सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
काठमाडौँ, २३ जेठ । संरा अमेरिकामा चालू जातिवादी उत्पीडन र प्रहरी निर्ममताको विरोधमा चालू आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले शुक्रबार संयुक्त वक्तव्य जारी गरेको छ । नेक्राविसङ्घका अध्यक्ष सविन ख्याजू र नेक्रायुसङ्घका मिनबहादुर बाटाले हस्ताक्षर गर्नुभएको वक्तव्यको पूर्ण वितरण प्रस्तुत छः
अमेरिकी ट्रम्प प्रशासनका प्रहरीले मिनेपोलिसमा मे २५ तारिखका दिन प्रहरीले घाँटीमा घुँडाले थिची अप्र्रिmकी मूलका अमेरिकी जोर्ज फ्लोयडको निर्मम हत्या गर्यो । शान्ति, न्याय, मानव अधिकार र समानताको माग गर्दै नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ त्यस हत्याको संयुक्तरूपमा विरोध गर्दछौँ । फासीवादी ट्रम्प प्रशासनविरुद्ध अमेरिकाभरि आन्दोलनरत जनताप्रति हामी ऐक्यबद्धता प्रकट गर्दछौँ । निहत्था अमेरिकी आन्दोलनकारीहरूमाथि ट्रम्प प्रशासनको निर्मम प्रहरी दमनको विरोध गर्दछौँ र अविलम्ब आतङ्क रोकी जनताको सम्मान गर्न हामी जोडदार अपिल गर्दछौँ ।
हामी नेपाली युवा विद्यार्थीहरू ट्रम्प प्रशासनलाई जनताको मौलिक अधिकार सुनिश्चित गर्न र बाँच्न पाउने अधिकारको सम्मान गर्न अनुरोध गर्दछौँ । अमेरिकाको ४० भन्दा बढी सहरहरूमा प्रदर्शनकारीमाथि भइरहेको हिंसा र अमानवीय दमन रोक्न माग गर्दछौं । नक्कली नोट प्रयोगको आशङ्का गरिएका, हथकडी लगाइएका र प्रहरीको निर्देशन पालना गर्दै गरेका जर्जलाई घाँटी थिचेर मार्नु मानव अधिकारको घोर उल्लङ्घन हो । प्रहरीले आफ्नो घुँडाले जोर्जको घाँटीमा ८–९ मिनेट थिचेर राख्दा निजले श्वास फेर्न नसकेर चिच्याए र अचेत भए । यो घटना प्रशासनको बर्बरता र जातिवादको निरन्तरता हो । रङभेद, राष्ट्रियता र जातीयताभन्दा माथि उठी हरेक व्यक्तिका लागि प्रजातन्त्र सुनिश्चित हुनुपर्दछ । मानव अधिकारवादी मार्टिन लुथर किङ्ग जसले सन् १९६८ सम्म मानव अधिकार आन्दोलनको नेतृत्व गरेका थिए र जातीय विभेदको शिकार भएकाहरूमाथि न्यायका लागि लडेका थिए । उनले भनेका थिए, “जातीय पक्षपातको कालो बादल छिट्टै हट्नेछ र सद्भाव, भाइचारा फैलिनेछ ।” ट्रम्प प्रशासनले आधा शताब्दी अघिदेखिको आन्दोलनलाई बेवास्ता गरी आन्दोलनकारीमाथि जातीय क्रुरतालाई निरन्तरता दिएको छ । मार्टिन लुथर किङका शब्दहरू अमेरिकी सहरहरूमा र विश्वभर गुञ्जिरहेका छन् ।
हामी जातिवादी व्यवस्थाबाट असङ्ख्यको ज्यान गएको जानकारी गराउन चाहन्छौँ र त्यसको अन्त्यको आह्वान गर्दछौँ । हामी पुनः ट्रम्प प्रशासनलाई आफ्नो नागरिकहरूको हत्या रोक्न र शान्ति, न्याय एवम् समानता सुनिश्चित गर्न माग गर्दछौँ ।
Leave a Reply