काठमाडौँ र ललितपुरका बुद्धिजीवी, संस्कृतिकर्मी तथा सम्पदाप्रेमीलाई भक्तपुर नगरपालिकामा स्वागत
- श्रावण ११, २०८३
भक्तपुर, १८ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडौँ उपत्यकामा एक लाख रोपनीको चार वटा उपसहर आवश्यक नभएको उल्लेख गर्दै यस्ता सहर विकास गरिए काठमाडौँ उपत्यकावासीको जीवन झन् कष्टपूर्ण हुने बताउनुभयो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले चाँगुनारायण नगरपालिकाको उत्तरी क्षेत्रमा एक लाख रोपनी जग्गामा झन्डै ३ अर्ब रुपैयाँ विदेशी ऋण लिएर उपसहर विकास गर्ने प्रस्ताव सार्वजनिक गरेपछि नगरपालिकाले आइतबार नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित तालिम भवनमा जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूबीच छलफल आयोजना गरेको थियो ।
घाँटी हेरी हाड निल्नुपर्छ भनेझैँ नेपाल सरकारले स–साना सहरको मात्र व्यवस्थापन गर्नसक्ने उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न नुवाकोट सिसडोल छानिए पनि त्यहाँका जनताको विरोध हुँदा सफल नभएको बताउनुभयो ।
नेपालीको आधार कृषि नै भएको हुँदा एक लाख रोपनीको एकैचोटि सहर विकास गर्ने योजना कार्यान्वयन गर्नु आत्मघाती हुनेछ”, सांसद सुवालले जोड दिनुभयो ।
सांसद सुवालले थप्नुभयो, “काठमाडौँ उपत्यका भूकम्पीय जोखिम क्षेत्र पनि हो । यसकारण यहाँ खुला क्षेत्र पर्याप्त आवश्यक छ । ठूला सहर विकास गरेर काठमाडौँ उपत्यकामा देशभरिका मानिस ल्याएर राख्नु हुँदैन । देशको सन्तुलित विकास गर्नुपर्ने साथीहरूको विचार उपयुक्त हो ।”
ठुला सहर बनाउनुपर्नेहरूको स्वार्थ गाउँबाट मानिस सहर ल्याएर सस्तो ज्यामी बनाउने र भूमिपतिहरूसँग मिलेर जग्गा कारोबारमा कुम्ल्याउने नियत पनि रहेको उल्लेख गर्दै सांसद सुवालले अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो व्यापारिक हिस्सा भएको कम्पनीबाट बिक्री हुने मुटु बिगार्ने हाइड्रोक्सीक्लोक्वाइन कोभिड–१९ उपचारमा काम लाग्ने बताएजस्तै हुने बताउनुभयो ।
मुट्ठीभर घर जग्गा र अन्य धेरै सम्पत्ति हुँदैमा वा खेती सबै विनाश गरी उपसहर विकास गर्दैमा मानिसको सांस्कृतिक स्तर नउठ्ने चर्चा गर्दै सांसद सुवालले सरकारको बजेटमा त ३÷४ वर्षअघि नै मेलम्चीको पानी काठमाडौँ वितरण गर्ने, काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रहरू स्थानान्तरण गर्ने उल्लेख थियो, तर काम भएन, यो उपसहरको लागि कोभिड–१९ सङ्कटपछि अर्बौँ रुपैयाँ ऋण दिने बताएकाहरूले पनि दिनेछैनन्, बरु नगरपालिकाको स्तरमा स–साना आवास योजना विकास गर्नु उपयुक्त हुने विचार राख्नुभयो ।
सांसद सुवालले भक्तपुर नगरपालिकाले ४० वर्षयता स–साना आवास योजनामात्र विकास गरेको उल्लेख गर्दै आफ्नो औकात हेरेरमात्र योजना बनाउनु उपयुक्त हुने बताउनुभयो ।
छलफलमा नेमकिपाका प्रतिनिधि न्हुछेभक्त फोजू र मिनबहादुर बाटाले पनि लिखितरूपमै धारणा राखी काठमाडौँ उपत्यकामा ठूला सहर विकास गर्न नहुनेमा जोड दिनुभयो ।
राप्रपाका धनबहादुर तामाङ, नेकाका यादव अधिकारी, राजाराम खड्का, नेकपाका मोहनवीर श्रेष्ठ, नेकाका प्रदेश सांसद कृष्णलाल भँडेलले जनताको बीचमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नगर प्रमुख सोम मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रशासकीय प्रमुख चिरञ्जीवी तिमिल्सेनाले पनि बोल्नुभएको थियो ।
Leave a Reply