भर्खरै :

भनपा वडा नं २ मा नेमकिपाको अर्को जित

भक्तपुर, २ जेठ । भक्तपुर नगरपालिका वडा नं २ को मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित ५ वटै पदमा जित हासिल गरेको छ । वडा अध्यक्ष पदमा नेमकिपाका हरिप्रसाद बासुकलाले २७०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै वडा सदस्यहरुतर्फ रत्नकाजी नायभारीले २६७२ मत, श्यामसुन्दर मातांले २६६० मत, तुल्सीलक्ष्मी दुमरुले २७५५ मत र मंगललक्ष्मी शाहीले २७८६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
अहिले भनपा वडा नं ३ को मतगणना जारी रहेको खबर प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *