भर्खरै :

महिलाको निधनबारे भक्तपुर अस्पतालको वक्तव्य

भक्तपुर अस्पतालमा जेठ २५ गते एक जना महिलाको निधन भएको सम्बन्धमा अस्पतालले सोमबार एक औपचारिक वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ ः
भक्तपुर अस्पतालमा जेठ २५ गते साँझ ६ः१५ बजे डेलिभरी गराउनको लागि भर्ना भएकी हाल चाँगुनारायण नपा झौखेल, भक्तपुर(स्थायी ठेगाना लिशंखुपाखर गाउँपालिका वडा नं ३ सिन्धुपाल्चोक) बस्ने ३६ वर्षकी सन्तमाया लामाको अस्पताल आउना साथ नर्मल डेलिभरी भएको थियो ।
अस्पताल आउँदा नै ती महिलामा खोकी, श्वासप्रश्वासमा समस्या र जाँच गर्दा छात्तीमा खराबी देखिएको थियो । डेलिभरीपश्चात एक्कासी श्वास फेर्न गाह«ो भई शरीरमा अक्सिजनको मात्रा घटी अधिकतम प्रयास गर्दा पनि बचाउन सकिएन । उनलाई सोही दिन राति ९ः३० बजे मृत घोषणा गरिएको थियो ।
आरडीटी परीक्षण पोजेटिभ आएकोले स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाई उनका आफन्तहरूलाई र डेलिभरी र उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मीहरूलाई सोही वार्डमै आइसोलेसनमा राखिएको छ । बच्चाको अवस्था सामान्य रहेको छ । आफन्तको समेत स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । पीसीआरको रिपोर्ट नआइसकेकोले मृतकको शव यसै अस्पतालमा राखिएको र पीसीआर रिपोर्ट प्राप्त भएपश्चात जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा आवश्यक निर्णय लिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *