निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
दैलेख, ३ जेठ । दैलेखको चामुण्द्रा विन्द्रासैनी नगरपालिकाको वडा नं ७ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित ५ वटै पदमा जित हासिल ग¥यो ।
वडा अध्यक्षमा नेमकिपाका इन्द्र प्रसाद चौलागाईले ३२८ मत प्राप्त गरी जित हासिल गर्नुभयो भने वडा सदस्यहरुमा चंखबहादुर शाही, कृष्ण ढकाल, महिला सदस्यमा धनकुमारी शाही र दलित महिला सदस्यमा नैना सुनार निर्वाचित हुनुभयो ।
यस नपाको वडा नं ३ को वडा अध्यक्षमा निरक बहादुर शाही ३४५ मत प्राप्त गरी विजयी हुनुभयो । सो वडाको सदस्यहरुमा बासुदेव कँडेल, मनबहादुर विश्वकर्मा, मनसुपा तारामीमगर र दलित महिला सदस्यमा टीकावती सार्की पनि नेमकिपाबाटै विजयी हुनुभयो ।
Leave a Reply