भर्खरै :

भनपामा जनप्रतिनिधिहरूको तीन वर्ष

भक्तपुर, ८ जेठ । भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको तीन वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिहरूको तीन वर्ष’ विषयक अनलाइन कार्यक्रम बुधबार सम्पन्न भयो ।
कोभिड–१९ को महामारीलाई ध्यान दिई भनपा कार्यालयबाट अनलाइन भिजुअल प्रविधिमार्फत गरिएको उक्त कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले अहिलेको जटिल र विषम परिस्थितिमा पनि जनप्रतिनिधि तथा कर्मचारीहरू नगर र नगरवासीहरूको हितमा निरन्तर खटिरहेको चर्चा गर्दै भन्नुभयो, “कोरोना सङ्क्रमणको सम्भावनालाई लिएर सरकारले घोषणा गरेको बन्दाबन्दीको अवस्थामा झन् जिम्मेवारीपूर्वक जनताको सेवा गर्नुपर्छ भन्ने भावनाले हामी सक्रियतापूर्वक लागिरहेका छौँ ।”
(प्रमुख प्रजापतिले व्यक्त गर्नुभएको मन्तव्य पृष्ठ ७ मा प्रकाशित छ ।)
उक्त कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । भनपामा २०७४ साल जेठ ७ गते जनप्रतिनिधिहरु बहाल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *