यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
गहिरो अनुसन्धान गरी लेखिएको र धेरैले पढ्ने गरेको पुस्तक ‘भारतको चीन युद्ध १९७०’ (इन्डियाज चाइना वार, १९७०) का लेखक नेभिल म्याक्सवेलको सन् २०१९ को सेप्टेम्बरमा अस्टे«लियाको न्यु साउथ वेल्सको बोरलमा निधन भयो । उनी प्राज्ञिक कर्ममा सक्रिय थिए र सुखी परिवारमा जीवन बिताइरहेका थिए । सन् १९७१ मा उनको विवादास्पद मानिएको पुस्तकले संरा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन र चिनियाँ नेता माओ त्से तुङबीच ऐतिहासिक भेटघाट गराउन महत्वपूर्ण भूमिका खेलेको थियो ।
सन् १९८३ को अक्टोबरमा मलाई म्याक्सवेलसँग भेट्ने अवसर प्राप्त भएको थियो । अतिथि अध्येताको रूपमा म अक्सफोर्डको महारानी एलिजावेथ गृहमा जाँदा उनीसँग भेट भएको थियो । उनी त्यहाँ मेरा प्राज्ञिक सल्लाहकार थिए । उनी त्यहाँ जाने पत्रकार, सरकारी कर्मचारी र विद्वानहरूको लागि तालिम र अभिमुखीकरण गर्थे । भारतमा पाँच जना सरकारी कर्मचारी र एक जना विद्वानको टोलीमा समावेश भएर म त्यहाँ गएको थिएँ । कोलोम्बो प्लानअन्तर्गत एक शैक्षिक वर्षको लागि हामी अध्ययन, भ्रमण र तालिमको लागि महारानी एलिजावेथ गृह गएका थियौँ ।
अक्सफोर्ड पुग्नेबित्तिकै हामीलाई म्याक्सवेलसँग भेट्न भनियो । प्राज्ञिक क्षेत्रमा कर्मचारी प्रशासनमा काम गर्दाको अनुभव र नयाँ दिल्लीस्थित गृहमन्त्रालयअन्तर्गत अनुसन्धान र नीति विभागको निर्देशक भएकोले मलाई नेभिल म्याक्सवेल र उनको चीनसँग भारतको सिमाना विवादसम्बन्धी चर्चित पुस्तकबारे थाहा थियो ।
त्यतिबेला मैले भारतीय गुप्तचर विभाग प्रमुख बीएन मल्लिकको पुस्तक ‘चाइना बिट्रेल, १९७४’ पढिसकेको थिएँ । मल्लिक प्रधानमन्त्री जवाहरलाल नेहरूका ‘शिष्य र गुरु’ दुवै थिए । चीनसम्बन्धी नेहरूको नीतिमा मल्लिकको प्रभाव थियो । म्याक्सवेलको पुस्तकबारे मलाई थाहा थियो । तर, मैले सो पुस्तक पूरा पढिसकेको थिइनँ । माथि चर्चा गरेको माओ र निक्सनको भेटको तारतम्य मिलाउने काम संरा अमेरिकी राष्ट्रपतिका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी केस्सिङ्गरले गरेका थिए ।
म्याक्सवेलसँगको हाम्रो पहिलो भेट ज्यादै रोचक भयो । सबैको सङ्क्षिप्त परिचय भयो । उनले हामीलाई सञ्चोबिसञ्चो सोधे । अनि आफूले सहयोग गर्नसक्ने केही छ कि भनी सोधे । मसँगै गएको एक जना साथीले आँट बटुलेर ‘बिहान बिहान हामीलाई एक एक कप चियाको बन्दोबस्त गरिदिन’ भने । भारत राम्ररी चिनेका म्याक्सवेल उनको कुरा सुनेर हाँसे । उनले भारतमा सुत्ने खातसम्म चिया पु¥याइने उपनिवेशवादी चलनको प्रसङ्ग जोड्दै सोधे, “तपार्इँले ‘छोटा हजरी’ जस्तो चिया त खोज्नुभएको होइन ?” उनले प्रश्नकर्ता मित्रलाई एउटा चिया उमाल्ने केटली र केही चियापत्तीका पोका किनेर कोठामै चिया खान सल्लाह दिए । हाम्रो बेलायत बसाइको सुरुवात निकै रोचक रह्यो ।
म्याक्सवेलले हाम्रो टोलीमध्ये कसैलाई बेलायत बसाइमा केही लेख्ने योजना छ कि भनी सोधे । मैले आफ्नो योजना भएको सुनाएँ । अरू साथीहरू त्यसबारे कोही बोलेनन् । मैले आफ्नो लेख्ने सोच भएको सुनाएको मेरा अरू मित्रहरूलाई मनपरेको रहेनछ । म्याक्सवेलसामु मैले त्यसो भन्दा उनीहरूले अप्ठ्यारो महसुस गरेका रहेछन् । के गर्नु ? उनीहरू बेलायतमा सित्तैमा घुम्न आएका थिए । उनीहरू खूब घुम्ने योजना बोकेर आएका थिए । लेखनमा उनीहरूको रुचि थिएन ।
मेरा मित्रहरू युरोप भ्रमणको योजना बनाउँदै गर्दा मैले अक्सफोर्डमै बसेर आफ्नो लेखन योजनाबारे म्याक्सवेलसँग परामर्श गर्ने विचार गरेँ । भारतमा सूचीकृत जातिमाथि बढ्दो हिंसा र त्यसको नियन्त्रणमा बनेका नीतिको प्रभावकारिताबारे लेख्ने मेरो योजनाको म्याक्सवेलले खुलेर प्रशंसा गरे । गृहमन्त्रालयमा सेवा गरेको हुनाले त्यो विषयमा मेरो रुचि र जानकारी थियो ।
‘भारतमा सूचिकृत जातिमाथि हिंसाः दृष्टिकोण, समस्या र समाधान’ शीर्षकको कार्यपत्र तयार गर्न मैले धेरै समय अनुसन्धान र लेखनमै बिताएँ । केही महिनामा त्यो कार्यपत्र तयार भयो । विश्वविद्यालयमा कार्यपत्र वितरण गरियो । म्याक्सवेलले मेरो कार्यपत्र मनपराए । उनले त्यही विषयमा महारानी एलिजावेथ गृहमा सेमिनार गर्न सल्लाह दिए । उनले सो सेमिनारको अध्यक्षता गरे । मेरा भारतीय मित्रहरू भने सेमिनारमा सहभागी थिएनन् ।
सन् १९८४ को जुलाईमा हामी भारत फर्कियौँ । फर्केर केही समयपछि मुख्यसचिव निर्मल मुखर्जीले मलाई फोन गरे । मेरो कार्यपत्रको एक प्रति उपलब्ध गराउन अनुरोध गरेँ । उनले मेरो कार्यपत्र रुचाए । चिया खान निम्ता गरे । भारतका मुख्यसचिवसँगको त्यो भेट मलाई सुखद् लाग्यो ।
मेरो प्राज्ञिक सल्लाहकार म्याक्सवेल निकै सहयोगी र सहृदयी थिए । उनी आफँै एक जना चर्चित लेखक थिए । तर, उनी मबाट धेरै कुरा सिक्न आतुर थिए । उनले निकै मिहिनेतका साथ गरेको अनुसन्धानमा आधारित पुस्तकको केही अंशमात्र पढेको मैले सुनाएँ ।
बेलायत बसेको केही महिनापछि मेरो परिवार अक्सफोर्डमा आए । म्याक्सवेलले हामीलाई घरमा निम्ता गरे । उनकी जहान त्ेलन र छोराहरूसँग भेट्दा निकै खुसी महसुस भयो ।
म्याक्सवेलको चीनसँग भारतको सीमा विवादसम्बन्धी पुस्तकलाई भारतमा राम्रो नजरले हेरिंदैन । सिमानाको विषयमा चीनको ‘आक्रामकता’ बारे भारतको आरोपलाई अस्वीकार गरेको हुनाले उनलाई भारतविरोधीको रूपमा बुझिन्छ । यहाँ म उनले मलाई केही समयपछि पठाएको पुस्तकबारे छोटोमा चर्चा गर्न उपयुक्त ठान्छु । त्यो पुस्तकको नाम हो, ‘चीनको सिमानाः समाधान र विवादः छानिएका दस्तावेज, २०१२’ । त्यसमा धेरै महत्वपूर्ण लेखहरू छन् । तीमध्ये पनि विशेष लेख हो, ‘चीन–भारत सिमाना विवाद कसरी समाधान गर्ने ? (२०१२)’ (पृष्ठ. १७१–१८३) त्यो लेखले म्याक्सवेलमा भारतविरोधी सोच भएको बुझाइको खण्डन गर्छ ।
वास्तवमा म्याक्सवेलले आफू भारतविरोधी नभएको बरु भारत र चीनबीचको सिमाना विवाद शान्तिपूर्ण तरिकाबाट समाधान गर्न सहयोगका लागि उत्सुक भएको देखाएका छन् । सो लेखमा चीन र भारतबीचको सीमा विवाद समाधान गर्न धेरै रचनात्मक प्रस्ताव राखेका छन् । ती प्रस्तावबारे भारत र चीनका विज्ञ र नीति निर्मार्ताहरूले विचार गर्नुपर्छ ।
उनले तत्कालीन सोभियत सङ्घ÷रुस÷चीनबीच सिमाना विवाद समाधानको अनुभवतिर सबैको ध्यानाकर्षण गराएका छन् । उनले सन् १९८६ मा भ्लादिभोस्टोकमा दुई देशको सीमा विवाद सम्बन्धमा गोर्भाचोभले दिएको चर्चित भाषणको उदाहरणबाट केही सिक्न सकिने सुझाव दिएका छन् ।
उनको सो बुझाइ उपयोगी र जानकारीमूलक छ । रुसको अनुभव मध्य एसियाका अरू तीन देशले पनि चीनसँगको सीमा विवाद समाधानको लागि प्रयोग गरेका छन् । यस सन्दर्भमा म्याक्सवेलले सन् १९९३ मा भारत र चीनबीच दुई देशबीचको सिमाना लाइन अफ एक्चुएल कन्ट्रोलमा शान्ति र सौहार्दता कायम राख्न भएको सन्धिको प्रशंसा गरेका छन् । सो सन्धिको कार्यान्वयन भने हुनसकेको छैन । ‘वल्र्ड अफेयर’ मा सन् २००० को जुलाई सेप्टेम्बरमा प्रकाशित उनका लेखहरू नै सो पुस्तकको रूपमा प्रकाशित भएको थियो ।
सो पुस्तकको पृष्ठ १२९–१४३ मा प्रकाशित सन् १९६२ को सीमा युद्धबारे हेन्डरसन ब्रुक्स–भगत (एचबीबी) कारबाहीको समीक्षाबारे म्याक्सवेलको भूमिका त्यो युद्धमा भारतीय सेनाको पराजयबारे बुझ्न गहन मूल्यको छ । सो लेखमा युद्धको कारण र अवस्थाबारे विश्लेषण गरिएको छ । भारतीय सेनाभित्रको विभाजनलाई त्यसमा चर्चा गरिएको छ ।
सन् १९५० मा भारतीय सेनाको उच्च नेतृत्व दुई खेमामा विभाजित भयो । पहिलो, व्यावसायिक र अराजनीतिक समूह र दोस्रो जनरल बीएम कौल नेतृत्वको राष्ट्रवादी समूह । त्यत्तिबेलाका प्रधानसेनापति थापर दोस्रो समूहसँग निकट थिए । सैनिक मुख्यालय विभाजित थियो । एउटा समूहले अर्को समूहलाई बर्खास्त ग¥यो । सेनाभित्र चीनसँग नजिक र चीनसँग टाढा भनी विभाजन देखियो ।
प्रधानमन्त्री नेहरूसँग नजिक रहेका गुप्तचर प्रमुख बीएन मल्लिकले विवादित क्षेत्रमा नीतिविरोधी नीति अघि सारे । भारतले ती विवादित क्षेत्र आफ्नो दाबी ग¥यो । आफ्नो कमजोरीबारे जानकार सेनाको उच्च नेतृत्व सो नीति मान्न तयार भएन । मल्लिकको नीतिको कारण सन् १९५९ को अक्टोबरमा कोङ्गा नाकामा चिनियाँहरूसँग झडप भयो । सेनाले चीनसँग भिड्ने नीतिको विरोध गरेपछि प्रधानमन्त्री नेहरूले सेनाकै पक्ष लिए । मल्लिक छेउ लागे र उनको नीति पनि छायामा प¥यो ।
सन् १९६१ मा सैनिक मुख्यालयमा कोलको प्रभावको अर्थ मल्लिकले अघि सारेको नीतिको दबदबा कायम हुनु हो । चिनियाँ सेना बलियो भए पनि भारतीय सेनासँग लड्न सक्दैन भन्ने ‘अविचलित धारणा’ नै उनीहरूको बुझाइ थियो । भारत र चीनबीच लडाइँ भएको हेर्न संरा अमेरिकाले रुचाएको थियो । म्याक्सवेलले भारतको गुप्तचर विभाग आइबीका प्रमुख मल्लिक र नयाँ दिल्लीस्थित अमेरिकी गुप्तचर विभाग सीआईएका प्रमुख ह्यारी रोस्सिट्स्कीबीच निकट सम्बन्ध भएको बताएका छन् ।
एचबीबीले सारमा भारतीय सेनामा सरुवा बढुवामा राजनीतिक हस्तक्षेपका साथै फिल्डमा अक्षमताको कारणले सन् १९६२ मा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ । भारतीय गुप्तचर विभागका पूर्वनिर्देशक बीएन मल्लिकसँग चिनियाँहरूले ‘भारतीय नयाँ सुरक्षा चौकीमा कुनै प्रकारको हमला नगर्ने र चिनियाँहरूले हमला गर्नसक्ने अवस्था भएर पनि भारतीयहरूलाई हमला नगर्ने’ भन्ने बुझाइ थियो ।
भारतीय सेनाको गुप्तचरी विभागको निष्कर्ष भने त्यसको ठीकविपरीत थियो । चीनले आफ्नो नियन्त्रणमा रहेको कुनै पनि भूभाग भारतले लिने प्रयास गरे चिनियाँहरूले प्रतिरोध गर्ने उनीहरूको निष्कर्ष थियो । त्यत्तिबेला सेना र गुप्तचर विभागबीच एक प्रकारको मतभेद थियो । यो मतभेदले सीमाको मुद्दामा गम्भीर प्रभाव पारेको थियो ।
भारतीय सेनामा मुख्य पदाधिकारीको नियुक्ति र मुख्यालयमा बहुरूपता फिल्डमा हुने गल्तीभन्दा गम्भीर खालको भएको सो प्रतिवेदनमा उल्लेख छ । तेजपुरमा सैनिक कमान्डरले जारी गरेको घातक, विवादास्पद र दोहोरो अर्थ लाग्ने आदेशले सेना पराजित हुनुको कारण बन्यो । त्यसको निम्ति भारतीय सेनाका दुई जना जनरल र एक जना ब्रिगेडियर जिम्मेवार भएको प्रतिवेदनमा बताइयो । म्याक्सवेलले यो सबै प्रपञ्चका योजनाकार प्रधानमन्त्री, गुप्तचर विभाग प्रमुख र प्रधानसेनापति भएको उल्लेख छ ।
एचबीबी प्रतिवेदन सार्वजनिक प्रतिवेदन होइन । त्यसकारण सरकारले कुनै कारबाही गरेको छैन । सन् २००२ को जुलाई २ मा द हिन्दुमा लेखेको एउटा लेखमा विख्यात कानुनविद् एजी नूरानीले सार्वजनिक चासोको सो एचबीबी प्रतिवेदन तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले संसद्मा गरेको वाचाअनुसार सार्वजनिक गर्न माग गरेका छन् ।
सारमा नेभिल म्याक्सवेल भारत र चीनबीचको सिमाना विवाद समाधान गर्न अनिच्छुक नरहेको स्पष्ट छ । उनी सैन्यवादी होइनन् । भारतसँग विमति भए पनि समस्याको शान्तिपूर्ण समाधानको लागि उनी इच्छुक छन् । सन् २००० को जुलाई–सेप्टेम्बरको ‘वल्र्ड अफेयर’ मा उनले समस्या समाधानको निम्ति आफ्नो तर्फबाट सुझावसमेत प्रस्तुत गरेका छन् ।
नरेन्द्र मोदी र सी जिनपिङको पालामा पनि भारत र चीनबीचको सम्बन्ध विकासमा म्याम्सवेलले लगातार चासो राखेका छन् । जीवनको अन्तिम समयसम्म पनि उनले सकारात्मक भावनाका साथ काम गर्न छोडेनन् ।
स्रोत ः द न्युज क्लिक (२०२० मे २९)
नेपाली अनुवाद ः सुशिला
Leave a Reply