भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, १७ जेठ । विश्व प्रसिद्ध ङातापोल मन्दिरको जीर्णोद्धार कार्यले गति लिएको छ । लकडाउनको अप्ठ्यारो समयमा पनि स्थानीय जनताको सक्रिय सहभागितामा ङातापोल मन्दिरको जीर्णोद्धार कार्यले गति लिएको हो । २०७२ सालको भूकम्पले मन्दिरको माथिल्लो तला क्षतिग्रस्त भएपछि भक्तपुर नगरपालिकाले स्थानीय उपभोक्ता समितिमार्फत गत वर्षको कार्तिकबाट मन्दिरको जीर्णोद्धार थालनी गरेको हो ।
कोरोना भाइरस महामारी रोकथामको लागि सरकारले चैत ११ गते लकडाउन घोषणा गरेपछि मन्दिरको जीर्णोद्धार केही दिन रोकिएको थियो । लकडाउनको अवधि लम्बिंदै जाने अवस्था भएपछि गत वैशाख ६ देखि जीर्णोद्धार कार्यलाई निरन्तरता दिइएको हो । जीर्णोद्धारअन्तर्गत हालसम्म सबभन्दा माथिल्लो, दोस्रो र तेस्रो तलामा झिंगटी छाउने काम शनिबार सम्पन्न भएको छ ।
जीर्णोद्धार कार्यअन्तर्गत मन्दिरमा झिंगटी छाउने कार्यमा झन्डै चार सय स्वयम्सेवकहरूले स्वयम्सेवा गरेको मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले बताउनुभयो ।
“चौध दिनमा विभिन्न वडा र समूहका २०६ जना महिला र १६२ जना पुरुष सहयोगीहरूको स्वयम्सेवाले मन्दिरको तीन तलाको काम लगभग सम्पन्न गरेका छौँ”, तमखूले भन्नुभयो ।
स्वयम्सेवकहरूले माटोको डल्लो पार्ने, माटोको डल्लो ओसार्ने, झिँगटी छाउने र सफा गर्ने आदि काम गरेका थिए । मन्दिरमा तीन तलामा झिँगटी छाउन चासुखेल च्वस्वंमा महिला समूह, भनपा ५ महिला समूह, टिबुक्छें महाद्यननी महिला समूह, नेपाल क्रान्तिकारी महिला सङ्घ वडा नं ८, मचाः खलः चासुखेल (महिला), क्वाछेँ महिला समूह, चासुखेल इखुमला महिला समूह, लाकोलाछेँ आमा समूह, बुल्चा, भोटेबहाल महिला समूह, याछेँ महिला समूह, बुल्चा महिला समूह, नेक्रामसङ्घ १० वडाका जम्मा २०६ जना महिलाहरूले स्वय्सेवा गरेका थिए ।
त्यस्तै चण्डेश्वरी धिमाय् पुचः, नेपाल स्काउट भक्तपुर, नेपाल क्रान्तिकारी युवा सङ्घ, मचाः खलः चासुखेल (पुरुष), आरम्भ नेपाल र द भादगाउँलेजका जम्मा १६२ जना पुरुष स्वयम्सेवकले सहयोग गरेका थिए ।
स्वयम्सेवामा आएका सबै समूहले आफूलाई आवश्यक पर्ने खाजाको आफैँले बन्दोबस्त गरेको उपभोक्ता समितिका अध्यक्ष तमखूले बताउनुभयो ।
मन्दिरको जीर्णोद्धारको लागि दैनिक १०–१२ जना शिल्पीहरू नियमित काममा परिचालित छन् ।
मन्दिरको सबभन्दा माथिल्लो तल्लाको पुनःनिर्माण गरिएको छ भने बाँकी चारै तलामा झिँगटी छाउने, रङरोगन गर्ने र अन्य आवश्यक जीर्णोद्धार गरिने बताइएको छ ।
कोरोना भाइरसको महामारीको कारण सरकारले घोषणा गरेको लकडाउनबीच विश्व सम्पदा ङातापोल मन्दिरको जीर्णोद्धारमा सहभागी बन्न स्वयम्सेवकहरू उत्साहजनकरूपमा सहभागी बनेका थिए ।
Leave a Reply