भर्खरै :

कोरोनालाई हलुका लिँदाको परिणाम

काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या नचिताएको गतिमा बढिरहेको छ । सोमबारमात्र उपत्यकाका तीन जिल्लामा ५४ जना सङ्क्रमित प्रमाणित भयो । विज्ञहरूले अहिलेकै अवस्थामा कायम रहे उपत्यकामा सङ्क्रमितको सङ्ख्या अझ बढ्ने बताइरहेका छन् । झन्डै तीन महिना लकडाउनपछि निश्चित आर्थिक गतिविधि सञ्चालन गर्न दिने सरकारको निर्णयसँगै उचित सावधानीका विषयमा ध्यान नदिँदा सङ्क्रमितको सङ्ख्या अझ बढ्ने देखिएको छ । मास्क लगाउने, हुलमुल नगर्ने, सामाजिक दुरी कायम गर्नेजस्ता कोरोना महामारीविरुद्ध लड्न पालना गर्नुपर्ने आधारभूत अनुशासन सर्वसाधारणलाई पालना गराउन राज्यका निकायले ध्यान नदिँदा महामारीको अर्को केन्द्र काठमाडौँ उपत्यका बन्ने सम्भावना देखिएको छ ।
लकडाउनको प्रारम्भिक चरणमा काठमाडौँ उपत्यका बाहिर गएका जनतालाई उपत्यकाभित्र आउन नपर्ने र आफ्नो गाउँ ठाउँमै केही समय बस्नसक्ने अवस्था बनाउन राज्यले ध्यान दिन सकेन । एकातिर गाउँघरमै पनि सङ्क्रमण फेला पर्न थाले । अर्कोतिर दैनिक गुजाराको लागि आवश्यक आर्थिक गतिविधि नहुँदा मानिस फेरि पनि अनेक उपाय लगाएर काठमाडौँ उपत्यका भित्रिए । सबै जनता राजधानीमै ओइरिने जनसाङ्ख्यिक बहावमा परिवर्तन गर्ने राज्यलाई यो एउटा मौका थियो । राज्यले यो मौका छोप्न चाहेन । बरु यही बेला सरकारले प्रस्तुत गरेको बजेटमा काठमाडौँ उपत्यकामै जनसङ्ख्या थुपार्ने लक्ष्यसहित कथित स्मार्ट सिटीको अवधारणा समावेश ग¥यो । यसको अर्थ सरकार विकास निर्माणका गतिविधिमा दीर्घकालीन र दिगो योजनासहित अघि बढिरहेको छैन भन्ने बुझिन्छ ।

सरकारले विभिन्न माग राखी सडकमा आउन बाध्य नागरिकलाई यतिबेला सडकमा आउन नपर्ने परिस्थिति बनाउन सकेको देखियो । शासकहरूबाटै यस्ता असुहाउँदो काम भएको देख्दा जनतामा निराशा थपिएको छ । सरकार र शासक दलप्रति जनताको विश्वास तुहिएको छ । त्यसकारण सरकारले कोरोना नियन्त्रणको लागि जारी गरेका सूचना जनताले एक कानबाट सुनेर अर्को कानबाट उडाउने अवस्था बन्यो । जो उदाहरण बन्नुपर्ने हुन्, उनीहरूबाट नै अनुशासन र पदको गरिमा कायम नराखेपछि जनता पनि बेपर्वाह बनेका छन् । सरकारका जिम्मेवार मानिसहरूबाट नै कोरोनाको घातक चरित्रलाई हलुकारूपमा लिने र प्रस्तुत गर्ने गल्ती गरिरहेका छन् । कोरोनाको महामारी अझै पनि नियन्त्रणमा आउन नसक्नुको मूल जड यस्तै अवस्थामा छ ।

सरकारको लागि कोरोनाको महामारी आज तपसिलको विषय बनेको छ । सिङ्गो शासक दल आज कोरोनाको कहरमा भन्दा पार्टीभित्रको अन्तरविरोधमा केन्द्रित बनेको छ । प्रधानमन्त्री स्वयम् युवा र विद्यार्थी कार्यकर्तालाई बोलाएर आफ्नो पक्षमा सडक प्रदर्शन गर्न उक्साइरहेका छन् । मानिसको बढ्दो सम्पर्कले फैलिन सक्ने महामारीभन्दा उनको लागि आफ्नो कुर्सी नै प्यारो भएको देखियो । सरकारले विभिन्न माग राखी सडकमा आउन बाध्य नागरिकलाई यतिबेला सडकमा आउन नपर्ने परिस्थिति बनाउन सकेको देखियो । शासकहरूबाटै यस्ता असुहाउँदो काम भएको देख्दा जनतामा निराशा थपिएको छ । सरकार र शासक दलप्रति जनताको विश्वास तुहिएको छ । त्यसकारण सरकारले कोरोना नियन्त्रणको लागि जारी गरेका सूचना जनताले एक कानबाट सुनेर अर्को कानबाट उडाउने अवस्था बन्यो । जो उदाहरण बन्नुपर्ने हुन्, उनीहरूबाट नै अनुशासन र पदको गरिमा कायम नराखेपछि जनता पनि बेपर्वाह बनेका छन् । सरकारका जिम्मेवार मानिसहरूबाट नै कोरोनाको घातक चरित्रलाई हलुकारूपमा लिने र प्रस्तुत गर्ने गल्ती गरिरहेका छन् । कोरोनाको महामारी अझै पनि नियन्त्रणमा आउन नसक्नुको मूल जड यस्तै अवस्थामा छ ।
कोरोनाको महामारी नियन्त्रण गरेका देशले कम मिहिनेतले यसमाथि विजय प्राप्त गरेका थिएनन् । उनीहरू अझै पनि ढुक्क बस्न सक्ने अवस्थामा छैनन् । नियन्त्रण र रोकथामको लगातार प्रयत्नले नै यो रोगमाथि विजय हासिल गर्न सम्भव हुने देखिन्छ । जुन देशको सरकारले यसप्रति बेवास्ता गरेका छन्, उनीहरू अझै पनि यसको घातक चङ्गुलबाट उम्कन सकेका छैनन् । संरा अमेरिका, भारत, ब्राजिल आज त्यही बेवास्ता र गलत नीतिको शिकार बनेका छन् । नेपाल यो नामावलीमा थपिने देश बन्दै छ । सरकारले कोरोना महामारी नियन्त्रणको लागि लगातार काम गर्ने संयन्त्रको प्रभावकारी परिचालन गर्न सकेन । बरू कोरोना घुम्ने मेचमा बस्ने धेरैका लागि भ्रष्टाचारको सुनको अण्डा दिने पोथी बन्यो । फलतः आज कोरोनाको बोझ अझ बढ्ने देखिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *