भर्खरै :

शुल्क नउठाउन नेक्राविसङ्घको आग्रह

 काठमाडौँ, २४ असार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले पठनपाठन नगरी शुल्क नउठाउन निजी विद्यालयहरूलाई आग्रह गरेको छ । बुधबार सङ्घका अध्यक्ष सविन ख्याजूले जारी गर्नुभएको वक्तव्यमा निजी तथा कलेजका शिक्षक र कर्मचारीहरूको पारिश्रमिकको लागि सरकारले क्षतिपूर्ति दिनुपर्ने आग्रह गरेको उल्लेख छ ।
वक्तव्यमा नेकपा सरकारले आव २०७७÷७८ को लागि प्रस्तुत बजेटमा सामुदायिक विद्यालयहरूको भौतिक सुधारको जिम्मा निजी विद्यालयहरूलाई दिने कार्यक्रम पूर्णतः नवउदारवादी आर्थिक कार्यक्रम भएको उल्लेख छ । “सरकारले शिक्षामा थोरै बजेट विनियोजन गर्ने र विद्यार्थीहरूलाई शिक्षाको अवसरबाट टाढा राख्ने सरकारको पञ्चायती शैलीको यो सङ्घ विरोध गर्दछ”, वक्तव्यमा भनिएको छ ।
“अनलाइन कक्षाको लागि सम्पूर्ण विद्यार्थीहरूलाई इन्टरनेट प्रविधिको सेवा सजिलै उपभोग पाउने गरी व्यवस्था गर्न नेक्राविसङ्घ नेपाल सरकारसँग जोडदार माग गर्दछ । गरिब विद्यार्थी अनलाइन कक्षाबाट वञ्चित हुनुपर्ने वर्तमान अवस्था पनि अन्त्य हुनुपर्दछ”, नेक्राविसङ्घको वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *