भर्खरै :

नेपालमा भोट युद्ध तयारी – ८

पेना झुमदेखि दिगर्चा आउनालाई अन्दाजी ९ कोस छ । वेसाहा किन्नलाई चामल चाप्पा छ । घाँस पनि छ । दाउरा अलि–अलि छ । काँडा झीक्रा, गुइँठा धेरै छ, जङ्गलमा रूख छैन । बगैँचा बनाई ल्याएको बैसका रूख छ । दोगर्चालाई भोटेहरू झिकाछे भन्दारहेछन् । मैदान ठुलो छ । कमोद पनि खूब रहेछ । जम्मा कोस ९ वास – ११ । यो दिगर्चामा दौलथ् कहाँ छ कोसित कति छ भनी दुनियाँसित बुझ्दा निजहरूले भनेको बयानमा गुम्बामा अन्दाजी यति छ भनेनन् । धेरै छ भन्छन् । निज गुम्बाको फेन्दिखम सालामा १ सित नगद अन्दाजी धेरै छ भन्छ । यति भन्न सकेनन् ।
दुनियाँमा बाबु टिङ्रीको रीपुन् भई जागीरे भएको छोरो दिगर्चाको सिपाहीँ जागीर खाइबसेको छ । सोही सहरदेखि उत्तर पाउ एक जति–जतिमा घर भएको वान्डे नाउँ गरेको भोटेसित नगद अन्दाजी ९ लाख होला भन्छन् ।
सोही सहरदेखि पूर्व २ पाउ जतिमा घर भएको पेम्वा नाउँ गरेको ढाक्रे भोटेसित अन्दाजी नगद ३ लाख जति होला भन्छन् ।
दिगर्चाको महागुरूको कुङ्केलिङ् बगैँचानिरको खोलाको पुलबाट हामी आएको बाटो छोडी इसान् दिशा लागी ल्हासा जाने बाटो रहेछ । दिगर्चाबाट ल्हासा छिटो गरी गए ६ दिनमा पुग्छ भन्छन् । यो बाटो मैदानमा बस्ती धेरै बसेको असल छ । वासको नाममा पहिला वास न्यामु, दोस्रो पुलुन वसि, तेस्रो छुचयँ तातो पानी, चौथो एसियो वास । पर्टे पोखरीका कुना परेको ठाउँको गाउँ हो । त्यहाँदेखि हामी आएको मूल बाटो भेटिँदोरहेछ । हामी आएको बाटोलाई ज्ञानचिको बाटो भन्दारहेछन् । यो बाटोलाई रङको बाटो भन्दारहेछन् ।
दिगर्चाबाट हिँडेपछि असल मैदान केही कमोद बस्ती नभएको अलिअलि उकालोजस्तो मैदान बाटो अन्दाजी कोस १।। आएपछि सानु खुड्केलो वोर्ली खहरे खोलैखोला सानु–सानु ढीस्के पहाड दाहिन्या बायाँ, भयाको गेग्रेन मैदान पाखो बाटो छ । सो बाटोदेखि मुनि बायाँतर्फ ठुलो मैदान परी कमोद र बस्ती गाउँ छ । माथि लेखेबमोजिमको बाटो अन्दाजी कोस २ आएपछि नाटाङ् भन्ने गुम्बा पुग्यो । सो गुम्बामा घर अन्दाजी २ सय अढाइ सय जति होला । यो गुम्बामा रहेका लामा भोटेहरू पोस्तक शास्त्र छाप्दारहेछन् । भोट मुलुकभरमा जउन् शास्त्र पुस्तक जसलाई चाहियो त्यहीँ जग्गाबाट खरिद गरी लैजाँदारहेछन् ।
यस नेटाङ्लाई खाजा खाने ठाउँ भन्दारहेछन् । त्यहाँबाट हिँडी आएपछि कहीँ–कहीँ कमोद र दाहिने बायाँका पहाडको काखमा ४÷५ घर बनाई ठाउँ–ठाउँमा बस्ती बसेका रहेछन् । बाटो मैदान केही उकालोजस्तो अन्दाजी ३ कोस आएपछि १२÷१५ घर भएको सानु गाउँ १ भेटियो । त्यहाँदेखि नजानिँदो उकालो मैदान सानु पानी भएको खहरे अन्दाज कोस १ हिँडेपछि भन्ज्याङ पुग्यो । भन्ज्याङ्मा देउराली र अक्षर काटेको ढुङ्गा रातो, सेतो र कालो रोगनलाई ढुङ्गाको लट्ठा ३ बनाई राख्याको रहेछ ।
त्यहाँदेखि सानु खुड्को ओर्लेपछि हाल नयाँ धेवुसुमबाट बनाएको गुम्बा र लामा १६ बसेका रहेछन् । त्यस ठाउँलाई तालोयसिं माथाङ् भन्दारहेछन् । ताहाँदेखि मैदान बाटो नजानी ओरालोजस्तो हिँडी अन्दाज कोस १ आएपछि घाङ्चि नाउँ गरेको वास पुगियो । सो वासमा गुम्बा १ र गाउँ घर अन्दाज ४०÷५० जति होला । झुम १ रहेछ । वेसाहा किन्नलाई झुमले मद्दत दियो भने २०० जवानलाई पुग्ला । घाँस पनि छ । जङ्गल छैन । गुम्बा र गाउँको नजीकमा खसेको काँडा भएको रुख १५० जति पाली राख्याको छ । दाउरा, काँडा झयास् गुइँठा छ । जम्मा कोस अन्दाज साढे ८ ।। होला वास घाङ्ची ।
घाङ्चीबाट हिँडेपछि पाखोजस्तो अलिकति ओर्लेपछि मैदान कमोद दाहिने बायाँ १०÷८ घर पहाडका फेदीमा बनाई बसेका केही गाउँ रहेछ । बाटो सर्पट् मैदान् कहीँ–कहीँ । सानु–सानु खहरे भेटिँदै मैदान कोस अन्दाज ४ आएपछि सानु थुन्को परेको पहाड र खोला एक भेटियो । त्यस ठाउँदेखि पहाडको काखैकाख खोलाको तीरैतिर । कमोद अलि–अलि भएको २।४ घर भेटी अन्दाजी कोस २ आएपछि पुल १ तरी स्याप् घितिङ् नाउँ गरेको गाउँमा वास प¥यो । यो गाउँमा वरपर गरी घर अन्दाज ५० होला, झुम् बसेको रहेनछ । गोवाहरू १ बसेको रहेछ । वेसाहा किन्नलाई झुम्ले मद्दत दिए ३००÷४०० जवानलाई पुग्ला । जङ्गल छैन । खोलाको तीरमा खयरको रुखजस्तो काँडाको रुख अन्दाजी ४÷५ सय र घर–घरलाई पालिराख्याका बैसका रुख छन् । दाउरा, काँडा र गुइँठा पाइन्छ । घाँस छ । वासको नाउँ स्याप घितिङ् भन्दा रहेछन् । जम्मा कोस ६ वास –– १३ ।
स्याप्घितिङ्बाट हिँडेपछि सानु फड्के एक तरी सानु खहरे खोलाका तीरपहाडको काख काख तेर्पाई तेर्पाई उकालो गेगे्रन भयाको र खोलापारि २÷४ घर भएको गाउँ कहीँ–कहीँ खेती गरेको भेटिँदैन अन्दाज कोस ३ को बाटो हिँडी आएपछि २०÷२५ घर भएको गाउँ १ भेटियो । सो गाउँबाट केही कमोद भएको मैदान हिँडेपछि सानु थुम्को भेटियो । सो थुम्काबाट दाहिने बायाँ सानु–सानु पहाड भएको बीचमा मैदान परी सानु खहरे कहीँ–कहीँ अलि–अलि पानी भएको तर हिँडेपछि सानु भन्ज्याङ्जस्तो भेटियो । त्यहाँदेखि पानी भएको दाहिने बायाँ पहाड रही बीचमा पानी भएको खहरे बाटो भई घाटी परेको ओरालोसमेत अन्दाज ३ कोस ओर्लेपछि फेदी पुग्यो । फेदीबाट मैदान खोलाको तीर अलिकता आई खोलामा जँघा तरी फेदीदेखि अन्दाजी कोस १ आयापछि भुटुङ् तासी भन्न्या गाउँमा वास प¥यो । यो गाउँमा अन्दाजी ४० घर होला ।
ताहाँ जङ्गल छैन । २÷४ रुख घरमा ल्याइराखेको छ । वेसाहा किन्न धेरै पाइँदैन । केहीँ ४०÷५० आदमीलाई पुग्ला । घाँस छ । दाउरालाई गुइँठा झेस छ । झुम् बसेको रहिनछ । गोवा १ बसेको रहेछ । वासको नाउँ भुटुङ् तासि जम्मा कोस ७ वास –– १४
भुटुङ् तासिबाट हिँडेपछि कमोद मैदान २÷४ घर भएको गाउँ भेटिएपछि गेग्रेन भयाको पाखो तेर्पाई उकालो बाटो अलिकति आयापछि ब्रह्मपुत्रदेखि भेटियो । त्यहाँबाट अलिकति ओर्लेर मैदान ब्रम्हपुत्रको तीरैतिर मैदान हिँडी ३ कोस जति आएपछि १०÷८ घर भयाको गाउँ १ र घट्ट १, खहरे १ भेटियो । सो खहरे तरी मैदान पाखो बाटो केही उकालोजस्तो हिँडेपछि पहाडको पहरोमा बाटो काटी मुनि ब्रह्मापुत्र भयाको घाटी परेको नबनाया तोप लैजान अलिक मुस्किल भएको बाटो १।। सय २ गज जति हिँडी काटेपछि अलिकति ओर्लेपछि ब्रह्मपुत्रको तीर मैदान बाटो कोस २ आएपछि फिनजोलिङ् नाउँ गरेको गाउँ पुग्यो । सो गाउँका घर अन्दाज १ सैही होला ।
पहाडमाथि गुम्बा बनाई वाडाहरू बसेका रहेछन् । झुम १ पनि बस्याको रहेछ । वेसाहा किन्नलाई झुम्ले मद्दत दिए २०० जवानलाई पुग्ला । जङ्गल छैन । गाउँमा लगाइराखेका बैसका रुख १५० छन् । केही दाउरा घाँस पनि छ, गुइँठा र झेस् छन् । वासको नाउँ फिन्जोलीङ् जम्मा कोस ४ होला वास् – १५
फिन्जोलिङ्बाट हिँडेपछि बायाँतर्फ बालुवाको पहाड दाहिनेतर्फ बीचमा मैदान बलौटोबाट २ पाउ जति हिँडेपछि ब्रह्मपुत्रले रेतियाको पहाडमा तेर्पाई–तेर्पाई उकालोमुनि पानी देखिने पाखो बाटो तोपखालमा नरोकिने बाटो पाउ २ हिँडी ओर्लेपछि पश्चिमतिरबाट आई ब्रम्हपुत्रमा दोभान पारी मिसिएको खोला १ भेटियो । ताहाँदेखि दाहिना बायाँपट्टि पहाड भई बीचमा मैदान परी ब्रह्मपुत्र बगी आयाको सो ब्रह्मपुत्रका तीरैतिर बाटो, मैदान कमोद बस्ती केहीँ नभएको बाटो अन्दाज कोस ३ हिँडी आयापछि केही कमोद गरी दुई चार घर बनाई ब्रह्मपुत्र नजिक पारी पहाडको काख पाई बसेको गाउँ १ भेटियो । ताहाँदेखि ब्रह्मपुत्रका तीर मैदान पहाडको काख यस्तै बाटो अन्दाज १ कोस आएपछि खाजा खाने ठाउँ बीच वास च्पाहाङ् नाउँ गरेको १०।८ घर भएको गाउँ १ रहेछ । ताहाँदेखि ब्रह्मपुत्रका तीर मैदान पहाडको काख मैदान अन्दाज कोस १ आयापछि ब्रह्मपुत्रको पानीमा जोडिएको पहाडको नाका एक रहेछ । अन्तबाट बाटो नभई सोही नाकाबाट आउनुपर्ने बाटो छ । नबनाया तोप् जान मुस्किल छ । धेरै छैन । अप्ठेरो २५।३० हात होला । त्यहाँबाट ओर्लेपछि पूर्वतिरबाट आएको खहरे खोला १ भेटियो । सो खहरेबाट दिगर्चा ल्हासा जाने बाटो पनि रहेछ । कति दिनमा पुग्छ कस्तो छ भनी बुझ्दा ठाउँ–ठाउँमा बस्ती गाउँ छ, बाटो असल, मैदान छ । यो बाटोलाई चुपाराङ भन्दारहेछन् ।
पहाड १ ठुला काट्नुपर्छ । बाटो असल छ । छिटो गरी जाने २ दिनमा दिगर्चा पुग्दछन् भनी भन्दछन् । सो खहरेको मैदान अलि कति हिँडी उक्लेपछि दाहिने बाजा सानु थुम्के पहाड भई बीचमा भन्ज्याङ र देउराली छ । ताहाँबाट ओली ब्रह्मपुत्रका तीर मैदान पहाडको काख कहीं कमोद भई ६÷७ घर भयाको गाउँ भेटिँदै अन्दाजी ३ कोस आयापछि ल्हाचेझुम् पुग्यो । सो झुम्मा अन्दाज ३०० जति घर होला । यहाँ झुम् १ बसेको रहेछ । हाम्रा नेवार चार, पाँच र खचरा ९ रहेछन् । जङ्गलमा रुख छैन । दाउरा केही पाइँदो रहेछ । गुइँठा छ । घाँस छ । वेसाहा किन्नलाई झुम्ले मद्दत दिये ३ हजार ३५ सय जवानलाई पुग्ला । कोही कोही घरमा २÷४ बैसको रुख लायाको रहेछ, यहाँबाट पनि चुपाराङको बाटो रहेछ । साकेको बाटोबाट पनि ल्हासा दिगर्चा जाने बाटो रहेछ । जम्मा कोस ८ ः वास ल्हाचेझुम् १६ । यो ल्हाचेझुम्बाट पहाडको पाँच नाका परी पाँचतिरबाट आउन जान हुने बाटो रहेछ । बीच मैदानबाट ब्रम्हापुत्रका तीरमा झुम् बस्ती बसेको रहेछ । हामी आयाको ल्हासा जाने ब्रम्हपुत्रको तीर वायेव्य दिशा १, सीधा पूर्व दिशाका नाकाबाट चुपाराङ निस्की ल्हासा दिगर्चा जाने १, आग्नये दिशाको नाकाबाट साके जाने १, सीधा दक्षिण दिशाका नाकाबाट बोलाङच्ङ जाने १, नैरीत्य दिशाबाट नेपाल आउने १ जम्मा ५ नाका ५ बाटो छ ।
ल्हाचेझुम्बाट हिँडेपछि ब्रम्हपुत्रका तिर्मेदान् केही कमोद २ चार्धर्सानु खहरे २ र फड्के २ तरी ढुङ्गेन मैदान अन्दाज कोस ४ आयापछि दाहिने बायाँ पहाड बीचमा सानु खहरे भई ४÷५ घर भयाको थौगाउँ नाउँ गरेको वास पुग्यो । वेसाहा छैन । रुख, दाउरा छैन । घाँस थोरै छ । वेसाहालाई मद्दत दिये पाइन्छ नत्र पाइँदैन । कोस ४ थोगाउँ वास ।
यो वासदेखि वैरान् बाटो छ ।

थौ गाउँबाट हिँडेपछि दाहिना बायाँ पहाड बीचमा खहरे भयाको कमोद बस्ती केही नभयाको घाटी परेको ढुुङ्गेन् तेर्पाई तेर्पाई उकालो अड्वड् बाटो अन्दाज कोस ४ ।। आयापछि चारैतिर हिउँ भयाको सानु मैदान सहरे १ का तीरमा चीक्क्यो नाउँ गरेको चिनियाँ हुलाक घर १ रहेछ । विचवास भन्दारहेछन् । ताहाँदेखि हिँडी सानु लङ्गुर ठुलो २ काटी तेर्पाइ ओरालो मैदान खोलाका तीरैतिर अड्वड् ढुङ्गा भएको बाटो अन्दाज कोस ५ ।। आयापछि दाहिने बायाँ पहाड भई बीचमा खोलाको बगरमा ढीस्कोमा चिनियाँ हुलाकी घर ३ छ । सो ठाउँलाई थाक्या नाउँ भन्दारहेछन् । झुम्ले मद्दत दिएन भने केही पनि पाइँदैन । बडो खराप् ठाउँ छ । हावा बेपर्वाह चल्दोरहेछ । कोस जम्मा १० थाके वास – १८
थाकेबाट हिँडेपछि दाहिने बायाँ पहाड बीचमा खोलो गल्ढ्याङ््रा ढुङ््गा भयाको बाटो केही ओरालो वैरान् अन्दाज कोस १।। जति हिँडेपछि २ भन्ज्याङ् काटी ओर्लेपछि असल मैदान बाटो कहीँ कहीँ अवाद १÷२ रुख देखिँदै पहाडकोे काख खोलाको तीर मैदान अन्दाज कोस ३ आयापछि गंधक् गनाउने तातो पानी भएको खोला भेटियो । ताहाँदेखि आधा कोस आयापछि लोलो भन्या गाउँ पुग्यो । यो गाउँमा घरहरू अन्दाज ४० सम्म होला । वेसाहा किन्नलाई झुम्ले मद्दत दिए । १५० जवानलाई पुग्ने पाइएला । घाँस छ । दाउरा उस्तो पाइँदैन । गुइँठा छ । जम्मा कोस ५ वास लोलो ––– १९
लोलोबाट हिँडेपछि केही ओरालो ओर्ली खोलाका तीर मैदान आई सो खोला तरी पहाडका काख मैदान पाखो केही कमोद २÷४ घर बनाई बस्ती बसेका मैदान पाखोबाट पहाडका काख काख हिँडी आएपछि सो पहाडको छुची घुमी असल मैदान बाटो अन्दाजी कोस ४ हिँडी सिकार्झुम् पुग्यो । छुचिन घुसि सानु पहाड १ काटी ओर्लेर आया गया अन्दाज कोस ३ होला यो सिकार्झुम्मा सानु थुम्कोमा गुम्बा बनाई वाडा बसेका छन् । मैदानमा घर अन्दाजी ३०० भयाको गाउँ छ । सो गाउँबाट उत्तर हानि गए मैह्ना दिनमा सुन, नुन, पानी पुग्छ भन्थे । दाउरा रुख छैन, घाँस छ, गुइँठा छ । जम्मा कोस ४ वास सिकार्झुम् ––– २०
सिकार्झुम्बाट हिँडेपछि सानु भन्ज्याङ १ काटी ओर्लेपछि २÷४ घर भयाको मैदान खहरे तरो हिँडी फेरि १ पहाड उक्ली पाखो मैदान केही हिँडेर ओर्लेपछि मैदान पाखो तेर्पाई ओरालो हिँडेपछि मैदान बाटो हिँडी खोला एक तरी ७÷८ घर भयाको गाउँ १ भेटियो । ताहाँदेखि असल मैदान बाटो हिँडी आएपछि मीमु नाउँ गरेको गाउँमा वास पुग्यो । सो गाउँमा पुग्नलाई अन्दाज कोस ५ होला । घर अन्दाज ४० होला । वेसाहा किन्नलाई झुम्ले मद्दत दिया २०० जवानलाई छ । रुख, दाउरा छैन । गुइँठा, घाँस केही छ । जम्मा कोस ५ छ । वास मिमु –– २९
मिमुबाट हिँडेपछि असल मैदान बाटो कोस अन्दाज २ आयापछि ८÷९ घर भयाको गाउँ १ भेटियो । ताहाँदेखि असल मैदान बाटो पोखरीजस्तो खोलाको छेउ छेउ गरी मैदान कोस अन्दाज २ आएपछि टिङरी मैदान पुग्यो । सानु खोला १ तरी गाउँमा वास प¥यो । यो ठाउँमा सानु थुम्को १ छ । सो थुम्कोमा किल्लाजस्तो बनाई चिनियाँ तालोये १ सिपाहीँ ४० लिई बस्याका रहेछ । थुम्का मनी सहर घर बनाई झुम् १, सिपाहीँ भोटे ५००, धैवुन् १ बसेको रहेछ । हाम्रो नेवार कोठि थापी बस्याका छन् । यो ठाउँमा ४ तर्फ पहाड बीचमा मैदान, सो मैदानमा जताततैबाट हिँड्न हुँदोरहेनछ । वर्षामा ढाप् हिउँदोमा ख्याक्पा जमी मुल् बाटोदेखि अन्त जान हुँदोरहेनछ । यहाँबाट ९ तर्फ जाने बाटो रहेछ । हामी आयाको बाटो १, केरुङ जाने १, कुति जाने १, साके जाने १, बोलाङ चुङ जाने १, सोलुखुम्बु जाने १, न्याङलुसम्वा जाने बाटो १, मान सरवर जाने बाटो १, फेरुखाता भन्ने गाउँबाट गोर्खा भोटको सीवाना पुग्ने बाटो १ रहेछ । वेसाहा किन्नलाई झुम्ले मद्दत दिए ३÷४ हजार जवानलाई छ । आफूखुसी खरिद गरे ४०÷५० जवानलाई होला । रुख, दाउरा छैन । घाँस, गुइँठा केही छ । वास टिङ््ग्रि मैदान कोस अन्दाज ४ होला वास ––– २२
टिङ््ग्रिबाट हिँडेपछि असल मैदान बाटो १ कोस जति आएपछि ६÷७ घर बनाई मैदानमा बसेको गाउँ १ भेटियो । ताहाँबाट कुति जाने र केरु जाने बाटो छुट्टियो । ताहाँदेखि केरुङ जाने बाटो असल मैदान दाहिना बायाँ पहाड बीचमा खोलो भई सो खोलोका तीर मैदानमा पुरानु माटाका किल्लाको भत्केको गा¥हो भेटिँदै अन्दाज बाटो कोस २ आयापछि सानो वणवर घर भयाको गाउँ भेटियो । ताहाँदेखि माथि लेखेका बयानबमोजिमका बाटो अन्दाज कोस २ आयापछि धोकसे नाउँ गरेको ८÷९ घर भयाका गाउँमा वास प¥यो । वेसाहालाई माथि लेखेको जस्तै हो रुख, दाउरा छैन । गुइँठा, घाँस केही छ । कोस ५ वास ––– २३

Leave a Reply

Your email address will not be published. Required fields are marked *