भर्खरै :

किम जङ इलका केही महत्वपूर्ण विचार

साम्राज्यवादविरुद्ध लडिरहेको देश प्रजग कोरिया विश्वका साना–ठूला देशहरूको निम्ति ऊर्जाको एउटा केन्द्र बन्न सफल छ । संरा अमेरिकाले दशकौँ दशकदेखि लादेको नाकाबन्दीविरुद्ध आत्मनिर्भरता र समाजवादी अर्थतन्त्र हुर्काउँदै छ । युद्धको धम्की र आक्रमणको चेतावनीविरुद्ध जस्तालाई तस्तैको नीति अपनाइरहेको देश प्रजग कोरिया संरा अमेरिकाको निम्ति ठूलो हाँक बनेर उभिएको छ । प्रजग कोरिया विश्वशान्ति चाहन्छ । विश्वमा विध्वंस मच्चाउने, अशान्ति फैलाउने र युद्ध निर्यात गर्ने संरा अमेरिकी नीतिको विरोधी हो । संरा अमेरिकाले कुनै न कुनै नाममा विश्वमा सेना पठाउने कार्य आज पनि रोकेको छैन । आर्थिक सहायता र अनुदानको नाममा थुप्रै देशहरू संरा अमेरिकी चङ्गुलमा परेको इतिहास पढ्न पाइन्छ । नेपालमा पनि एमसीसीमार्फत आफ्नो प्रभुत्व र वर्चश्व बढाउने उद्देश्य संरा अमेरिकाको हो । हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको एमसीसी कार्यक्रमले नेपालको सार्वभौमिकता र स्वाधीनता बिथोल्छ भन्ने बुभ्mन गा¥हो छैन । साम्राज्यवादी संरा अमेरिकाको नीति र विश्व अनुभवले एमसीसी ध्वंसकारी हुने बताउँछ ।
अफ्रिका, ल्याटिन अमेरिकालगायत थुप्रै देशहरूको अनुभव र इतिहासले संरा अमेरिकाको वास्तविकता छर्लङ्ग्याउँछ । प्रजग कोरिया इतिहासको साक्षी एउटा स्वाधीन देश हो । आजभन्दा ३१ वर्ष अगाडि नेता किम जङ इलले आफ्नो  देशको प्रमुख चुनौतीका रूपमा खडा भएको युद्धपिपासु अमेरिकाविरुद्ध लड्ने उत्साह र ऊर्जा प्रवाह गर्दै पार्टीको सशक्तिकरणबारे राख्नुभएको विचार पुनः चर्चायोग्य अनुभव हुन्छ । पुस्तक ‘Let us affect a Revolutionary Change in Partywork to meet the Challenge of the Present Situation’ देशभक्त, राजनीतिक कार्यकर्ता तथा साम्राज्यवादविरोधी योद्धाहरूका निम्ति अझ पठनीय र मननीय अनुभव हुन्छ ।
पुस्तकको सुरुआतमै लेखिएको छ – “वर्तमान समय अत्यन्त चुनौतीपूर्ण छ । संरा अमेरिका विश्वलाई आफ्नो तखतमा राख्ने जङ्गली महत्वकाङ्क्षा बोकेर हिँडेको छ । सैन्यशक्तिको आडम्बर, सैन्य आक्रमण र युद्धाभ्यासहरूले विश्वलाई थर्कमान पार्न खोज्दै छ ।”
संरा अमेरिकाको युद्धपिपासु चरित्रकै कारण विश्वमा अशान्ति र विध्वंस मच्चिरहेको हो भन्ने कसैले नकार्न सक्दैन । त्यतिबेला संरा अमेरिकी साम्राज्यवादले त्रिपक्षीय सैन्य गठबन्धन गरेको थियो । संरा अमेरिका, जापान र दक्षिण कोरियाको सो त्रिपक्षीय सैन्य गठबन्धन सम्पूर्ण कोरिया र एसियाको निम्ति खतरनाक थियो । गठबन्धनको मुख्य उद्देश्य जापानी सैन्यवाद हुर्काउने र दक्षिण कोरियालाई आफ्नो कठपुतली बनाउने नै थियो । जापानमा आफ्नो सशस्त्र क्याम्प खडा गरी एसियामा प्रवेश गर्ने र दक्षिण कोरियामा आफ्नो सेना राखी उत्तर कोरियालाई धम्काउने मनसाय संरा अमेरिकाको थियो । दक्षिण कोरियामा आणविक हातहतियार, संहारकारी हातहतियारहरू निर्यात गरी उत्तर कोरियाविरुद्ध भड्काउन संरा अमेरिकाले कहिल्यै छोडेन । त्यतिबेला शत्रुले प्रजग कोरियाविरुद्ध ‘Team spirit 83’नामक ठूलो संयुक्त सैन्यअभ्यास पनि थालेको थियो ।
त्रिपक्षीय गठबन्धनपश्चात् दक्षिण कोरियामा जापानमार्फत संरा अमेरिकी ऋण र आर्थिक अनुदान अत्यधिक भित्रिन थाल्यो । आर्थिक सहायताको नाममा सहयोग गरेपनि वास्तवमा त्यो सैन्य अनुदान या सहायता थियो भन्ने समयले पनि पुष्टि ग¥यो ।
आज साम्राज्यवादी संरा अमेरिका र त्यसको पिछलग्गू विस्तारवादी भारत नेपालमा त्यस्तै अशान्तिको बिउ रोप्न खोजिरहेका छन् । नेपालले एमसीसी अस्वीकार गरी प्रजग कोरियाले गरेको कोसिसको एक अंश मात्र अनुसरण गर्नसके पनि देशको सार्वभौमिकता कायम रहनेछ ।
किम जङ इलले जोड दिनुभयो –“वर्तमान समयमा विगतमा कहिल्यै नगरेको राजनीतिक, आर्थिक र सैन्यक्षमता वृद्धि गर्नुपर्दछ । त्यसका निम्ति प्रत्येकले कडा परिश्रम गर्न जरुरी छ ।” सोही वर्ष प्रजग कोरियामा सामाजवादी अर्थतन्त्र निर्माण दु्रत गतिमा अगाडि बढ्यो । घाँटी अँठ्याउने अप्ठ्यारा र बाधाहरू नतेर्सिएका होइनन् तर सम्पूर्ण क्षेत्रमा क्रान्तिकारी उडान रोकिएन । सप्तवर्षीय आर्थिक योजनासहित दिर्घकालीन योजनाहरू तय गर्दै आत्मनिर्भरता र समृद्धिको पथमा लम्कियो ।
कामदार वर्गीय पार्टीकै नेतृत्वमा पितृभूमि मुक्त भएको थियो । श्रमजीवी जनताको शक्तिमा विश्वास गर्ने कोरिया मजदुर पार्टीले पार्टीको मजबुतीका निम्ति पहलकदमी थाल्यो । सङ्गठन राम्रो र बलियो भए कार्यकर्ता या देशभक्त नयाँ पुस्ता सक्षम हुने विश्वाससहित अगाडि बढ्यो । जुच्छे विचारले खारिएका क्रान्तिकारी कम्युनिस्ट बनौँ भन्ने आवाज गुन्जियो । साम्राज्यवादविरुद्ध लड्ने नयाँ पुस्ताको तयारीले निरन्तरता पायो ।
पार्टी सङ्गठन र पार्टी विस्तारका लागि पार्टीको प्रचार विभागलाई अत्यन्त सक्रिय बनाइयो । साहित्य प्रकाशन र अध्ययनसँगै देशभक्तिपूर्ण, साम्राज्यवादविरोधी चलचित्रहरू निर्माणलाई महत्व दिइयो । पार्टी आचरण तथा अनुशासनलाई अनुसरण गर्ने माक्र्सवादी र जुच्छे विचारले पोख्त देशभक्त कम्युनिस्ट व्यक्तित्वलाई नायक बनाई प्रस्तुत गरियो । क्रान्तिकारी चलचित्र अध्ययनलाई संस्कृतिको रूपमा हुर्काइयो । चलचित्र ‘कोरियाका तारा’ का नायकहरू किम ह्योक र ग्वाङ सुसलाई ८० को दशकका आदर्शको रूपमा उभ्याइयो ।
चलचित्रका निर्माता, निर्देशक र कलाकारहरूलाई पार्टी विचार, भावना र ऊर्जाले खँदिलो बनाइयो, तालिम दिइयो । थुप्रै राम्रा क्रान्तिकारी र देशभक्ती भावनाले ओतप्रोत चलचित्रहरू निर्माण गरिए । जनतालाई चलचित्रमार्पmत शिक्षित, रचनात्मक, सङ्गठित र ऊर्जाशील बनाइयो । थुप्रै सशक्त चलचित्रका बारेमा पुस्तकले चर्चा गरेको छ ।
पार्टीको अखण्ड विचारधारात्मक प्रणाली स्थापित गर्नु नै पार्टी निर्माणको आधारभूत सिद्धान्त बन्यो । त्योसँगै जनताको जीवनस्तर उच्च बनाउनु, जनतालाई शिक्षित बनाउनु, स्वावलम्बी बनाउनु, रोजगारी दिनु र सृजनशील बनाउनु राज्यको कर्तव्य हो । देशप्रति समर्पित, पार्टीप्रति इमानदार, क्रान्तिकारी भावना र आत्मस्वाभिमानले युक्त बन्नुु जनताको दायित्व नै हो । व्यक्तिवाद, गैरजिम्मेवारीपूर्ण आचरण, स्वार्थी, स्वकेन्द्रित र स्वरक्षाको भावना जाग्नु पनि अपराध हो । महत्वाकाङ्क्षा देश रक्षा र समाजवाद निर्माणका निम्ति स्वस्थ हुन्छ भने व्यक्तिगत महत्वाकाङ्क्षाले गर्दा कार्यकर्ताको मर्म मर्छ । यी विचारबाट प्रशिक्षित बनाउँदै नयाँ पुस्ताको तयारी कोरियाली मजदुर पार्टीले ग¥यो । नेतृत्वको सम्मान गर्ने, विचारमा विचलित नहुने ज्ञान सिकाइयो । पुस्तकमा लेखिएको छ – “समाजवाद निर्माणको चुनौतीपूर्ण घडीमा सक्षम र युग सुहाउँदा मानिसले मात्र सघाउन सक्दछ ।” त्यसकारण, पार्टीप्रति इमानदार हुनुका साथै सक्षम र गुणले भरिनु अत्यावश्यक थियो । क्षमतावान्हरूले देशलाई धेरै दिनसक्छ भन्ने मान्यता हुर्कियो । पुरस्कारको आशा नगरी समर्पणभावले काम गर्न पार्टीले सदा घच्घच्याइरह्यो । कार्यकर्ताका निम्ति पार्टी प्राण बराबर हुनुपर्ने अभिव्यक्ति दिनुहुन्छ, नेता किम ।
पुस्तकमा लेखिएको छ – “जसरी माछा पानीविना रहन सक्दैन त्यसरी नै पार्टी कार्यकर्ता पार्टी सङ्गठनबाहिर एक पल पनि बाँच्न सक्दैन ।” यसरी नै नयाँ मानिसहरू हुर्काइयो । कोरियाली मजदुर पार्टीमाथि पूर्णरूपमा जनताले विश्वास गरे । सम्पूर्ण जनतालाई एकजुट बनाउनु हरेक क्रान्तिमा विजयको सुनिश्चितता हो भन्नेबारे पार्टी दृढ रह्यो । नेता किम भन्नुहुन्छ – “युद्धमा विजय प्राप्तिको महत्वपूर्ण आधार युद्धमा भाग लिने जनताको राजनीतिक विचारधारात्मक सर्वोच्चता हो नकि हतियारमा सर्वोच्चता । क्रान्तिको नेतृत्व गर्ने पार्टी र नेतृत्वको समर्थनमा सारा जनता एकै ठाउँमा जुट्ने तथा सहृदयी भई नेतृत्वको निर्देशन मान्न जनता तयार भएपछि युद्ध जितिन्छ ।” प्रजग कोरियाको यही विशेषताका कारण आणविक सर्वोच्चताको घमण्ड गर्ने र हतियारमा अत्यधिक खर्च गर्ने संरा अमेरिका बारबार झुक्नुपरेको हो ।
जनताको आधारभूत आवश्यकता राज्यले पूर्ति गर्नु, खाद्य आपूर्ति, न्यायिक व्यवस्था, श्रम व्यवस्थामा राज्य संवेदनशील हुँदा जनताको असन्तुष्टि रहँदैन । कृषि उद्योग र ग्रामीण क्षेत्रमा सहकारीको विकासले कोरियाली समाज र अर्थतन्त्र सुदृढ र विकास भएको बुझ्न सकिन्छ । त्यो सँगसँगै जीवन सहज बन्दै गयो । नेता किम लेख्नुहुन्छ – “जनताको पेट खाली र भाँडो रित्तो राखेर जनतालाई समाजवादी व्यवस्थाको सर्वोच्चता बुझाउन सकिन्न । समाजवादी पितृभूमिको समृद्धिको लागि क्रान्तिकारी भावनासहित सामूहिक काम गर्न जरुरी छ ।” चौतर्फी समाजवाद निर्माणका निम्ति तीन क्रान्तिकारी रातो झन्डा आन्दोलन अगाडि बढाइयो । पार्टीको सङ्गठनात्मक र प्रचारात्मक कार्यलाई सँगसँगै अगाडि बढाइयो । समाजवादी अर्थतन्त्र निर्माण र विकास, बलियो पार्टी सङ्गठन निर्माण र जनतामा क्रान्तिकारी विचार प्रवाह गरी, नयाँ पुस्तालाई सम्राज्यवादविरुद्ध लड्न तयार बनाई प्रजग कोरियाले हरेक आँधीबेहरीको सामना ग¥यो र आज पनि निरन्तर सङ्घर्ष गर्दै छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *