भर्खरै :

खोना र बोङ्गाका न्यायप्रेमी किसानहरूप्रति ऐक्यबद्धता !

सरकारले विभिन्न समयमा निर्णय गरेका विभिन्न आयोजनाको कारण अस्तित्व जोगाउने चुनौती सामना गरिरहेका खोना र बोङ्गाका जनता राज्यले आफ्नो जमिन, संस्कृति र अस्तित्वमाथि भइरहेको हमलाको प्रतिकारमा लगातार सङ्घर्षमा छन् । ‘विकास’ को आवरणमा राज्यले सो क्षेत्रमा पर्ने गरी आधा दर्जनभन्दा बढी परियोजना लागू गरेको छ । ती सबै परियोजना लागू हुँदा काठमाडौँ उपत्यकाकै सबभन्दा पुराना र ऐतिहासिक ती बस्तीको सांस्कृतिक, आर्थिक, सामाजिक र भौतिक अस्तित्वसमेत नष्ट हुनेछ । काठमाडौँ उपत्यकामा लिच्छविकालदेखि चल्दै आएका परम्परासँग अन्योन्यास्रित रूपमा सम्बन्ध भएका ती बस्तीका जनता आफ्नो परिचय जोगाउन राज्यको दमन सामना गरिरहेका छन् ।
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको काठमाडौँ–हेटौँडा दु्रतमार्गको लागि सरकारले जबरजस्ती स्थानीय बासिन्दाको जमिन अधिग्रहण ग¥यो । पुर्खौँ पुर्खादेखि खेतीपाती गर्दै आएका त्यहाँका जनता आफ्नो जमिन दिन तयार छैनन् । त्यसकारण उनीहरूले जमिन अधिग्रहणबापत राज्यले दिने घोषणा गरेको मुआब्जा पनि बुझेका छैनन् । खेतीयोग्य आफ्नो जमिनमा रोपाइँ गर्न सोमबार पुगेका किसानहरूमाथि प्रहरी दमन भयो । प्रहरीले किसानलाई आफ्नो जमिनमा रोपाइँ गर्न बञ्चित गर्ने प्रयास गरे । कोरोना भाइरसको महामारीको कारण सम्भावित आर्थिक मन्दीलाई ध्यानमा राखी सरकारले यो वर्ष जमिन बाँझो नराख्नु भनी आह्वान गरेको छ । सरकारले गरेको आह्वानलाई स्वीकारेर खोकना र बुङ्गमतीमा जनता सोमबार धान दिवसको मेलोमेसोमा आफ्नो जमिनमा धान रोप्न गएका थिए । तर, धर्तीमा अन्न रोप्न गएका किसानहरूलाई राज्यले दुश्मनको व्यवहार ग¥यो ।
राज्यको काठमाडौँ उपत्यकाकेन्द्रित विकास नीतिका कारण नेपालकै परिचय बनेको काठमाडौँ उपत्यकाको संस्कृति र सभ्यता आज विनाशको सङ्घारतिर धकेलिंदै छ । काठमाडौँ उपत्यकाको कृषियोग्य जमिनमाथि कब्जा जमाउने पृथ्वीनारायण शाहकालीन सोचको निरन्तरता आजका शासक राजनीतिक दलले बोकेका छन् । पृथ्वीनारायण शाहले ‘एकीकरण’ को नाममा जसरी काठमाडौँ उपत्यकामाथि कब्जा जमाएका थिए, आजका शासकहरू ‘विकास’ को नाममा त्यही काम दोहो¥याइरहेका छन् । राज्यले खोना र बोङ्गामा बनाउने भनेका सबै योजना बने खोना र बोङ्गा इतिहासको पानामा सीमित बस्ती बन्नेछ । सयौँ वर्षदेखि त्यहाँ चल्दै आएको संस्कृति इतिहासको विषय बन्नेछ । संस्कृतिको निर्माण केही मानिसको केही समयको योगदानबाट हुने गर्दैन । संस्कृतिसँग सयौँ वर्षदेखि कैयौँ मानिसको भावना र आस्थासँग जोडिएको हुन्छ । त्यसकारण भौतिक विकासमा अग्रगति लिइरहेका देशहरूले आफ्नो मसिनोभन्दा मसिनो संस्कृतिको संवद्र्धनको लागि धेरै धेरै लगानी गरिरहेका हुन्छन् । विडम्बना ¤ नेपाल सरकार भने जनता स्वयम्ले संवद्र्धन गर्दै आएको संस्कृति विनाश गर्न उद्यत्त छ । मिहिनेती जनताबाट उत्पादनमूलक जमिन खोस्न एकपछि अर्को जालसाझी काम गरिरहेका छन्–शासक दलहरू ।
सोमबार खोना र बोङ्गाका किसानहरूले एकजुट भएर राज्यको दमनको दह«ो प्रतिकार गरे । किसानहरूले आफ्नो जमिनमा धानमात्र रोपेनन्, आफ्नो मौलिक परिचय बनेको सांस्कृतिक बाजागाजासहित उत्सव पनि मनाए । जनताको एकतासामु संसारका मै हुँ भन्ने शासकको समेत नाक भुइँमा पछारिएको छ । नेपाल सरकारले जनताको भावनालाई फेरि पनि लत्याएर वा दबाएर अघि बढ्न सकिन्छ भनी ठान्छ भने इतिहासका धेरै असफल शासकको पाठ नेपालमा फेरि पनि दोहोरिन बेर लाग्नेछैन । खोना र बोङ्गाका किसानहरूको न्यायपूर्ण सङ्घर्षप्रति ऐक्यबद्धता !

One response to “खोना र बोङ्गाका न्यायप्रेमी किसानहरूप्रति ऐक्यबद्धता !”

  1. Nepal Dangol says:

    हाम्रो अन्दोलन जारी छ।
    हामी हाम्रो अस्तितोको लदाइ जित्छौ।
    एक्येबद्द्ता को लागी धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *