भर्खरै :

फासीवादी भाजपा सरकारका रक्षामन्त्री फासीवाद र नाजीवादमाथिको विजयोत्सवमा !

काठमाडौँ, ९ असार । २०७७ असार १० (द्दद्ध व्गलभ द्दण्द्दण्) को दिन मस्कोमा दोस्रो विश्वयुद्धको विजयोत्सव मनाइँदै छ । नात्सी अर्थात् राष्ट्रिय समाजवाद पार्टीको ‘फासीवाद’माथिको विजयको अवसरमा सन् १९४५ जून २४ मा पहिलोपल्ट मस्कोस्थित लेनिनको समाधिस्थल अगाडि आयोजित भव्य समारोह भएको ७५ वर्ष भयो । उग्रराष्ट्रवाद, अन्धराष्ट्रवाद, सङ्कीर्ण जातिवादी आक्रमण र युद्धको विरोध एवम् शान्तिको पक्षमा आयोजना गरिने विजयोत्सव धूमधाम हुनेछ । समारोह अर्थपूर्ण पनि हुनेछ ।
सीमा विवादको तनाव शान्त गर्न दुई एसियाली देशहरू चीन र भारतका विदेश मन्त्रीहरू पनि सो समारोहमा उपस्थित हुने चर्चा छ ।
भारतीय जनता पार्टीको सरकारका रक्षामन्त्री राजनाथ सिंह सम्भवतः त्यस समारोहमा उपस्थित हुनेछन् । मस्कोमा उनको भेटघाट चिनियाँ विदेशमन्त्रीसँग पनि हुँदै छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो ‘विजययात्रा’ को क्रममा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको नक्सामा देखाए । उनले नेपालको भूमि कुल्चँदै चीनसँग निहुँ खोज्दै सीमा भिडन्तमा पुग्ने सडकको उद्घाटन गरेका थिए । मुसोलिनी र हिटलर पनि आफ्नो ‘विजययात्रा’ को सुरुमा स–साना छिमेकी मित्र देशहरूमाथि कुल्चिँदै अगाडि बढेका थिए ।
भाजपाले कट्टर हिन्दू राष्ट्रको नारा दिएको छ । हिटलरले ‘पवित्र आर्य रगत’ले संसारलाई शासन गर्ने नैतिक अधिकार राख्ने बताएका थिए । मुसोलिनी रोमन राज्यको गौरवको पुनःस्थापना गर्न चाहन्थे । ट्रम्पले क्याथोलिक धर्म र बाइबल बोकेर अश्वेत जनता, मुसलमान, हिस्पानियाली, अल्पसङ्ख्यक आदिवासी, दलित र रङ्गीन (विभिन्न वर्णका) जनतालाई दबाए ।
सीमा सङ्घर्षभन्दा मेलमिलाप चाहने नेपाली जनता भारतीय रक्षामन्त्रीले मित्र देशहरूबाट टाढा मस्कोमा पुगेर संसारमा शान्ति र मित्रताको मन्त्र प्राप्त गरोस् भन्ने कामना गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *