भर्खरै :

“गुहार सुन्नुस्, पीडा अन्त्य गरिदिनुस्, अश्वेत जीवनको पनि अर्थ छ”

न्युयोर्क, ३० जेठ । जर्ज फ्लोइडका भाइ फिलिनिस फ्लोडले प्रहरी बरबरता अन्त्य गर्न तथा ‘पीडा’ अन्त्य गर्न आग्रह गरेका छन् ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा भएको सुनुवाइको क्रममा फिलिनाइसले आफ्नो दाइको मृत्युजस्तै अब अरूहरूको छालाकै रङ्गको कारण मृत्यु नहोस् भन्ने सुनिश्चित गर्न आग्रह गरेका छन् ।
संसद्को न्याय समितिमा भएको सुनुवाइमा बोल्दै उनले सांसदहरूसँग भने, ‘यो देश र विश्वले खोजेको नेता बन्नुहोस् । मेरो दाइको नाम ज्यादतीबाट मारिनेको सूचीमा थपिएको अर्को नाममात्रै नबनोस् । पीडा अन्त्य होस् ।’
उनले प्रहरी ज्यादती अन्त्यका लागि प्रहरी प्रशासनमा सुधारका लागि विशेष व्यवस्था ल्याउन सांसदहरूसँग आग्रह गरेका छन् ।
गएको मे २५ मा उनका दाइ जर्ज फ्लोडको प्रहरी हिरासतमै निधन भएको थियो । मिनेशोटा राज्यको मिनियापोलसमा श्वेत प्रहरी अधिकारी डेरेक चुभनले फ्लोडको घाँटी घुँडाले झन्डै ९ मिनेटसम्म थिचेका थिए । सास फेर्न नसकेको बताउँदा पनि चुभनले घुँडा हटाएका थिएनन् । त्यसपछि फ्लोडको हिरासतमै निधन भएको हो ।
फ्लोडको निधनपछि अमेरिकाभर प्रहरी ज्यादती र रङ्गभेदविरुद्ध केही दशक यताकै ठुलो प्रदर्शन हुँदै आएको छ । रङ्गभेद विरोधी आन्दोलन अमेरिकामा मात्रै सीमित नभएर विश्वका विभिन्न देशमा फैलिएको छ ।
फ्लोडको फ्युनेरल मङ्गलबार उनको जन्मथलो टेक्सासको ह्युस्टनमा भएको थियो । त्यसको भोलिपल्ट बुधबार न्याय समितिका सांसदहरूले नागरिक अधिकारका अभियन्ता तथा सुरक्षा अधिकारीहरूको बयान सुनेका हुन् ।
न्याय समितिले प्रहरी ज्यादती अन्त्य तथा रङ्गभेदविरोधी कानुनसम्बन्धी विधेयक डेमोक््रयाटको बहुमत रहेको तल्लो सदनमा जुलाई ४ सम्म पेश गर्ने तयारी थालेको छ ।
न्याय समितिमा जर्जका भाइ फिलिनिस भावविह्वल हुँदै भने, “म यहाँ तपाईँहरूसँग पीडा अन्त्य गर्नुस् भन्ने आग्रह लिएर आएको छु । बन्द गरिदिनुस् पीडाहरू । जर्जले सहयोगका लागि गुहार लगाए तर उनको गुहार सुनिएन । कृपया गुहार सुनिदिनुस् । हाम्रो परिवारको गुहार र सडकमा गुञ्जिरहेको गुहार सुनिदिनुस् ।”
उनले भने, “सडकमा मार्च गरिरहेका मानिसहरूले अब त अति भयो भनेका छन् ।”
उनले अघि भने, “उनका सन्तानले त्यो भिडियो (जर्जलाई प्रहरीले घुँडाले थिचेको भिडियो) हेर्नेछन् । त्यो सा¥है पीडादायक छ, मानिसलाई त्यस्तो गरिँदैन ।” उनको जीवनको पनि त अर्थ छ । अश्वेतहरूको जीवनको पनि त अर्थ छ । मेरो कामना यो छ कि उनलाई फिर्ता ल्याउन सकूँ ।
डेमोक््रयाटले प्रहरी सुधारका लागि गरेको प्रस्तावमा प्रहरीबाट हुने दुव्र्यवहारसम्बन्धी घटनाको कारबाही प्रक्रियालाई सहज बनाउने, घाँटी थिच्न प्रतिबन्ध लगाउने तथा रङ्गभेदलाई सम्बोधन गर्नेसहितका व्यवस्था समेटिएको छ ।
डेमोक््रयाटले प्रस्ताव गरेको ‘जस्टिस इन पुलिसि’ एक्ट २०२० लाई सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीले समर्थन गर्छ या गर्दैन भन्ने स्पष्ट भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *