भर्खरै :

मतपरिणामको विषयलाई लिएर नेकपा एमाले र नेकांबीच विवाद

किर्तिपुर, २ जेठ । काठमाण्डौको किर्तिपुर नगरपालिकाको वडा नं २ मा मतपरिणामको विषयलाई लिएर नेकपा एमाले र नेकांबीच विवाद भएको छ । सोमबार राति १०ः३० बजे सम्पन्न वडाको अन्तिम मतपरिणाममा एमालेको अग्रतासंगै नेकपा एमालेले मुचुल्का तयार नहुँदै विजय जुलुस गरेको थियो । यता नेकांले मतगणनाको क्रममा रेजा चिन्हहरु लगाईँदा धाँधली भएको भनी पुनः मतगणना गर्नुपर्ने माग गरेको थियो । अहिले पुनः मतगणना गर्ने वा नगर्ने भन्ने विषयमा सर्वदलीय बैठक भइरहेको खबर प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *