भर्खरै :

भक्तपुरमा कोभिड सङ्क्रमित महिला शिक्षिका

भक्तपुर, २४ जेठ । शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका ३१ वर्षीया महिला भक्तपुर जिल्ला चा“गुनारायण नपाको एक सामुदायिक विद्यालयका शिक्षिका भएको खुलेको छ । भक्तपुर नपा वडा नं ९ चोफलमा कोठा लिएर बसेका शिक्षिकाको जेठ २२ गते मध्यपुर अस्पतालमा सुत्केरी भएको उनका श्रीमानले जानकारी दिनुभएको छ । सुत्केरी भएयता उनको परिवार कोटेश्वरमा बस्दै आएको छ ।
दोलखा जिल्लाका स्थायी निवासी शिक्षिकाको परिवार लकडाउन सुरु भएको केही दिनमै गृहजिल्लामा फर्केको थियो । सुत्केरी हुने दिन नजिकिएसँगै उनको परिवार काठमाडौं उपत्यका फर्केको थियो । सङ्क्रमित महिलाको जेठ १९ गते आरडीटी परीक्षण गर्दै निगेटिभ नतिजा आएको थियो । जेठ २१ गते उनलाई काठमाडौं मोडेल अस्पताल सिनामङ्गलमा उपचारको लागि जाँदा पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गरिएको थियो । परीक्षणको नतिजा नआउ“दै उनको जेठ २२ गते सुत्केरी भएको थियो ।
दुई दिन पछि शनिबार सार्वजनिक पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको हो ।
हाल प्रहरीले शिक्षिका कोठा लिएर बसेको भक्तपुर नपा वडा नं ९ चोफल क्षेत्र सिल गरेको सो वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिनुभयो ।

One response to “भक्तपुरमा कोभिड सङ्क्रमित महिला शिक्षिका”

  1. Rabin says:

    अस्पताल संक्रमणको केन्द्रबिन्दु रहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *