लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
वाशिङ्टन, १ जून । संरा अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिस सहरमा जोर्ज फ्लोड नामका एक जना ४२ वर्षका अफ्रिकी अमेरिकी नागरिकको हत्याको विरोधमा चर्किएको आन्दोलन सरकारलाई सम्हाल्न हम्मेहम्मे भएको छ । सडक सङ्घर्ष नियन्त्रण बाहिर गएपछि राजधानी वाशिङ्टन डीसीमा आइतबार राति कफ्र्यु लगाइएको थियो । वाशिङ्टन डीसीका मेयर मुरिएल बोसरले प्रहरी र प्रदर्शनकारीबीच भिडन्त बढेसँगै कफ्र्यु आदेश जारी गरेकी हुन् ।
उनले आइतबार रातको एघार बजेदेखि सोमबार बिहान ६ बजेसम्मको लागि कफर्यु आदेशको घोषणा गरेकी थिइन् । स्थानीय प्रहरीबाट नियन्त्रण हुने अवस्था नरहेपछि उनले वाशिङ्टन डीसीको अर्धसैनिक बलसमेत परिचालनको घोषणा गरेकी थिइन् ।
फ्लोडको हत्यापछि वाशिङ्टन डीसीमा लगातार तेस्रो दिन पनि प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनमा सहभागी १७ जनाले प्रहरीलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ । दोहोरो भिडन्तको क्रममा एघार जना प्रहरी घाइते भएको बताइएको छ ।
वाशिङ्टन डीसीस्थित राष्ट्रपति कार्यालयमा हुनसक्ने सम्भावित हमलालाई ध्यानमा राखी झन्डै १७ सय सेना परिचालन गरिएको समाचार स्रोतहरूले बताएका छन् ।
देशभरि नचिताएसरि सडक प्रदर्शन र हिंसा भड्किएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उच्चपदस्थ अधिकारीहरूसँग परामर्श थालेका छन् । उनले महान्यायाधिवक्ता बिल बारसँगको बैठकपछि गभर्नर, सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेका थिए । देशभरि जनआक्रोशको आगो बलिरहेको बेला ट्रम्पले आक्रोशित जनताको रिस मार्न प्रयास गर्नुको सट्टा उत्तेजक ट्वीटहरू गरेका छन् । उनले प्रदर्शनकारीहरूलाई ‘अपराधी’ को संज्ञा दिएर ट्वीट गरेका छन् । सबै राज्यका गभर्नरलाई प्रदर्शनकारीहरूमाथि कडा दमन गर्न उनले आग्रह गरेका छन् । उनले अमेरिकी सेना परिचालनसमेतको धम्की दिएका छन् ।
अमेरिकामा भएको हत्याको विरोधमा बेलायतको राजधानी लन्डनमा भएको विरोध प्रदर्शन पनि हिंसात्मक बनेको छ । लन्डनको संसद चोकमा पुगेका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेका थिए । धेरै सङ्ख्यामा प्रदर्शनकारीलाई गिरफ्तार गरिएको समाचार स्रोतले बताएका छन् ।
यसैबीच अमेरिकाको पछिल्लो घटनाक्रमबारे चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले पेइचिङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै जातिवाद अमेरिकी समाजको दीर्घ रोग भएको बताए । उनले अमेरिकामा फैलिएको अस्थिरता जातिवादी समस्याको सघनता र प्रहरी हिंसाको परिणाम भएको बताए ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसाभीले पनि संरा अमेरिकी सरकार र प्रहरीलाई हिंसा रोक्न आग्रह गरेका छन् ।
“अमेरिकी सरकारी अधिकारी र प्रहरी ! तिम्रा जनताविरुद्ध हिंसा बन्द गर । उनीहरूलाई श्वास फेर्न देऊ !” मौसभीले तेहरानमा आयोजित पत्रकार भेटघाटमा भने । उनले संसार अमेरिकी जनताको पक्षमा रहेको पनि बताए ।
Leave a Reply