भक्तपुर काण्डको नाममा भएको अत्याचारबारे नयाँ पुस्तालाई बताउनुपर्ने
- भाद्र ९, २०८३
त्यसबेलाको भोट शासन कति छरिएको, देश कसरी फुटेको थियो भन्ने पनि यो ‘जाहेरी’ बाट थाहा हुन्छ । विभिन्न सहरका भिन्नाभिन्नै लामाज्यूहरू, गुम्बाका मठाधीशहरू सबै आ–आफ्ना क्षेत्रका मालिक हुने हुँदा भोट सरकार भन्ने नै के हो भनेजस्तो परेको यसमा देखिन्छ । त्यसमा पनि एउटा सहरका लामाज्यू पोताला लामाज्यूका दृष्टिबाट गिर्नेबित्तिकै ती लामाज्यूलाई मात्र होइन तिनका मुनिका रैयतलाई समेत देशद्रोही ठहराई हातहतियार खोस्ने गरिने हुँदा देश कतिसम्म विभाजित थियो भन्नेमा शङ्का गर्ने ठाउँ देखिन्न ।
त्यसबाहेक त्यसबेलाको भोट सरकार सामन्तीहरूको अखाडा भएको थियो र रैतीहरू ज्यादै शोषित भई छटपटाएका थिए भन्ने पनि यो ‘जाहेरी’ बाट थाहा हुन्छ । त्यसो हुँदा यो लेखिएको केही दशकपछि भएको भोटको जनक्रान्तिको बिउ ऊ बेलादेखि नै जनताका मनमा छरिसकेको रहेछ भन्ने बुझिन्छ । त्यसबेलाको जनभावना यति गहिरिएर बुझ्नसक्ने यो ‘जाहेरी’ का प्रस्तुतकर्ता प्रशंसाका पात्र छन् । उनको यो वाक्य त्यसैले ऐतिहासिक छ ः “रैतीहरू भोटका रैरकम, टैटन्टाले ज्यादै चिढिएका गोर्खाका रैयतलाई बहुतै आनन्द ऐन कानुनबमोजिम चले चलाएको देखे जानेकाले भित्री गोरखालीकै रैयत हुन पाए हुने थियो भन्ने समझ लिई आपसमा कुरा गरेको सुनिएकोले ती रैती अवश्य चाँडै नै गोरखा सरकारको मद्दतमा सामेल समूह हुनेछन् ।”
भोटका रैती कति थिचिएका, मिचिएका थिए भने त्यो सरकारभन्दा बाहेक जो आए पनि उनीहरू स्वागत गर्ने अवस्थामा पुगिसकेका थिए भन्ने यसबाट देखिन्छ । यस कुराले सत्यता केही वर्षअघि भोटे जनताबाट चिनियाँहरूले पाएको सहयोगले प्रमाणित गर्दछ ।
यी राजनीति विश्लेषणबाहेक भोटको आर्थिक स्थितिको गङ्गाबहादुरले राम्रो तस्वीर खिचिदिएका छन् । जस्तोः लडाइँको लागि बढी फौज उठाउने सिलसिलामा लेखिएको छ “लेखिएका सिपाहीँ रैतीले राख्ने हुँदा घरमा मानिस हुनेले आफ्नै मानिस र नहुनेले भर्ती हुने जवानले भनेबमोजिमको मुनासिब माफिक चित्त बुझाइदिनुपर्दा जवान १ को महिना १ को काला मोहर थान ३० देखि ६०÷७० सम्म पनि रैतीले आफ्नो तर्फबाट तिर्नुपर्छ ।” त्यतिमात्र होइन, “यिनलाई लाग्ने लुगा सिपाहीँ दिने रैतीबाट लिने दिलाउने गर्दछन् ।” यी कुराबाट सिपाहीँहरूको स्तर र रैतीहरूलाई पर्ने बोझको पनि अन्दाज गर्न सकिन्छ । सिपाहीँको खर्च आफूले बेहोर्न पर्ने भएपछि रैयतले लडाइँमा आफ्नो देशको जीत हुनेपट्टि लाग्ने भन्दा पनि लडाइँ सकेसम्म छिटो सकिनेपट्टि चाख देखाउनु स्वाभाविक हो । त्यसैले लडाइँ चाँडै समाप्त गर्न बरु शत्रुपक्षसित मिलेर पनि चाँडो युद्धविराम गराउन खोज्ने हुनाले देशभित्र नै देशघातक जन्मन सक्ने स्थितिको गंगाबहादुरले घतलाग्दो चित्र उपस्थित गरेका छन् ।
सिपाहीँकै कुरा लिँदा गुम्बा–गुम्बामा राखिने ‘धप्तो’ हरूको बारेमा तथ्य बताएर लेखकले धार्मिक पर्दामा हुने सामरिक शक्तिको भेद खोलेका छन् । लेखेको छ ः “१÷२ घण्टाभित्र ४÷५ हजार मार्च हुनसक्तछन् । यी रैतीलाई धर्ममा भर्ना गरेको भान पु¥याई काम परेका बखत लडाउने नियतले राखेका हुन् । त्यसो हुनाले एक किसिमको तालिमै सम्झनुपर्छ । घरद्वार केही नभएकोले यिनलाई ज्यानको माया हुँदैन ।”
यस्तै गरी खानापिना, लुगाफाटा, चालचलनहरू सबैको थोरै वाक्यमा पूरा तस्वीर खिचिएको देखिन्छ । अझ भोटेहरूको बानीव्यहोराको पनि व्यावहारिक किसिमको अध्ययन गरी लेखिएको छ । जस्तो ः “टिंग्री, कुतीदेखि भित्र र झुङ्गादेखि भित्र ठाउँ ठाउँमा ठुलठुला गोठ छन् । गोठालाहरूसँग तसल्ल रहे खरिदी पाइएला । नभए नाका मिलाई लुट्नुपर्छ ।” त्यस्तै अर्काे एक ठाउँमा छ ः “सो गोठ घट्टका अन्न हात पारी भोटेका रैती भोटेनीहरूबाट काम लिए त्यसदेखि माथिलाई रासिनको जोखिमी होला भन्ने शङ्का लिनुपर्दैन । ज्यादा मिचिएका रैती हुनाले थोरै बक्सिन मजदुरी दिनाले खुसी हुन्छन् । चिढिए भने विनाकारणै पछिको बाटो नहेरी हुलबल गर्ने भोटे–भोटेनीको दस्तुर छ । मिलजुल बसउठ भए तापनि बाँडाहरूले बीचबीचमा धोका दिन बेर लाउँदैनन्, यिनीहरू अन्धविश्वासी हुन्छन् ।”
भोटेहरू र भोट सरकारको राजकाज चलाउने जर्जर पुरानो पद्धतिको पनि सानोतिनो झलक यो ‘जाहेरी’ मा परेको छ । तर त्यो लिखितम्मा नभएर फोटोमा छ । बीसौँ शताब्दीको सुरु भइसकेका बखतमा पनि भोटमा काम कारबाही गर्दा धामीलाई सोधी उसले भनेबमोजिम नै गरिन्थ्यो भन्ने सुन्दा या सरकारले गर्ने पनि भगवतीस्थानमा गोला हाली काम निर्णय गरिन्थ्यो भन्ने बुझ्दा अहिले हामीलाई अचम्म लाग्छ । सामरिक जासुसको जाहेरीमा सोझै देख्दा कुनै महत्वको जस्तो नदेखिने यी सूचना लडाइँमा शत्रु पक्षको लागि ठुला हतियार हुनसक्ने कुरालाई यहाँ बिर्सनु छैन ।
यसरी भोटेहरूको कमजोरी बताएर पनि यो ‘जाहेरी’ एकतरका छैन अर्थात् भोट र सरकारका कमजोरीको मात्र बयान गरेर उनीहरू नेपाल अगाडि शक्तिहीन छन्, हामीले सजिलै जित्न सक्तछौँ भन्नेमात्र देखाई स्याबासी पाउने काम गंगाबहादुरले गर्न खोजेका छैनन् । त्यसरी चाहिनेभन्दा बढ्ता आशावादी हुनु महाराजलाई धोका दिनु हो भन्ने सम्झेर होला उनले भोट पक्षको बलियो कुराको पनि सविस्तार उल्लेख गरेका छन् । जस्तो, ‘माथि लेखिएसम्मको फौज मार्च गर्न भोटले सकोइन कि भन्ने शङ्का गर्न पर्दैन भन्ने स्पष्ट गर्न उनले यसमा निकै शब्द खर्च गरेका छन् । त्यस्तै, हातहतियारबारेमा पनि भोटेहरूले ल्याउन सक्ने तोप बन्दुकका नाल र गट्ठाहरूको राम्रो हिसाब लगाई ‘लेखिएभन्दा पनि बढी हतियार हुने शङ्का देखिन्छ ।’ भनेको छ । साथै भोटे फौज मार्च गर्दा बाटामा खानेकुरा, बाल्ने कुराहरूको कमी परोइन भनी उनीहरूको शक्तिको स्रोतको पनि इज्जत गरिएको छ ।
त्यसै हुँदा गोरखालीको जीत हुन्छ भन्ने आशय देखाई जो लेखिएको छ त्यो लेख्नेले शुभ–अशुभ सबै विचार आफ्नो मनले खाएको कुरा नै लेखेको छ । महाराजलाई भरोसा दिई प्रसन्न पार्नलाई मात्र या ‘जाहेरी’ लेखिएको होइन भन्न यी कुराले पुष्टि दिन्छन् । यो जाहेरी कतिको इमानदारीसाथ लेखिएको छ भन्नलाई गंगाबहादुरले नेपालको विजय हुनेबारे देखाएका दुई खण्ड (सर्त) बाट थाहा हुन्छ । त्यो के भने, पहिले त चढाउ या आक्रमण गर्ने हो भने चढाउ गर्ने ठाउँ चढाउ गर्ने यामको छनोट राम्रो हुनुपर्छ भन्ने उनको धारणा छ । अर्काे गंगाबहादुरले जोड दिएको कुरा हो आक्रमणको गुप्तता । उनको भनाइ के भने भोटेहरूसँग विशेष मुठभेद गर्न नपरिकनै अर्थात् अचानकको हमलाले कुती केरुङ जिती टिंग्री मैदान पुग्न सकेमात्र नेपालीको विजय निश्चित हुन्छ भन्ने हो ।
यो सबै महत्वपूर्ण कुरा पत्ता लगाउन गंगाबहादुरलाई के कति समय लाग्यो त्यो थाहा छैन । तर, उनले ‘जाहेरी’ को अन्त्यमा भनेको जस्तो अरूको अनुभवको मात्र भरमा यो लेखिएको होओइन भन्ने शङ्का माथि गरिसकियो । उनका भाइ मे. क. लालबहादुर सत्र वर्षसम्म ल्हासामा थिए भन्ने उनले लेखेका छन् (यी लालबहादुर ल्हासामा वकिल भएर रहेको संवत् १९६९ देखि ८० सम्म जम्मा ११ वर्षमात्र हो भन्ने बुझिन्छ) र उनै लालबहादुरका नोटबुकबाट मद्दत लिई लेखेको छु भनेकाले लालबहादुर ल्हासामा भएको बेलाको पूरा अध्ययन त यसमा होला नै । तर, यो ‘जाहेरी’ मा मिति नपरेकोले यसै भन्न सकिँदैन । यसमा परेका तस्वीरहरूमा करीब ७ वर्षको अन्तर परेको छ । एउटा तस्वीर संवत् १९७८ सालतिरको फौजको मार्चपासको हो भनिएको छ । अर्को तस्वीरमा मिति छापिएकै छ– ३ जुलाई १९२७ अर्थात् संवत् १९८५ को ¤ यी तस्वीरहरू लालबहादुरले खिचिराखेको भनी लेखिएको छ तापनि कुनै कुनै तस्वीरमा ‘फोटो बाइ एल.रत्न ल्हासा’ छापिएको देखिन्छ ।
जम्मा १८ ओटा तस्वीर यो ‘जाहेरी’ मा परेका छन् । त्यसमध्ये दुई देवताका तस्वीर र एउटा पुलिसफोर्सको तस्वीरको कुनै उल्लेख जाहेरीमा छैन । देवताहरूको तस्वीरको उल्लेख नभए तापनि तस्वीरमन्तिर लेखिएबाट कुरा बुझिन्छ । तर, ‘लेडेन लाले तालि गरेको हाल खारेज भयाको पुलिसको तस्वीर’ को उल्लेख जाहेरीमा नहुनु अचम्मलाग्ने कुरा भएको छ । किनभने, यी लेडेन ला (सरदारबहादुर, देवान, जनरल जृस्सा) बृटिश भोट र नेपालको सम्बन्धमा पहिलेदेखि नै बेसरी मुछिएका व्यक्ति हुन् । जन्मले यी बृटिश–भारतीय हुन् तापनि पुख्र्योली घर सिक्किम भएका यिनी बृटिश भारतीय पुलिस फोर्समा भर्ना भई सानै उमेरदेखि भोटसँग सम्बन्धित थिए । योङ्गहज ब्यान्ड मिसनमा भोटको विरोधमा काम गरे तापनि अङ्ग्रजेहरूका कृपामात्र भएकाले पछि उनको भोट सरकारसँग पनि राम्रो सम्बन्ध भएको थियो र अङ्ग्रेजहरूसँग मागेर भोट सरकारले सन् १९२३ मा उनलाई आफ्नो पुलिसफोर्सको स्थापित गर्ने काम सुम्प्यो । त्यही बेला यिनले ल्हासामा स्थापित र तालिम गरेको पुलिस फोर्सको तस्वीर नै गंगाबहादुरले यहाँ दिएको हुनुपर्छ । तर, तस्वीरमा त्यो पुलिसलाई ‘हाल खारेज भयाको’ भनेर लेखेको एउटा अति महत्वपूर्ण जाहेरी हो । त्यही पुलिस विभाग तयार पारी तालिम गरेको कदर गर्न दलाइ लामाबाट ‘जनरल जस्सा’ को पद लेडेन लालाई प्राप्त भएको थियो । त्यस्तोमा फेरि त्यो पुलिस फोर्स किन खारेज गर्नुप¥यो बुझ्न सकिँदैन । तर, पुलिस विभाग खारेज भए पनि लेडेन लाको भोटसँगको सम्बन्ध समाप्त भएन । हाम्रो हिसाबले सबभन्दा महत्वपूर्ण कारोबार यिनैले संवत् १९८७ मा गरे । यिनको जीवनीको पेज ७ मा रत्नध्वज राईले त्योबारे यस्तो लेखेका छन् ः “सन् १९३० मा भारत सरकारको हुकुमले सरदारबहादुर लेडेन ला फेरि ल्हासा जानुप¥यो । भोटका एक दुई जना अबुझ मानिसहरूको कर्तव्यले गर्दा नेपाल भोटतर्फमा खलबल परिरहेको थियो । सकेसम्म दुई सरकारका बीचको दोस्ती प्रीतिमा फाटो पर्न नजाओस्, सो सम्बन्ध कायम रहन जाओस् भनी भोट सरकारलाई रोहमा ल्याउने कोशिश शान्तिप्रिय प्रजावात्सल श्री ३ महाराज भीमशमशेर जङ्गबहादुर राणाबाट हुँदै थियो । यसै अवसरमा सरदारबहादुर लेडेन लाले ल्हासा गई दुवै राज्यका बीच बल्न ठीक भइरहेको जडको आगो निभाउन ठुलो कार्यकुशलता देखाए । यस उत्तम कार्यको लागि बृटिश सरकारले उनलाई कमान्डर अफ द बृटिश एम्पायरजस्तो उच्च टाइटिल प्रदान गरे ।
यसरी अङ्ग्रेजी कूटनीतिले सुरु गराइएको युद्धको आगो त्यही कूटनीतिले नै निभायो । किनभने, अङ्ग्रेजहरूले देखेहोलान्– सोझैसँग उनीहरूले मद्दत नदिए भोट नेपालसामु टिक्न सक्तैन अनि सोझै नेपालको विरुद्ध भोटलाई मद्दत दिंदा बृटिश भारतीय फौजमा रहेका हजारौँ गोरखाली सिपाहीँले विरोध गर्ने सम्भावना थियो । त्यसो हुँदा, बरु हुन लागेको लडाइँ सुलह गराइदियौँ भन्दा नेपाल र भोट दुवैतिरको धन्यवाद पाइने चाल उनीहरूले खेले । यस कार्यमा उनीहरूको लागि लेडेन ला खूब सजिलो औजार हुन आए । तर्कसङ्गत् कुरा छ– यसरी लडाइँ रोक्नमा काम लागेका लेडेन ला पहिले यो झगडा सुरु गराउन या चर्काउनमा नलगाइएका होलान् भन्न सकिँदैन यद्यपि यस कुराको कुनै सङ्केत यस ‘जाहेरी’ मा पाइँदैन । यो युद्ध रोक्न लेडेन लालाई महत्वाकाङ्Ifी चन्द्रशमशेरको मृत्यु खूब सामयिक भयो । भीमशमशेर त अनेक कारणले गर्दा ‘शान्तिप्रिय’ हुनुपरेको थियो र चाँडै नै सुलह भइहाल्यो ।
यस किसिमले त्यो झगडामा महत्वपूर्ण भाग लिने लेडेन लाको बारेमा त्यो एउटा तस्वीरमा बाहेक केही उल्लेख नहुनु ‘जाहेरो’ को त्रुटि हो जस्तो लाग्छ । किनभने त्यो झगडा सुरु गराउनेमा हात लेडेन लाको थियो भने त्यसको सानो पनि सुराक गंगाबहादुरले पाएका रहेनछन् ।
जसरी लेडेन लाको उल्लेख छुटेको छ त्यसरी नै बढ्ता स्थान यो ‘जाहेरी’ मा छारुङ काजीले पाएका छन् । काठमाडौँ आएका र महाराजले पनि चिनिराखेका व्यक्ति भएकाले उनको उल्लेख भएको हो भनूँभने पनि भोट सरकारले नजरबाट गिरिसकेका ती काजीलाई यति बढ्ता स्थान दिनुपर्ने होइन । आफ्नो ‘जाहेरी’ का फौजहरूपट्टिको रिपोर्टको मुख्य आधार गंगाबहादुरले यिनै छारुङ काजीलाई बनाएका थिए कि भन्ने लाग्छ । जस्तो ‘मेगाजिनतर्फ’ को कुरामा छ । छारुङ काजीको व्यक्तित्वले यी जाहेरीवालाको मनमा गहिरो प्रभाव पारेको बुझिन्छ । सामरिक जाहेरीमा कुनै व्यक्ति विशेषको रोव रवाफ या योग्यताको प्रभावमा पर्नु उति राम्रो कुरा होइन । ती काजीबाट यी कतिको प्रभावित भएका रहेछन् भन्ने कुरालाई त यिनले उनको बारेमा भोटमा जङ्गी निजामती दुवै काममा यो मानिस लायकको छ । लडाइँ हुने पIfमा महागुरुले यिनलाई अग्रसर नगरी काम गर्न मुस्किल छ ।’ भनेबाटै पनि थाहा हुन्छ । यो ‘जाहेरी’ मा परेका तस्वीरहरूमा पनि सबभन्दा धेरै तस्वीर छारुङकै छन् ।
तर, जे भए पनि, आफूले लेख्ने कुरामा आफूलाई पूरा यकिन नभइकन गंगाबहादुर कुनै कुरा पनि लेख्दैनथे । यो कुरा यस ‘जाहेरी’ को लेखोटमा परेका सङ्ख्याहरू काटी शुद्ध पारिएका र ठाउँ खाली राखी पछिबाट सो भरेको पत्ता लाग्छ ।
Leave a Reply