स्वस्थ जीवनको आशामा बिहान सबेरै घर वरपरको नयाँ बस्ती टहल्दै थिएँ । उमेरले सानी एक अधबैँशे महिलाले ‘नमस्कार’ गरिन् । उनले मसँग भेट्न खोजेको भनिन् । वडा कार्यालयमा आउनुस् छलफल गरौँला भनेँे । ती महिलाको अनुहार हँसिलो थिएन, दुवै आँखा राता थिए, बोलीमा रोदन मिसिएको थियो । उनले वडामा भन्दा घरमै आएर सल्लाह माग्न चाहेको बताएपछि मैले उनलाई घरमा डाकेँ ।
केही क्षणपछि ती महिला अर्की एक पाको महिलासँगै घरमा आइपुगिन् । मैले दुवैलाई बस्न चकटी दिएँ र आपूm पनि बसेँ । मेरी जहानले तीन कप चिया ल्याइन् । मैले उनलाई पनि सँगै बसेर कुरा सुन्न आग्रह गरेँ ।
“वडाध्यक्षज्यू, म बेसहारा हुने भएँ । मेरो आफ्नो भन्ने कोही भएन । मलाई सहयोग गर्नुप¥यो ।”
घरकी जहानले चिया लिन आग्रह गर्दा पनि चिया नलिइकन तिनले निकै मलिन अनुहार लाउँदै पीडा पोख्न खोजिन् ।
“के भयो ? भन्नुस् न । मैले सहयोग गर्न मिल्नेसम्म गर्छु । आप्mनो कुरा बताउनुस् ।”
“पहिला चिया पिउनुस्, एकछिन आरामसँग स्वास फेर्नुस्, हतार नगर्नुस् दिदी ।” मेरी जहानले मेरो कुरा बीचमा काट्दै सान्त्वनाका शब्द व्यक्त गरिन् । उनी चिया पिउन अनकनाइरहेकी थिइन् तर जहानले निकै कर गरेपछि चियाको घुट्को लिइन् । उनी पीडाले छट्पटिइरहेको उनको भावले प्रस्ट बुभ्mन सकिन्थ्यो ।
मलाई महिलाहरूसँग कुरा गर्न निकै गा¥हो लाग्छ, त्यसमाथि रोएकी महिलालाई सम्झाउन जति गा¥हो अरूलाई हुँदैन मेरो लागि । पुरुषसँग भए जस्तोसुकै अवस्थामा पनि ठट्टा गरिहाल्छु, तर महिलासँग ठट्टा गर्ने आँट छैन । शायद म महिलाको मनोभावना बुझ्न असफल छु । तर, यस मामिलामा मेरो जहान सचेत छिन् । कोसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा उनी मभन्दा अगाडि छिन् ।
त्यसैले जहान अगाडि भएकीले ती महिलालाई आप्mनो पीडा पोख्न सजिलो भएको हुनुपर्छ । उनले बिस्तारै आफ्नो विगत खोतल्न थालिन् ।
“हाम्रो मागी विवाह भएको । त्यतिबेला म भर्खर २२ वर्षकी थिएँ, उहाँ मभन्दा ५ वर्षले जेठो । परिवारको कुरा काट्न सकिनँ, त्यसैले उहाँको पृष्ठभूमिबारे कसैसँग सोधपुछ गर्नै नपाइकन विवाहको प्रस्ताव स्वीकार गरेँ ।”
“विवाहपछि मात्र थाहा पाएँ, उहाँलाई त नशालु लागू पदार्थको अम्मली भएकोले भर्खरै पुनस्र्थापना केन्द्रमा राखेर ल्याइएको रहेछ । मेरो जीवन बर्वाद भयो भन्ने लाग्यो । तथापि, आफ्नै ‘भाग्य’लाई धिक्कार्दै परिस्थितिसँग जुध्नुबाहेक मसँग अर्को उपाय थिएन । उहाँको परिवारले पनि विहेपछि छोरा सुध्रिने आशामा मसँग बिहे गराएका रहेछन्, तर उहाँहरूले आफ्नो छोरो सुधार्न मेरो जीवनमाथि किन खेल्नुभयो भन्ने जस्तो पनि लाग्यो ।”
“उहाँलाई सुधार्न मैले के मात्र गरिनँ र ? अस्पताल चहार्ने, मनोचिकित्सकको परामर्श लिने, औषधी उपचार गर्ने । जति दुःख गर्न परेपनि श्रीमान् सुध्रिए पुग्छ भन्ने लाग्यो ।”
“नशालु पदार्थको अम्मलीबाट छुटकारा दिलाउन अनेकले अनेक सुझाव दिए । कहिले ‘तपोवन’ पठाएँ त कहिले योगमा पठाएँ । माइतितिरको दाजुले वैदेशिक रोजगारीमा पठाए कामकै चापले सुध्रिन्छ कि भनी म्यानपावर कम्पनीमा कुरा गर्नुभयो । काठमाडाँैको एउटा म्यानपावर कम्पनीले दुबईको भिसा दिलायो । बेसहारालाई परालको त्यान्द्रोमा पनि सहारा पाउने आश हुँदोरहेछ ¤ मनले मानिरहेको थिएन तर श्रीमान् सुध्रिने आशमा विदेश पठाउन ऋण पनि लिएँँ ।”
“साँच्चै विरानो देशमा पुगेपछि बाँच्नका लागि भएपनि काम गर्नुपर्छ भन्ने हुँदो हो, उहाँले मेहनत गरेको खबर पाउन थालेँ । म्यासेन्जर, स्काइप, फेसबुकमा हाम्रो कुराकानी भइरहन्थ्यो । उताबाट केही कमाइ पनि पठाउने गर्नुभयो । तर, परिस्थिति यति निष्ठुरी बनिदियो कि उहाँ दुबई पुगेको वर्षदिन पनि नपुग्दै उतातिर कोरोनाको महामारी फैलियो । उहाँको काम सारै गा¥हो र परिश्रम निकै गर्नुपर्ने भनी फोनमा कुराकानीमा सुनाउनुहुन्थ्यो तर उहाँ शारीरिक र मानसिकरूपमा थाकेको कहिल्यै बताउनुभएन । केही दिनअघि ज्वरो बढेको, आलस्यता बढेको र स्वास फेर्न गा¥हो भएको बताउनुभएको थियो । शारीरिक थकाइले त्यसो भएको हुनसक्छ, आराम गर्नु र अस्पतालमा जचाउनु भनी आग्रह गरेकी थिएँ । मेरो आग्रहअनुसार उहाँ अस्पताल पनि जानुभएको रहेछ । अस्पतालमा उपचार हुँदै होला भन्ने लाग्यो तर दुई दिनपछि अचानक उहाँको निधन भएको खबर आयो । कोरोनाकै सङ्क्रमणले उहाँ बित्नुभएको उहाँसँगै काम गर्ने एकजाले बताए ।”
“मैले पत्याउनै सकिनँ । अकस्मात्को विरहपूर्ण खबर मेरो मनले मात्र होइन, शरीरले पनि स्वीकार्न सकेन । त्यसैले करिब ६ घन्टापछि चाल पाउँदा मैले आपूmलाई अस्पतालको बेडमा अर्धबेहोस अवस्थामा पल्टिरहेको र मुखमा अक्सिजनको मास्क लगाइरहेको अवस्थामा पाएँ । आफन्तले मलाई बेहोसी अवस्थामा अस्पताल पु¥याएका रहेछन् ¤”
“कोरोनाको बिरामी भनी उहाँको शव नेपाल ल्याउन दिइएन, उहाँको शव शायद उतैतिर डोजरले खाल्डो खनी गाड्यो कि समुद्रमा फाल्यो, थाहा भएन । अन्तिम समयमा मैले उहाँको अनुहार हेर्न पाइनँ । श्रीमान्को निधनले म विक्षिप्त थिएँ तर यता हाम्रो समाजमा मलाई हेर्ने दृष्टिकोण फरक हुन थाल्यो ।”
“म पतिलाई टोक्ने पत्नी रे ¤ श्रीमान्को शव पनि हेर्न नपाउने अभागी, अलच्छिनी रे ¤ कोरोना सङ्क्रमितकी श्रीमतीले यहाँ पनि कोरोना फैलाउन सक्छे रे ¤ अनेक लान्छनाहरू लगाउन थाले । शव नआएपनि नेपाली परम्पराअनुसार मृत्यु संस्कार गरिरहँदा सासुससुरासँग समवेदना प्रकट गर्न आउने आफन्तहरूले समेत मैले सुन्नेगरी नै भन्न थाले, “श्रीमान्विनाको तरुनी बुहारी जुनै समयमा पनि पोइलो जान सक्छे, होस् गर्नू है ¤”
“पीडाले पोलिरहेको क्षणमा त्यो शब्दवाण तातो झीर बनेर मेरो मुटुमै गडेको थियो । एक्काइसौँ शताब्दीमा पनि नेपाली समाजमा मजस्ता असहाय नारीलाई हेर्ने दृष्टिकोण उही पुरानै पाएँ । मैले पचाउन सक्ने शब्द थिएनन् ती, तथापि परिस्थितिलाई दोष दिँदै सारा पीडा भुल्ने प्रयास गरेँ ।”
खास्टोले मुख छोपी केही बेर रोइन् उनी । यस्तो अवस्थामा मलाई ढाडस दिन आउँदैन । सँगै रहेकी पाको महिलाले उनको टाउकोमा हात राखी धैर्य गर्न आग्रह गरिरहिन् ।
केही समयपछि ती महिलाले आफ्नो अनुभवलाई शब्दमार्फत निरन्तरता दिइन्, “मेरो लागि आप्mनो मान्छे कोही भएन । न पति हुनुहुन्छ, न त सन्तान नै । सासु ससुरासँग जस्तै कठिन परिस्थिति सामना गरेर बस्छु भन्ने लागेको थियो । तर, श्रीमान् बितेको महिना दिन पुगेको छैन, पुख्र्यौली घर र केही भएको जग्गा बेच्न सासुससुरासँग मोलतोल गर्नेहरू घरमा आउन थाले । ती सबै नातामा आफन्त हुन्, तर मप्रति दया र करुणाभावले नभई म केही समयपछि अर्कै लोग्नेमान्छेसँग गएँभने सम्पत्ति भाग साथमा लिएर जान्छे भनेर सम्पत्ति जोगाउने ‘काइदा’ सिकाउन सासु ससुराको कान फुक्न आएका थिए ।”
“मैले यतिकै कसैलाई आरोप लगाइरहेकी छैन वडाध्यक्षज्यू, भान्छामा चिया पकाइरहँदा मैले सुन्नेगरी नै कुरा गरिरहेका थिए । अब म के गरूँ वडाध्यक्ष ज्यू ?” सँगै बसिरहेकी महिलाको काखमा घोप्टो पर्दै उनी रुन थालिन् ।
ती महिलाको कुरा सुनेर म अवाक् भएँ । विदेशमा श्रीमान्ले रातदिन पसिना बगाएर जम्मा गरेको रकम स्वदेशमा श्रीमतीले जुवा खेलेर सिध्याएको, श्रीमान् स्वदेश फर्किंदा श्रीमती अर्कैसँग गएको हल्ला र समाचारहरू सुनिरहेको थिएँ । यहाँ त सा¥है फरक घटना सुनिरहेको छु । मसँग उनलाई सान्त्वना दिने कुनै शब्द थिएन ।
घरकी जहानले स्थिति सम्हाल्ने प्रयास गर्दै भनिन्, “कहाँ हुन्छ र ? महिलामाथि शोषण गर्न पाइन्छ ? कानुन छैन यहाँ ?”
“त्यही सल्लाह माग्न आएकी हुँ हजुर ¤”
“कानुन त छ बहिनी । श्रीमान् बितेपछि श्रीमतीले पैत्रिक सम्पत्तिमा अंश पाउने अधिकार अहिलेको देवानी संहिताले दिएको छ । तर, साँच्चै अन्त बिहे गरी गयौ भने त सम्पत्ति फिर्ता गर्नुपर्ने हुन्छ नि ¤” मैले यति मात्र के भनेको थिएँ, घरकी जहानले मतिर ठूला आँखा गर्दै मधुरो स्वरमा भनिन्, “छि, तपाईँ जनप्रतिनिधि भएर पनि के बोल्नुभएको ?”
“बुहारी अन्तै जाली भनेर अहिले नै बेघरबार गर्नु अन्याय हो । पतिको सहाराबाट विमुख हुनुपरेको घाउ आलै छ, त्यसमाथि अन्तिम सहारा मानेको आप्mनो मान्छेले घरबाट निकाल्ने षड्यन्त्र गर्दा कति दुख्यो होला पीडितको मन ? राजतन्त्र हुँदैन भनेर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्यायौँ । नयाँ संविधानमा लैङ्गिक समानताको कुरा लेख्ने, सभा गोष्ठीमा महिला हिंसाको विरोधमा चर्का कुरा गर्ने, अनि सामाजिक संस्कार भन्दै महिलामाथि शोषण गर्ने, यो कहाँको न्याय हो ? केटा मान्छेले श्रीमती घरमा छँदै अर्की ल्याउन हुने, अनि असहाय केटी मान्छेले सहारा खोज्न नपाउने ? सहारा खोज्ने क्रममा अर्कोसँग विहे गर्दा छिः छिः र दुरदुर गर्ने ?”
आफ्नै जहानले आक्रोशपूर्ण भावना पोख्न थालेपछि म सम्हालिएँ । विस्तारै ती महिलालाई सम्झाउने प्रयास गरेँ, “उपाय छ बहिनी । पैत्रिक सम्पत्तिको हकवाला तिमी पनि हौ । तिम्रो पनि सम्पत्तिमा हक लाग्छ । त्यसैले तिमीले सप्रमाण वडा कार्यालयमा पैत्रिक सम्पत्ति बेचविखनविरुद्ध रोक्काको लागि अनुरोधपत्र लेख्न सक्छ्यौ । तिम्रो निवेदनको आधारमा मैले वडा कार्यालयबाट मालपोत कार्यालयमा रोक्का सिफारिस बनाउँला । वडाबाट रोक्का सिफारिस गएपछि तिनीहरूले पैत्रिक सम्पत्ति बेच्न सक्दैनन् । त्यसपछि म टोलवासीहरूको भेला डाकेर तिम्रो हक कायम गराउने प्रयास गर्नेछु ।”
“यो सम्भव छ र वडाध्यक्षज्यू ?”
“किन छैन ? कानुनी सङ्घर्ष पनि चल्दै गर्छ, समाजका अगुवामार्फत पनि तिम्रो हक दिलाउने प्रयत्न जारी रहन्छ । हाम्रो समाज त्यति स्वार्थी बनिसकेको छैन । सामाजिक र राजनैतिक अगुवाहरूले निश्चय पनि तिम्रो पक्ष लिनेछन् ।”
कनिकुथी मैले यतिमात्र बोल्न जानेँ । तर, यति शब्दले पनि शायद ती महिलालाई ठूलो ढाडस मिलेको हुनुपर्छ । उनको अनुहार केही उज्यालो देखिन थाल्यो । उनी कार्यालय समयमा वडा कार्यालयमा निवेदनसहित आउने वाचा गर्दै बिदा भइन् ।
जनप्रतिनिधि भएपछि सम्हालिएर बोल्नुपर्दो रहेछ, सन्तुलित व्यवहार गर्न थोरै मात्र चुकेको खण्डमा त्यसको घातक दुष्परिणाम आउने खतरा हुँदो रहेछ । मैले पनि यस प्रसङ्गबाट ठूलै पाठ सिकेँ ।

रसिक image
रसिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *