवा कार्यकर्ताहरूसँग एक छलफल

कोभिड–१९ को महामारीका कारण नेपाली समाज अझै पनि बन्दाबन्दीमा छ । सङ्क्रमण बढ्दो क्रममा छ । परीक्षण अत्यन्त न्यून तथा सुस्त गतिमा चल्दै छ । बन्दाबन्दी भने अनपेक्षितरूपमा लम्बिइँदै छ । यस क्रममा सर्वत्र विभिन्न खालका चिन्ता तथा चासो व्यक्त भइरहेका छन् । महामारीको राजनीतिक, सामाजिक, आर्थिक प्रभाव कस्तो होला भन्नेबारे एक थरि मानिसहरू छलफल गर्दै छन् । अब मानव समाजले कस्तो मोड लिने होला ? आगामी वर्षहरू कति चुनौतीपूर्ण हुने होलान् ? राजनीतिक व्यवस्था परिवर्तन, विश्व शक्तिमा फेरबदलसमेत हुने हो कि ? आदि सवाल स्वाभाविक ढङ्गमा यो कहरका बेला उठ्दै छन् ।
अर्कोतिर, बन्दाबन्दीको समय युवा राजनीतिक कार्यकर्ताहरू कसरी सदुपयोग गर्दै छन् ? यो सरल तर संवेदनशील सवाल उठ्नु पनि स्वाभाविक हो । अग्रज कार्यकर्ताहरूले यसबारे चासो राख्नु अन्यथा होइन । राजनीतिक नेतृत्वको विकास विशेषतः राजनीतिक सङ्घर्ष, आन्दोलनबाट हुन्छ । जनताबीच दसौँ वर्ष सक्रिय भएपश्चात् मात्र एक जना राजनीतिक कार्यकर्ता तयार हुन्छ । साथै, सङ्कटको समयमा, प्रकोप अथवा महामारीबीचमा पनि नेतृत्वको पहिचान, हुर्काइ या विकासको सिलसिला चलिरहेको हुन्छ । सङ्कटको बखत परेर जानिन्छ । सिकाइ प्रक्रिया अझ तीव्र गतिमा चल्छ । सुखमा भन्दा पनि दुःखमा मानिस चिनिएझैँ राजनीतिक कार्यकर्ताको पहिचान एवम् परीक्षण पनि अनुकूल होइन प्रतिकूल परिस्थितिमा हुने गर्दछ ।
आत्मसमीक्षा या आत्ममूल्याङ्कन गरौँ !
तुलनात्मकरूपमा यो फुर्सदको समय हो । यतिखेर अरू कसैको सहयोगविना गर्न सकिने काम भनेको आफ्ना गतिविधिबारे सिंहावलोकन हो । बिनाकुनै दबाब हिजोको विषयमा, आफ्ना कमीकमजोरी, गल्ती, उपलब्धि, योगदान आदिबारे फर्केर हेर्न सक्यौँ भने अगाडि बढ्नलाई सहज वातावरण तयार हुन्छ । हिजो व्यस्तता या अन्य कुनै कारणले असावधानीपूर्वक भएका त्रुटि, कमजोरी केलाएर फेरि ती नदोहो¥याउनेतर्फ सोच्नसकेको खण्डमा हितकर हुनेछ । आप्mना सबल पक्ष के – के रहे ? के – के कामकुरामा सहभागिता, अगुवाइ या सहयोग आपूmबाट भयो ? बिनापारिश्रमिक, आर्थिकलाभ या व्यक्तिगत हित के–के काममा सरिक भइयो ? यी विषयमा पनि स्वमूल्याङ्कन गर्न सकिए थप अगाडि बढ्न कठिन हुने छैन । आत्मसमीक्षा नगर्दा व्यक्तिले आशातीत प्रगति गर्न सक्दैन । आप्mनो अनुहार आपैmले हेर्न ऐनाविना सम्भव हुँदैन । आपूmले बोकेको विचार, आफू आबद्ध सङ्गठनको उद्देश्य र आफ्नो व्यवहार तथा गतिविधिबीच लय, तालमेल नमिलेको खण्डमा न राजनीतिक कार्यकर्ताको प्रगति सम्भव हुन्छ न त सङ्गठनको नै । उद्देश्य र व्यवहारमा तादात्म्यता अपरिहार्य हुन्छ ।
स्पष्ट छ, आत्मसमीक्षा वा आत्ममूल्याङ्कन जिम्मेवारीबाट भाग्न या भगुवा प्रवृत्ति (भकअबउष्कm) को लागि होइन । बरु थप जिम्मेवार बन्न, सङ्गठनप्रति बफादार बन्दै भूमिका सशक्त बनाउन र कमभन्दा कम नोक्सान हुने गरी गतिविधि अगाडि बढाई सङ्गठनको विकासमा यथोचित योगदान पु¥याउनको निम्ति हो । एक असल राजनीतिक कार्यकर्ताको स्वार्थ भन्नु नै समाजको निःस्वार्थपूर्वक सेवा हुने गर्दछ ।
अध्ययन–लेखनमा जोड
कुनै पेशा, व्यवसाय या नोकरीमा आबद्ध कार्यकर्ताले अपेक्षाकृत अध्ययनको अवसर पाएको हुँदैन । दिनभरि आफ्नो कार्यालय या कुनै काममा संलग्न हुने, बिहान–बेलुका र बिदामा सङ्गठनका गतिविधिमा लाग्ने कार्यकर्ताले कहिले पढ्ने होलान्, कहिले लेख्ने होलान् ? आश्चर्य मान्नेहरूको कमी छैन । यी र यस्ता समस्याले कार्यकर्ताहरूको स्तर विकासमा व्यवधान खडा गरेको धेरैको अनुभव छ । कार्यकर्ताहरूको वैचारिक स्तरमा एकरूपता कायम गर्न यो पनि एउटा समस्याको रूपमा लामो समयदेखि अनुभव गरिएकै हो । विद्यालय या विश्वविद्यालय जीवन भएका र नभएका कार्यकर्ताबीच भिन्नता देखिएभैmँ अध्ययनको अवसर मिलेका या जाँगर भएका र नभएकाबीच पनि फरक हुनु आश्चर्यको विषय होइन ¤ तर, स्वअध्ययन, कडा मेहनत, राजनीतिक कक्षामा गम्भीर अभिरुचिका साथ सहभागिता आदि उपायमार्फत आफ्नो वैचारिक तथा सांस्कृतिक स्तर माथि उठाउने कार्यकर्ताहरू पनि नभएका भने होइनन् ।
आन्दोलन, सङ्घर्षमा होमिइँदाको अनुभव र त्यस दौरानमा आर्जन गरिएको ज्ञान, गुण स्वयम् पनि अमूल्य सम्पत्ति नै हुन् । इतिहासबाट थाहा हुन्छ कि विश्वका ठूल–ठूला नेता तथा कार्यकर्ताहरूले लडाइँ, क्रान्ति, आन्दोलनको आँधीबेहरीबीच पनि गहिरो अभिरुचिका साथ अध्ययन लेखनलाई जारी राखे । कहिलेकाहीँ पढ्दा सुन्दा पनि अनौठो लाग्छ ¤ कसरी सम्भव भयो ? शोक, भोक तथा चरम अभावको आँधीबेहरीबीच लेखिएको कार्ल माक्र्सको ‘कम्युनिस्ट घोषणापत्र’ र ‘पुँजी’, बन्दूकको गड्गडाहटबीच लेखिएको चे ग्वे भाराको ‘बोलिभियन डायरी’, अध्यक्ष माओ त्से तुङ्गका असङ्ख्य महत्वपूर्ण राजनीतिक दस्तावेज तथा सैन्यरचना, किम इल सङको ‘शताब्दीसँग’, कठोर कालापानीको सजायमा लेखिएका लेनिनका रचना आदि केही प्रतिनिधि उदाहरणमात्र हुन् ।
कति राजनीतिक नेता–कार्यकर्ताले कठोर जेल जीवन, कष्टपूर्ण प्रवास या भूमिगत जीवनमा अध्ययन तथा लेखनलाई द्रुत गतिमा अगाडि बढाएको यथार्थ विभिन्न जीवनी, आत्मसंस्मरण, इतिहासबाट जानकारी मिल्छ । संसारका कति उत्कृष्ट साहित्यको जन्म त्यस्तै प्रतिकूल परिस्थितिमा भएको थियो । गम्भीर साहित्य पीडादायी अनुभव, प्रतिकूलताका प्रतिफल हुन् ¤
बन्दाबन्दीमा पार्टी साहित्यको अध्ययन तथा पुनः अध्ययन, माक्र्सवादी साहित्यको अध्ययनमार्फत आफूलाई वैचारिकरूपमा तयार बनाउन आवश्यक छ । विचारमा कमजोर कार्यकर्ता जतिसुकै अनुभवी, मेहनती या जोशिलो भए पनि सङ्गठनले नोक्सानी व्यहोर्नुपर्ने हुन्छ अथवा त्यस्तो व्यक्तिमा विचलन आउने सम्भावना प्रबल हुन्छ । त्यस्ता कार्यकर्तालाई वर्गशत्रुले प्रभाव पार्ने, प्रयोग गर्ने या स–साना स्वार्थमा फसाउने सम्भावना हुन्छ । तसर्थ, हरेक युवा कार्यकर्ताले यतिखेर अध्ययन, लेखन, रचनात्मक कार्यमार्फत वैचारिक निखार प्राप्त गर्ने प्रयत्न अथकरूपमा जारी राख्न आवश्यक छ । साथै, पहिला फुर्सदको अभावका कारण हासिल गर्न सम्भव नभएका सीप, प्राविधिक ज्ञान तथा क्षमता वृद्धि आदिमा जोड दिन सके हितकर हुनेमा कुनै विवाद नहोला ¤ ज्ञान, सीप, क्षमताको दायरा र गहिराइ वृद्धि गरी एक कार्यकर्ताले आफूलाई देश र जनताको निःस्वार्थ सेवामा समर्पित बनाउनु असल एवम् इमानदार कार्यकर्ताको गुण हो ।
स्वयम्सेवा कार्यमा सहभागिता
कोरोना सङ्क्रमणको विपत्तिमा परेका जनताको पीरमर्का, समस्या बुझ्नु र समाधानमा अग्रसरता देखाउनु असल राजनीतिक कार्यकर्ताको अर्को गुण हो । कार्यकर्ताको सक्रियता सङ्कटको घडीमा अझ बढी आवश्यक हुन्छ । समाजको मनोबल बढाउन, सही सूचना सम्प्रेषण गरी भ्रम चिर्न, महामारीमा अन्धविश्वास फैलाइने खतरा बढ्ने हुनाले जनताबीच वैज्ञानिक विधि तथा शिक्षा फैलाउन र समाजलाई गलत प्रचारबाजीहरूबाट टाढा राख्न राजनीतिक कार्यकर्ताको भूमिका अपरिहार्य हुन्छ । समाजलाई निश्चित अनुशासनमा राखी अप्रिय घटना हुन नदिन, गलत तवरतरिकाबाट समाजलाई लोभ्याउने तथा कमजोरीको फाइदा उठाउने तत्व विपत्तिमा झन् चलमलाउने हुनाले समाजका जिम्मेवार व्यक्तिहरूको सक्रियता र सतर्कता अघिपछिभन्दा महत्वपूर्ण हुने गर्दछ । यसकारण, राजनीतिक कार्यकर्ताले कहरमा ‘कामरेडेली’ भूमिका अर्थात् जनताका सच्चा साथीको भूमिका निर्वाह गर्नुु उचित हुन्छ ।
स्वयम्सेवक बनी जनताको आँखाको नानी बन्ने र काम, व्यवहारमार्फत अरू धेरै जवान, नवजवानलाई उत्साहित बनाउन सकिन्छ । समाजमा सकारात्मक उदाहरण पेश गर्न सकिन्छ । सङ्कटमा सक्रिय नबन्ने कार्यकर्ता नपड्किने बन्दूकझैँ हुन्छ । तिनमा साहस, सेवा–भावको कमी हुन्छ । भावनात्मकरूपमा बलियो बन्नको निम्ति सेवा कार्यमा निःसर्त अग्रसरता आवश्यक हुन्छ । चेतना अभिवृद्धि, सरसफाइ कार्य, बजार व्यवस्थापन, औषधी छर्ने, राहत वितरण आदि कार्यमा सहयोग गरी जनताको सेवकको गुण प्रस्तुत गर्न युवा कार्यकर्ता चुक्नु हुँदैन । धेरै कार्यकर्ताहरू पीडितको सेवामा लागिरहँदा हजार–दुई हजार थप भत्ताको लोभ गरी हिँड्ने कर्मचारी वास्तविक कार्यकर्ता बन्न असम्भव हुन्छ । महामारीको मौकामा नाफाको निम्ति अत्याचार गर्ने कालाबजारिया र आर्थिक फाइदाको पछि लाग्ने कर्मचारी जनताका सेवक बन्न सक्दैनन् । विपत्तिमा बहानाबाजी गरी समाजमा आवश्यक पर्दा देखानपर्नु, सङ्घर्षको मैदानमा नउत्रिनु भनेको कायरता हो । खतरा नमोल्ने तथा आत्मसुरक्षावादी प्रवृत्तिबाट कार्यकर्ता जोगिनैपर्छ । समाजको एक जना भरपर्दो सदस्यको रूपमा प्रस्तुत हुनु असल राजनीतिक कार्यकर्ताको गुण हो । जनताको आँखा दूरबीन सरह हुन्छ । यसबारे दुविधा या अविश्वास राख्नु मनासिब हुँदैन ।
महामारीमा राजनीतिक कर्तव्य
महामारीमा समेत प्रतिक्रियावादीहरू जनतालाई सताउन छोड्दैनन् भन्ने उदाहरण प्रशस्त देखिएका छन् । सोझासीधा जनतालाई ठग्ने, लुट्ने र छलछाम गर्ने काम सङ्कटमा अझ बढी हुन्छ भन्ने अनुभवसिद्ध यथार्थ हो । विपत्तिमा भ्रष्टाचार गर्ने, कमिसन खाने, सार्वजनिक सम्पत्ति मास्ने, ब्रम्हलूट मच्चाउने तत्व चल्मलाउँछन् । तसर्थ, प्रकोप या विपत्तिमा झन् जनताका कार्यकर्ता सजग तथा सचेत हुनुपर्ने संवत् २०७२ को विनाशकारी भूकम्पको बखत पनि महसुस गरिएकै हो । अहिलेकै कुरा गर्ने हो भने सरकारी तहबाट भएका भ्रष्टाचारका काण्ड, अध्यादेश तथा अपहरण काण्ड, राहत वितरणको क्रममा जिल्ला–जिल्लामा भएका पक्षपात तथा अनियमितता, शासक दलभित्रको गुटगत स्वार्थको लुछाचुँडी र भारतद्वारा एकपक्षीय ढङ्गमा नेपाली भूभाग मिचेर निर्माण गरिएको तिब्बत (मानसरोवर) जोडिने सडक ताजा राजनीतिक घटना हुन् । कोभिड–१९ को सङ्क्रमणका कारण त्राशमा बाँचिरहेका जनतालाई यी घट्नाले झन् आक्रोशित बनाएको छ । यस्तो बेला जनताबीच सत्यतथ्य जानकारी एवम् विचार पु¥याउनु र सङ्घर्षका विभिन्न उपायमार्फत शासक दललाई उदाङ्गो पार्नु कार्यकर्ताको कर्तव्य हो । यस्तो घडीमा कार्यकर्ता मौन र निश्कृय बस्नु भनेको कर्तव्यच्यूत बन्नु हो । सङ्कटको घडी भनेको सबैको परीक्षाको घडी हो । कार्यकर्ताको निम्ति त महापरीक्षाको घडी हो । चौबीसै घण्टा सतर्क अवस्थामा बस्ने भनेका कि ब्यारेकभित्रका सेना हुन् कि त इमानदार तथा अनुशासित जनताका राजनीतिक कार्यकर्ता नै हुन् ।
यही बन्दाबन्दीकै क्रममा संरा अमेरिकाले चीनविरुद्ध मनोवैज्ञानिक युद्ध चलाउँदै छ । साथै, क्युवामाथि नाकाबन्दी झन् कडा पा¥यो । भेनेजुयलामाथि सैन्य हस्तक्षेपको चाल चाल्यो । प्रजग कोरियाविरुद्ध अफवाह फैलायो । धेरै देशहरूलाई धम्की दियो । संरा अमेरिकाले सङ्कटमा फसेका जनतालाई आतङ्कित पार्ने कार्य ग¥यो । संरा अमेरिकी साम्राज्यवादबाट महामारीकै सिलसिलामा भएका ती लज्जास्पद क्रियाकलापको विरोध तथा भत्र्सना नगर्नु भनेको लाचार भई अत्याचार सहनु साबित हुनेछ । त्यसैले एक सचेत नागरिक अथवा जिम्मेवार राजनीतिक कार्यकर्ताको हैसियतले ससाना देशहरूको सार्वभौमिकतामाथि भइरहेका हस्तक्षेप, साम्राज्यवादी अमेरिकाको दादागिरी र युद्धको धम्कीको विरोध गर्नु महामारीविरुद्धको सङ्घर्षकै एक हिस्सा हो । जनताको सेवाकै एउटा सिलसिला हो ।
अन्तमा,
विपत्तिमा एक असल नागरिक तथा जिम्मेवार राजनीतिक कार्यकर्ताको नाताले जनतासँग मिलेर सर्वसाधारणलाई प्राथमिकतामा राख्दै गर्न मिल्ने अरू पनि धेरै काम छन् । ती सबैमा विवेकसम्मत ढङ्गमा अग्रसरता, तत्परता देखाउनु जनसेवाका विभिन्न रूप एवम् उपाय हुन् । पुस्तक, पत्रपत्रिकाको प्रकाशन तथा वितरण, आधुनिक प्रविधिमार्पmत वैचारिक तथा राजनीतिक विषयवस्तुबारे प्रचारप्रसार एवम् बहसमा समेत सहभागिता जनाई महामारीमा विचार प्रवाह अवरुद्ध हुन नदिन, जनतालाई सुसूचित हुनबाट वञ्चित नबनाउन यथोचित भूमिका युवा कार्यकर्ताहरूबाट अपेक्षा हुनु स्वाभाविक हो । सङ्कटमा आशा जगाउनु, विश्वास जित्नु, सेवाको भावना बढाउनु र मानवीय भावना प्रदर्शन गर्नु भनेको विभिन्न खालका महामारीलाई परास्त गर्न प्रयत्न गर्नु हो । साथै, भविष्यमा आउन सक्ने अनेक खालका महामारीविरुद्ध लड्ने तयारीसमेत गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *