भर्खरै :

क्षेत्रफलसहितको नक्सा सार्वजनिक गर्न आवश्यक 

 
हेटौँडा, १२ जेठ । बाग्मती प्रदेशसभाको सोमबार भएको बैठकमा आर्थिक वर्ष २०७७/७८ को लागि विनियोजन विधेयक, २०७७ का सिद्धान्त र प्राथमिकतामाथि छलफल सम्पन्न भयो ।
छलफमा भाग लिँदै नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सिद्धान्त र प्राथमिकता नै खोटपूर्ण भएपछि त्यसको आधारमा बनाइने बजेट परिस्थितिलाई सम्बोधन गर्न असफल हुने निश्चित भएको धारणा राख्नुभयो ।
“कीर्तिपुरको सडकमा भोकले ज्यान गुमाएका सूर्यबहादुर तामाङको लाशले सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई गिज्याइरहेको छ”, उहाँले भन्नुभयो ।
सांसद गोसाईले भन्नुभयो, “भक्तपुर अस्पताललगायत सरकारद्वारा घोषित कोरोना अस्पतालहरूमा परीक्षण कीट र अत्यावश्यकीय सामग्री नभएर उपचार ठप्प भएको छ । सरकारको भनाइ र गराइमा तालमेल पटक्कै छैन ।”
उहाँले भन्नुभयो, “भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीविरुद्ध हामीले ५०–६० वर्ष अनवरत सङ्घर्ष ग¥यौँ । सुस्तामा भएको सीमा अतिक्रमणविरोधी सङ्घर्षदेखि हामी निरन्तर सङ्घर्षमा छौँ । भारतसँग भएका सम्पूर्ण असमान सन्धिसम्झौताको खारेजी, ६० हजारभन्दा बढी अतिक्रमित भूमि फिर्ता, कालापानीबाट भारतीय सेनाको फिर्ता, सदाको निम्ति राजनीतिक हस्तक्षेप तथा ‘ठूल्दाइ’ को व्यवहारको अन्त्य नभएसम्म नेपाली देशभक्त जनताको आन्दोलन तथा सङ्घर्ष रोकिने छैन । लिपुलेक क्षेत्रमा भारतद्वारा सडक निर्माण गरिनु एक स्वतन्त्र तथा सार्वभौम देशमाथि हस्तक्षेप हो । यस सदनबाट पनि भारतीय अतिक्रमण तथा दादागिरीको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ । नेपाल सरकारसमक्ष देशको पूर्ण क्षेत्रफलसहितको नक्सा शीघ्र सार्वजनिक गर्नसमेत यो सदनमार्पmत माग गर्दछौँ ।”
सांसद गोसाईले गाउँ विकासको नारा दिने सरकार काठमाडौँमा नयाँ चार ठूला सहर निर्माण गर्न अगाडि बढिरहेको उल्लेख गर्दै मुखले एउटा भन्ने तर व्यवहारमा विपरीत गर्नु जनताप्रति विश्वासघात भएको प्रस्ट पार्नुभयो ।
उहाँले शिक्षा, स्वास्थ्य, कृषि, कुटीर उद्योग, मझौला उद्योगमा जोड नदिइए कोरोना कहरमा परेका जनतामाथि अन्याय हुने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *