भर्खरै :

मदन भण्डा रीः देवत्वकरणदेखि सत्ताको भर्या‍ङसम्म

एमालेका पूर्वनेता मदन भण्डारीको विषयमा आइतबारका अधिकांश पत्रपत्रिकाले विभिन्न आलेख र विचार प्रकाशित गरे । भण्डारीको जन्मदिनको अवसर पारेर लेखिएका सबै लेखहरू उनको सकारात्मक चर्चा र प्रशंसामा केन्द्रित छन् । अझ केही लेखमा त उनको अतिरञ्जना र देवत्वकरणसमेत गर्न खोजिएको छ । व्यक्तिलाई सजिलै देवत्वकरण गर्नु नेपाली राजनीतिको पुरानो समस्या हो । ‘महामानव’, ‘लौहपुरूष’, ‘सन्तपुरूष’, ‘भगवान’ आदि अनेकन उपमा दिएर इतिहासको कुनै कालखण्डमा राजनीतिक नेता वा चिन्तकले गरेको योगदान वा व्यक्तित्वप्रति आलोचनात्मक कोणलाई नै निषेध गर्ने गरिन्छ । देवत्वकरणले व्यक्तिको सही योगदान र कमी कमजोरी बुझ्न अग्लो पर्खालको काम गरेको हुन्छ । अनि त्यो व्यक्तिले दिएका विचारलाई कोरा सिद्धान्तमा मात्र सीमित राख्ने त्यो अर्को प्रपञ्च पनि हो । सिद्धार्थ गौतमका विचारमाथिको बहस र छलफल उनको देवत्वकरणले रोकिदिन्छ ।
मदन भण्डारीलाई पनि केही मानिस देवत्वकरणको दिशातिर दोहो¥याइरहेका छन् । अहिले देशमा मदनकै ‘सहपाठी’ र चेलाहरू शासनका उच्चासनमा पुगेका छन् । शक्ति पुजक प्रवृत्तिले बलियो जग बसालेको नेपाली समाजमा सत्तामा मदनका भावकहरूको आधिक्य भएको समयमा उनको प्रशंसामा पूजा नगरे कहिले पूजा होला ¤ मदनका प्रशंसकहरू उनले नेपालको क्रान्तिमा मौलिक सिद्धान्त प्रतिपादन गरेको तर्क गर्छन् । तत्कालीन एमालेको पाँचौँ महाधिवेशनबाट पारित ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त दाबी गर्दै त्यसको प्रतिपादन मदनले गरेको उनीहरू दाबी गर्छन् । तर, इतिहासलाई फर्केर हेर्दा मदनले दिएको यो सिद्धान्त कुनै मौलिक सिद्धान्त नभई विश्वको समाजवादी र कम्युनिस्ट आन्दोलनमा देखिएको एउटा भड्काउ भएको प्रस्ट हुन्छ ।

सत्तासँगै आउने व्यक्तिगत ऐसआराम र सुविधा नै सफलताको आधार बन्यो । आफूलाई आजको आरामदायी र सुविधापूर्ण जीवन दिने, सत्तासीन बन्न बाटो खोल्ने मदनको कार्यक्रमलाई नै उनीहरूले ‘महान’ ठाने । मदनलाई देवत्वकरण गरे । तर, त्यही वैचारिक स्खलनले नेपालका कामदार जनता र कम्युनिस्ट आन्दोलनमा पारेको क्षतिको भने लेखाजोखा गरिएन । वास्तवमा मदनको संशोधनवादी विचार हाबी बन्दा नेपाली क्रान्ति कमजोर बनेको छ । संशोधनवादले नेपाली क्रान्तिलाई पु¥याएको क्षतिलाई क्रान्तिकारी विचारको उज्यालोले मात्र क्षतिपूर्ति गर्न सम्भव छ ।

बहुदलीय प्रतिस्पर्धा, चुनावी बहुमतमार्फत संसदबाट समाजवाद स्थापनाको परिकल्पना कुनै नवीन सिद्धान्त होइन । कार्ल माक्र्सकै पालामा एडवर्ड बर्नस्टिनले यो सिद्धान्त अघि सारेका थिए । माक्र्सको विचारलाई बङ्ग्याएको हुनाले यो दृष्टिकोणलाई संशोधनवाद भनिएको हो । मदनले बर्नस्टिनका विचारलाई नेपाली भाषामा अनुवादमात्र गरेका हुन् । अनुदित सिद्धान्त मौलिक विचार हुनसक्दैन ।
सन् १९९० को दसकमा तत्कालीन सोभियत सङ्घ विघटन भयो । संशोधनवादी सोभियत नेतृत्वको कारण अक्टोबर क्रान्तिको गौरवपूर्ण क्रान्तिको जगमा उभिएको सोभियत सङ्घ विघटन भयो । सोभियत सङ्घजस्तो झन्डै एक शताब्दी लामो इतिहास बोकेको समाजवादी सत्तासमेत ढल्दा संसारका धेरै कम्युनिस्ट र समाजवादी पार्टी रणभुल्लमा परे । ‘कहिल्यै नचिताएको’ त्यो घटनापछि केही कम्युनिस्ट र समाजवादी पार्टीका नेता कार्यकर्ताले समाजवादलाई नै झुठ देख्न थाले । कम्युनिस्ट आन्दोलनलाई भ्रम देख्न थाले । उनीहरूले इतिहासको अनुभवलाई लत्याएर वर्गसङ्घर्षको दिशा नै त्यागे । वर्गसङ्घर्ष नै असत्य भएको भन्दै उनीहरूले उही संशोधनवादी दिशा समाते । संसारभर भएको यो घटनाको नेतृत्व नेपालमा मदन भण्डारीले गरे । भण्डारीको यही विचारलाई साक्षी राखेर एमाले सत्तासीन भयो । कम्युनिस्ट पार्टीको आधारभूत जिम्मेवारी वर्गसङ्घर्षलाई स्टोर कक्षमा थन्काए । सत्तासीन हुनु नै सफलताको मापन बन्दै गयो । सत्तासँगै आउने व्यक्तिगत ऐसआराम र सुविधा नै सफलताको आधार बन्यो । आफूलाई आजको आरामदायी र सुविधापूर्ण जीवन दिने, सत्तासीन बन्न बाटो खोल्ने मदनको कार्यक्रमलाई नै उनीहरूले ‘महान’ ठाने । मदनलाई देवत्वकरण गरे । तर, त्यही वैचारिक स्खलनले नेपालका कामदार जनता र कम्युनिस्ट आन्दोलनमा पारेको क्षतिको भने लेखाजोखा गरिएन । वास्तवमा मदनको संशोधनवादी विचार हाबी बन्दा नेपाली क्रान्ति कमजोर बनेको छ । संशोधनवादले नेपाली क्रान्तिलाई पु¥याएको क्षतिलाई क्रान्तिकारी विचारको उज्यालोले मात्र क्षतिपूर्ति गर्न सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *