सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
सोमबार राति गलवन उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको गम्भीर भिडन्तपश्चात् संरा अमेरिकाले तत्कालै भारतको समर्थन गर्यो । मङ्गलबार बेलुकी संरा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भिडन्तमा मारिएका बीस जना भारतीय सेनाका परिवारजनप्रति समवेदना प्रकट गरे र भने, “संरा अमेरिका चीन–भारत सीमा (लाइन अफ एक्चुएल कन्ट्रोल) को अवस्थालाई नजिकबाट नियालिरहेको छ ।” अमेरिकी प्रवक्ताले वर्तमान अवस्थाको शान्तिपूर्ण समाधानको पक्षमा संरा अमेरिका रहेको भने पनि यो उसको विशुद्ध कूटनीतिक कथन हो ।
हालै चीन र भारतबीच सीमामा तनाव चर्कियो । आफैँ आन्तरिक र बाह्य समस्यामा फसेको संरा अमेरिकाले खासमा हेर्न चाहेको दृश्य नै यही थियो । संरा अमेरिकामा कोभिड–१९ को सङ्क्रमण र जातिवादविरोधी जनसङ्घर्ष फैलिरहेको परिस्थितिमा संसारका मिडियाको ध्यान अन्यत्र तान्न अमेरिकी सरकारले संसारका अन्य हटस्पटमा केही घटना भएको हेर्न चाहिरहेको थियो ।
चीन र भारतबीच यो पटकको सीमा तनाव मे महिनामा सुरु भएको थियो । सुरुदेखि नै यसलाई संरा अमेरिकाले ‘चिनियाँ उत्तेजना’ भन्दै आएको थियो । संरा अमेरिकी विदेश सचिव माइक पम्पेओ र डेमोक्रेटिक दलका वरिष्ठ काङ्ग्रेस सदस्य इलियट एङ्गेलले जून महिनाको सुरुदेखि नै भारतमाथि दुव्र्यवहार गरेको भन्दै चीनको खेदो खन्ने काम थालेका थिए । भारतीय अखबार द त्रिव्युनले यसलाई चीनसँगको सिमाना विवादमा संरा अमेरिकाका दुवै दल भारतको पक्षमा रहेको भनी व्याख्या गरेका थिए ।
संरा अमेरिका नयाँ दिल्लीलाई उचाल्न खोजिरहेको छ । संरा अमेरिका र अरू पश्चिमा देशहरू आफ्नो पक्षमा रहेको भ्रममा भारतलाई पार्न उसले यस्तो चालबाजी गरिरहेको छ । भारतकै केही आक्रामक शक्तिहरू चीनसँगको द्वन्द्व बढाउन बढी आतुर बनिरहेका छन् । उनीहरूका यस्ता व्यवहार पछाडि संरा अमेरिकी उक्साहटले काम गरेको छ । संरा अमेरिकी रणनीतिक चेसबोर्डमा भारतको महत्व चीनलाई संरा अमेरिकाले खतराको रूपमा कसरी हेर्दछ भन्ने कुरासँग अनुपातिक छ ।
ट्रम्प सरकार गठन भएदेखि नै ‘अमेरिका प्रथम’ नीतिलाई जोड दिंदै आएको छ । उसले अन्तर्राष्ट्रिय मामिलामा कममात्र चासो देखाउन चाहेको छ । वेस्ट प्वाइन्टमा गत शनिबार दिएको भाषणमा ट्रम्पले संरा अमेरिका संसारको प्रहरी नभएको बताए । तर, वाशिङ्टन भारत–चीन सीमा तनावमा भने निकै उत्सुकताका साथ लागिपरेको छ । यसैमा संरा अमेरिकी रणनीतिक स्वार्थ प्रस्ट छ । चीनविरुद्ध भारतलाई उचाल्नुमा नै संरा अमेरिकी स्वार्थको रक्षा गर्दछ ।
संसारकै सबभन्दा ठुलो लोकतन्त्र भनिने भारतलाई चीनसँगको सिमाना विवादमा पश्चिमा देशहरूले समर्थन गर्ने देखिन्छ । तर, ‘सबभन्दा ठुलो लोकतन्त्र’ त पश्चिमा देशहरूले भारतलाई लगाइदिएको बिल्लामात्र हो । भारतलाई पनि मानव अधिकार उल्लङ्घन गरेको भनी संरा अमेरिकाले लगाएको आरोप हामी कसैले भुल्नु हुन्न ।
अप्रिलमा संरा अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले जारी गरेको आफ्नो वार्षिक प्रतिवेदनमा भारतमा धार्मिक स्वतन्त्रता चिन्ताजनक अवस्थामा रहेको भनी उल्लेख छ । सन् २००५ मा धार्मिक स्वतन्त्रता उल्लङ्घनको कारण देखाएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई संरा अमेरिका जाने भिसा दिन अमेरिकाले अस्वीकार गरेको थियो । त्यत्तिबेला मोदी गुजरातका मुख्यमन्त्री थिए ।
हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई घेर्न भारतलाई संरा अमेरिकाले सबभन्दा महत्वपूर्ण रणनीतिक साझेदार मानेको छ । साथै उदयीमान चीनको प्रतिसन्तुलनको लागि भारतलाई उसले सबभन्दा शक्तिशाली देश मानेको छ । संरा अमेरिकाले आफ्नो हितको लागि भारतलाई सम्भव भएसम्म प्रयोग गर्नेछ । तर, संरा अमेरिकाले चालेको यो गोटीले भने उसले अपेक्षा गरेअनुसारको काम पूरा गर्नसक्नेछैन ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply