अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
भारतीय सञ्चारमाध्यम अमर्यादित र अतिरञ्जनापूर्ण पत्रकारिताको कारण बदनाम छन् । सानो विषयलाई पनि निकै ठुलो र अतिरञ्जनापूर्ण देखाउने, हुँदै नभएको कुरालाई मनोगत व्याख्या गरेर प्रस्तुत गर्ने र भद्दा भाषाशैलीको कारण भारतीय सञ्चारमाध्यमलाई भारतीय जनतासमेत पत्याइहाल्दैनन् । तर, कति भारतीय जनता भने यस्तै प्रचारबाजीको लहैलहैमा लागेर गलत समझदारी पनि बनाउने गर्छन् । यो साता भारतका केही सञ्चारमाध्यमले नेपाल र चीन सम्बन्धबारे प्रसारण गरेका सामग्री निन्दा गर्न योग्य छन् । उनीहरूले नेपालका प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतको लागि प्रयोग गरेका अशिष्ट शब्दले भारतीय सञ्चारमाध्यम गिरेको स्तर उजागर गरेको छ ।
भारतले जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेको विरोधमा नेपाली जनताले तीखो विरोध गरे । त्यही अतिक्रमित भूमिमा भारतले सडक निर्माण गर्दा नेपालीहरूले उक्त भारतीय कदमको निन्दा गरे । नेपाली जनताको दबाबपछि नेपाल सरकार अतिक्रमित भूमिसहितको नेपालको नक्सा सार्वजनिक गर्न बाध्य भयो । संसद्ले एकमतले सो नक्सा अनुमोदन ग¥यो । आफ्नो भूमिसहित देशको नक्सा जारी गर्नु संसारका सबै देशका सरकारको दायित्व हो । त्यसो गर्न कुनै पनि अरू देशको ‘उक्साहट’को आवश्यकता पर्दैन । तर, नेपालको यो कदमलाई भारतीय सञ्चारमाध्यमले अतिरञ्जनापूर्वक प्रचार गरे । उनीहरूले ‘चीनको उक्साहट’ मा यो कदम चालिएको भनी गलत प्रचार गरे ।
यतिबेला सत्तारूढ नेकपाका नेताहरूबीच चर्को विवाद चालू छ । कोरोनाको महामारी बढिरहेको सन्दर्भमा शासकहरूको झगडा अशोभनीय छ । तथापि, नेकपाभित्रको विवाद उनीहरूको आन्तरिक विषय हो । यसको समाधान पनि उनीहरूले नै गर्नुपर्छ । यो विवादलाई लिएर नेपालमा खटिएका चीनका कूटनीतिक प्रतिनिधिका विषयमा निकै तल गिरेर अशिष्ट प्रचारबाजी गर्नुले भारतीय सञ्चारमाध्यमको विश्वसनीयता खस्काएको छ ।
सूचनाको आजको युगमा मानिसको दृष्टिकोण निर्माणमा सञ्चारमाध्यमको भूमिका निकै बढेको छ । सञ्चारमाध्यमका समाचार र दृष्टिकोणलाई नै आधार बनाएर मानिसले कुनै पनि घटना र वस्तुप्रति आफ्नो धारणा बनाउने गर्छन् । त्यसकारण, सञ्चारमाध्यमले जिम्मेवारीपूर्ण सूचना सम्प्रेषण गर्न जरुरी छ । तर, भारतीय सञ्चारमाध्यमको शैली भने न्यूनतम नैतिकता पनि पालना गर्न अक्षम देखियो । उनीहरूले मानिसमा गलत र घातक दृष्टिकोण निर्माण गर्न टेवा पु¥याइरहेका छन् । संसारलाई कुन दिशामा लाने भन्ने कुरामा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने कुरा हामी इतिहासबाट सिक्न सक्छौँ । सञ्चारमाध्यमको सही विश्लेषणले द्वन्द्वरत पक्षलाई समेत वार्ता र संवादमार्फत समाधानको दिशातिर डो¥याउने गरेका धेरै दृष्टान्त छन् । त्यसकारण सञ्चारमाध्यमले खेल्ने भूमिका उत्तरदायीपूर्ण हुनुपर्छ ।
भारतीय सञ्चारमाध्यमको हचुवा, अतिरञ्जनापूर्ण र गलत प्रचारबाजीले अन्ततः उसलाई दक्षिण एसिया र संसारमै अलग बनाउन भूमिका खेल्न सक्छ । हरेक देशको सार्वभौमिकता र स्वतन्त्रताको उचित सम्मान गर्दै सञ्चारमाध्यमले सूचना सम्प्रेषण गर्नु बुद्धिमानी हुनेछ । नेपाल र नेपालको अरू कुनै पनि देशसँगको सम्बन्धबारे भारतीय सञ्चारमाध्यमले यस्ता झूटा र अतिरञ्जनापूर्ण समाचार सम्प्रेषण गर्दा त्यसले भारत र भारतीय सञ्चारमाध्यमको छविमा पार्ने नकारात्मक प्रभावबारे विचार गर्नु उपयुक्त हुनेछ ।
Leave a Reply