भर्खरै :

सुर्खेतमा एमसीसीविरूद्ध प्रदर्शन

सुर्खेत, १२ असार । देश हितविपरीतको ‘अमेरिकी सहस्राब्दी चुनौती परियोजना’ (एमसीसी) को विरोधमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार विरोध प्रदर्शन तथा सभा भयो ।

नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिको आयोजनामा भएको सभामा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले एमसीसी नेपालको सार्वभौमिकता र स्वतन्त्रताविपरीत भएको चर्चा गर्दै देशलाई साम्राज्यवादी हस्तक्षेपबाट जोगाउन सम्पूर्ण देशभक्त नेपालीले एमसीसीको विरोध गर्नुपर्ने बताउनुभयो ।

उहाँले कोरोनाको महामारी नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उल्लेख गर्नुभयो ।

आयोजक समितिका सचिव धनेन्द्र विकले नेपालको संविधानभन्दा विदेशी कानुन माथि हुने सम्झौता कुनै पनि हालतमा नेपालीलाई स्वीकार्य हुननसक्ने बताउनुभयो ।

कोणसभामा नेमकिपा सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगीले एमसीसी सम्झौताका प्रत्येक धारा तथा बुँदाहरू राष्ट्रघाती भएकोले खारेज गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका सहसचिव शेरबहादुर शाहीले पनि बोल्नुभएको थियो ।

प्रदर्शनमा एमसीसी सम्झौता खारेज गर, १९५० लगायतका असमान सन्धिहरू खारेज गर, नागरिकता विधेयक खारेज गर, गोर्खा भर्तीकेन्द्र खारेज गरलगायतका नारा लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *