भर्खरै :

संरा अमेरिकामा आन्तरिक हिंसा र विदेशमा अस्थिरता

हातमा हतकडी कसिसकेका र आत्मसमर्पण गरिसकेका अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिचेर प्रहरीबाट हत्या भयो । यो घटनाले मानिसहरूलाई सन् २०१६ मा संरा अमेरिकाको राष्ट्रिय फूटबल लिगका खेलाडीहरूको विरोध प्रदर्शन सम्झाएको छ । त्यतिबेला संरा अमेरिकी राष्ट्रिय गान बज्दै गर्दा कोलिन कैपरनिकले घुँडा टेक्नुलाई राष्ट्रपति ट्रम्पले राष्ट्रिय गानको अपमान भनेका थिए । गत मे २५ मा भएको फ्लोयडको हत्याले संरा अमेरिकामा आन्दोलनको आँधीबेहरी उठेको छ । संरा अमेरिकाका प्रहरी, अर्धसैनिक बल, सैनिकहरूले प्रदर्शनकारीहरूमाथि गरेको दमनको कारण आज आफ्नो देशमा कानुनी शासन कायम राख्ने अमेरिकी क्षमतामाथि प्रश्न उठेको छ । राष्ट्रपति ट्रम्प भने आफ्नो सुरक्षाको लागि सुरक्षित स्थानमा लुक्न पुगेका छन् ।
संरा अमेरिकामा अहिलेको प्रदर्शनमा केही अराजकताको लागि उपद्र्याहा, लुटपाट गर्ने र अन्य केही प्रदर्शनकारीहरूलाई पनि जिम्मेवार ठान्न सकिन्छ । तर, अहिले प्रहरी दमनकै कारण सन् २०१६ मा भएको घुँडा टेकेको घटनातिर सबैको ध्यानाकर्षण भएको हो ।
प्रदर्शनको क्रममा प्रहरी अधिकारीहरू रोबर्ट मेककाबे र आरोन टोर्गाल्सिकीले तालु ढाक्न टाउकोमा खैरो कपाल पनि नभएका एक जना ७५ वर्षीय व्यक्तिलाई घचेटेर भुइँमा टाउको बजारिने गरी लडाएका थिए । उनको टाउकोबाट रगत बग्दै थियो । लगत्तै उनको हातबाट मोबाइल फोन खसेका थिए । एक जना प्रहरीले उनी गम्भीर घाइते पो भए कि भनी पछाडि फर्केर हेर्दा माथिल्लो ओहदाका एक जना प्रहरीले अघि बढ्न त्यो प्रहरीलाई सङ्केत गरेका थिए । यसरी प्रदर्शनकारीमाथि घचेट्ने प्रहरी अधिकारीहरूलाई कारबाहीको घोषणा गर्दा उनीहरू काम गर्ने एकाइका ५७ जना प्रहरीले विरोध गरेका थिए । प्रहरीबीच एकअर्काले गरेका अपराधको ढाकछोपको निम्ति हुने गरेको एकता यो घटनाबाट प्रस्ट हुन्छ । सो घटनालाई लिएर दुई प्रहरी अधिकारीहरूलाई दोस्रो तहको हमलाको अभियोग लागेको छ ।
इन्डियापोलिसमा विरोध प्रदर्शनकारीमाथि प्रहरीले यस्तै खालको दमनकारी व्यवहार ग¥यो । कफ्र्यु आदेशको उल्लङ्घन गर्दै सडकमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको थियो । अघिको ७५ वर्षका व्यक्तिजस्तै प्रहरीले घचेट्दा भुईँमा बजारिन पुगेकी एक जना अफ्रिकी अमेरिकी महिला भुर्इँमा बसेर रुँदै थिइन् । त्यहाँ अर्को एक जना अमेरिकी नागरिकको मृत्यु पनि हुन सक्थ्यो । त्यही प्रहरीहरूले एक जना अर्की महिलामाथि निर्मम लाठी प्रहार गरिरहेका थिए । यस्ता घटना हालसालै संरा अमेरिकाभरि नै भएका छन् ।
यस्ता घटनाको लगातार सिलसिलालाई अन्तर्राष्ट्रिय क्षेत्रले नजिकबाट नियालिरहेको छ । यसले संरा अमेरिकाको छविलाई नराम्ररी धमिल्याएको छ । आफ्नो छवि सुधार गर्न उसलाई पक्कै पनि हम्मेहम्मे पर्नेछ । उत्तर एटलान्टिक सन्धी सङ्गठन (नाटो) का महासचिव जिन्स स्टोल्टनवर्गले प्रदर्शन नियन्त्रण गर्न सेना परिचालन गर्ने संरा अमेरिकी राष्ट्रपति ट्रम्पको मनसायको विरोध गरेका छन् । स्काई न्युजमा उनले भने, “सेना परिचालन भनेको अन्तिम अस्त्र हो ।”

ट्रम्प सरकारले नेतृत्व गरेका गतिविधि वास्तवमै कार्यान्वयनमा आए त्यसको परिणाम विदेशमा संरा अमेरिकी सैनिक उपस्थिति घट्नेछ । उसलाई आफ्नै देशभित्रका समस्या समाधानको लागि खर्चको खाँचो पर्ने छ । आखिरमा त्यसले विश्व महाशक्तिबाट संरा अमेरिकालाई तल झार्ने नै छ  ।

तथापि, संरा अमेरिकी प्रहरी र अन्य सुरक्षा निकायका कामले ती संस्थाभित्र नागरिकविरुद्ध हिंसाको संस्कृति कति गहिरोसँग गाडिएको छ भन्ने कुरा संसारभर छताछुल्ल भएको छ । अन्तर्राष्ट्रिय जगतमा पनि संरा अमेरिकाले विद्रोह र सशस्त्र सङ्घर्षविरुद्ध अन्त्यहीन युद्ध लड्दै आएको छ । मे २९ सम्ममा दुई जना प्रदर्शनकारीहरूको हत्या भइसकेको थियो । यद्यपि, ट्रम्पले प्रहरीलाई प्रदर्शनकारीहरूको भीड हटाउन दमन गर्न आदेश दिएका थिए । उनले फोटो खिचाउन प्रदर्शन गरेको भन्दै प्रदर्शनकारीहरूको अपमानसमेत गरेका थिए ।
विभिन्न देशमा संरा अमेरिकी सेनाले गर्ने अन्त्यहीन हमलाको विरोधमा हुने सडक प्रदर्शनले त्यस्ता सडक सङ्घर्षप्रति धेरै अमेरिकीको मुखमा बुजो लगाइदिएको छ । संरा अमेरिकाले सन् १९४५ यताको विदेश नीति नै कायम राख्नुपर्ने र कुनै पनि सडक प्रदर्शनपछि अवस्था उही पुरानै हुने मत राख्ने मानिसलाई अहिलेको प्रदर्शनले अप्ठ्यारो ठाउँमा पु¥याएको छ ।
अमेरिकी सडकमा भइरहेका हिंसा र हत्या तथा ट्रम्प सरकारको अनुसन्धानबीच पनि विभिन्न देशमाथि नियन्त्रणको उसको प्रयास चालू नै छ । तथापि, अहिले त्यो कुरा छायामा परेको छ । संरा अमेरिकी विदेश सचिव माइक पम्पेओ र उनकी श्रीमतीले सरकारी स्रोतको दुरुपयोगको विषयमा अनुसन्धान भोगिरहेका छन् । एनबीसी समाचारले जनाएअनुसार विदेश सचिवको कामबारे बोलेको अभियोगमा विदेश विभागका पूर्व इन्स्पेक्टर जनरल स्टीभ लिनिकलाई कामबाट निकालियो । संरा अमेरिकासँग अस्टे«लियाको सम्बन्धले अन्य देशसँग उसको व्यापार सम्बन्ध प्रभावित हुन सक्ने समाचार सामान्यतः पत्रपत्रिकाको पहिलो पृष्ठमा छापिने समाचार हो । तर, अस्टे«लिया सरकारले समाचारमाध्यमहरूलाई संरा अमेरिकाका आन्तरिक उपद्रवलाई प्रचार गर्न लगाएर त्यो खबरलाई लुकाउन खोजेको छ ।
अन्तर्राष्ट्रियरूपमा गोप्य सूचना र पूर्वाधार आदानप्रदानका समाचार दुर्भाग्यवश कुनै आश्चर्यको विषय बन्ने गरेको छैन । यस्तो अवस्थामा युरोपमा संरा अमेरिकी सुरक्षा गतिविधिका समाचार कम भएका छन् ।
संसारमा सबै देश सहमत भएको अमेरिकी सेनाको एउटै मात्र परिचालन डी डेको वार्षिकोत्सवमा राष्ट्रपति ट्रम्पले जर्मनीबाट संरा अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे । संसारमा संरा अमेरिकी सेनाको खर्च र भार बढेको धेरै गुनासो आउने क्रम जारी भएपछि ट्रम्पको यो कदमलाई नाटोका अन्य सदस्य देशहरूलाई साझा सुरक्षा छातामा अझ बढी पैसा खर्च गराउने धम्कीको रूपमा हेर्न सकिन्छ । यो रणनीतिले संरा अमेरिकाका एसियाली मित्रहरू जापान र दक्षिण कोरियालाई चिन्तित बनाएको छ । आर्थिकरूपमा अहिले सङ्कटमा रहेका युरोपका नाटो देशहरूको लागि अवस्था लचिलो हुने सम्भावना कम छ ।
ट्रम्प सरकारले नेतृत्व गरेका गतिविधि वास्तवमै कार्यान्वयनमा आए त्यसको परिणाम विदेशमा संरा अमेरिकी सैनिक उपस्थिति घट्नेछ । उसलाई आफ्नै देशभित्रका समस्या समाधानको लागि खर्चको खाँचो पर्ने छ । आखिरमा त्यसले विश्व महाशक्तिबाट संरा अमेरिकालाई तल झार्ने नै छ ।
जर्ज फ्लोयडको बलिदानले ट्रम्प सरकारले भित्रभित्र बनाइरहेका योजनाको कार्यान्वयनको लागि गति प्रदान गरेको छ । फ्लोयडजस्ता मानिसको घाँटी थिचेर मार्ने हिंसात्मक सामाजिक आधारलाई अहिलेको घटनाले हल्लाएको छ । संसारका धेरै मानिसले आज जर्ज फ्लोयड र उनीजस्ता व्यक्तिलाई श्वास फेर्न दिने समय आएको महसुस गरेका छन् ।
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *