भर्खरै :

नेका र नेकपा पुँजीवादी पार्टी नै हुन्

काठमाडौँ, जेठ ३२ । नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले प्रतिनिधिसभाको जेठ ३१ गतेको बैठकले भारत अतिक्रमित नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत भूमि समेटिएको नेपालको नक्सा निशान छापमा राख्ने सर्वसम्मतिमा अनुमोदन गरेको बारे भारतीय विदेश मन्त्रालयले सोही दिन कृत्रिम विस्तार ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नभएको, मान्य पनि नभएको र वार्ता गर्ने समझदारीको पनि उल्लङ्घन भएको आदि उल्लेख गरी प्रकाशित विज्ञप्ति असत्य भएको बताउनुभयो ।
सांसद सुवालले प्रतिनिधिसभाको विशेष समयमा भन्नुभयो, “सुगौली सन्धिअनुसार काली वा महाकाली नदी सिङ्गै नेपालको हो । तर, महाकाली सन्धिमा Boundary river on major stretches between the two countries भनी उल्लेख गरियो र तत्कालीन सरकारबाट यसको अर्थ basically a border river भनी स्पष्टीकरण पनि दिइयो । यसैकारण भारतले झूटा वक्तव्य दिएको हो ।
सांसद सुवालले भन्नुभयो, “यसको जवाफ नेपालको सिङ्गो नदी महाकाली वा कालीबाट भारतले अधिकतम १० हजार क्युसेक पानी पाउने र नेपालले १५० क्युसेकमात्र पानी पाउने गरी देशघाती महाकाली सन्धि गरेका विगतका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री, भूमि व्यवस्था मन्त्रीहरूले दिनुपर्छ ।”
उहाँले थप्नुभयो, “भारतको भरमा आन्दोलन र क्रान्ति गरेको दाबी गर्नेहरू, चुनावमा पैसा र सामान बाँड्ने, भोज खुवाएर धेरै स्थानमा जित्नेहरू तथा पुँजीपति वर्गले जे जे भन्छन् त्यो त्यो गर्ने सरकारमा गएका पार्टीका नेताहरूले भारतलाई यसको जवाफ दिनुपर्छ ।”
पुँजीपति वर्ग सरकारमा गएका पार्टीका नेताहरूलाई चन्दाले किनेको दाबी गरेको उल्लेख गर्दै उहाँले नेकपालाई कम्युनिस्ट र नेकालाई समाजवादी पार्टी भनिरहे आउने एक सय वर्षसम्म पनि नेपालकोे उन्नति नहुने स्पष्ट गर्नुभयो र ती दुवै पार्टीलाई पुँजीवादी पार्टी भन्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *