भर्खरै :

चाँगुनारायणमा आज पुनः मतदान

भक्तपुर, ३ जेठ । बैशाख ३१ गते स्थगित भएको भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ६ साविक नगरकोट गाविस भवन केन्द्रको ‘ख’ बुथमा आज विहान ७ बजेबाट पुनः मतदान सुरु भयो । मतदाता क्रमसंख्या ८४१ देखि १६४७ सम्म भएको सो मतदान केन्द्रमा बैशाख ३१ गतेको चुनावमा नवलपरासी जिल्लाको २२ मतपत्र वितरण भएपछि मतदान अधिकृतले बाँकी मतपत्र पोका पारी चुनाव चालु गरेको थियो । नवलपरासी जिल्लाको २२ वटा मतपत्र खसेपछि श्याम बहादुर लामाले मतपत्रमा मादल नभएको बताएपछि तथ्य सार्वजनिक भएको थियो । आयोगले एउट दलको चुनाव चिन्ह नभएको र नवलपरासीको मतपत्र चाँगुनारायण नगरपालिकामा खसेपछि त्यस्तो चुनावविरुद्ध अदालतमा उजूरी परे विजय घोषित उम्मेदवारहरु पनि बदर हुने भएकोले पुनः मतदान गराएका हुन् ।
८०६ मतदाता भएको सो केन्द्रमा विहान  १०ः४५ बजे नै ४९५ मत खसेको खबर छ । बैशाख ३१ गतेको चुनावमा सो उपकेन्द्रमा ६७५ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *