भक्तपुर, १५ जेठ । कोरोना सङ्क्रमण पुष्टि हुनुभएका भक्तपुर नगरपालिकाका महिला वडा सदस्य बिहीबार अस्पतालबाट घर फर्किनुभएको छ । जेठ ६ गते भक्तपुर नगरपालिकाअन्तर्गत जनस्वास्थ्य केन्द्रमा गरिएको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षणको क्रममा कोरोना पुष्टि भएको हो । परीक्षण परिणाम आए लगत्तै उहा“लाई पाटन अस्पतालको कोभिड आइसीयु ब्लकमा भर्ना गरिएको थियो । पाटन अस्पतालमा बुधबार र बिहीबार गरिएको कोभिड परीक्षणको क्रममा दुवै पटक निगेटिभ परिणाम आए पछि उहाँ अस्पतालमा डिचार्ज हुनुभएको हो । भक्तपुुर नगरपालिकाअन्तर्गत च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा हालसम्म १६८ जनाको पीसीआर परीक्षण गरिएकोमा १२० जनाको नतिजा आएको र उनीहरूमध्ये ११९ जनाको निगेटिभ परिणाम आएको भक्तपुर नगरपालिका वडा नं ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिनुभयो । पोजेटिभ नतिजा आएको महिला जनप्रतिनिधि पनि अहिले सङ्क्रमण मुक्त हुनुभएको छ । अरुको परीक्षण परिणाम पनि आउने क्रममा रहेको छ । त्यस्तै जनस्वास्थ्य केन्द्रमै १९४ जनाको आडीटी परीक्षणमा ३ जनाको पोजेटिभ र १९१ जनाको निगेटिभ नतिजा आएको ज्याख्वले बताउनुभयो । पोजेटिभ नतिजा आएका तीन जना हाल संक्रमण मुक्त भएको र हाल आ–आफ्नो घरमा हुनुभएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *