सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
काठमाडौँ, २५ असार । भारत र चीनका सीमा सुरक्षा बलबीच जून महिनामा झडप भएको गलवन क्षेत्रबाट दुवै पक्ष १ देखि १.५ किलोमिटर पछि हट्ने दुवै देशका सैनिक कमान्डरबीच भएको सहमतिअनुसार चिनियाँ सशस्त्र बल पछि हटेको छ । बिहीबार चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार भेटघाटमा मन्त्रालयका प्रवक्ता चाओ लिचियानले सो कुरा जानकारी दिनुभएको हो ।
सो क्षेत्रमा सम्झौताको कार्यान्वयनबारे दुवै पक्षबाट संयुक्त अनुगमन हुने कुनै पद्धति तय भए नभएको विषयमा पत्रकारहरूले राखेको जिज्ञासाबारे बोल्दै प्रवक्ता चाओले त्यस्तो कुनै सहमति नभए पनि चिनियाँ र भारतीय पक्षबीच व्यवहारिक पहलबाट द्विपक्षीय सहमतिको कार्यान्वयन गरिने बताउनुभयो । दुई देशको साझा पहलले पछिल्लो समय बढेको तनाव हल हुने आशा व्यक्त गरिएको छ ।
आइतबार दुई देशका विदेशमन्त्रीहरूबीच भएको फोनवार्तापछि चीन र भारतबीचको सम्बन्ध सकारात्मक दिशातिर अघि बढ्ने सङ्केत देखिएको छ । फोनवार्तामा दुवै देशका मन्त्रीबीच सीमा विवादबारे खुलेर आपसी विचार आदानप्रदान भएको थियो ।
दुई देशबीच नसुल्झिएका विवाद आगामी दिनमा हुने कमान्डर तहको वार्ता र चीन–भारत सीमा मामिला परामर्श र समन्वय कार्यदलले गर्ने चिनियाँ पक्षले बताएको छ ।
चीन र भारतबीच गलवन उपत्यकामा भएको सैनिक झडपलाई लिएर भारतमा केही अति राष्ट्रवादी शक्तिहरूले चिनियाँ सामान बहिष्कार अभियान चलाएका छन् । भारत सरकारले चीनका झन्डै ६० वटा एपमाथि प्रतिबन्ध लगाएको छ । भारतका सञ्चारमाध्यमले गलवनको झडपलाई अतिरञ्जनापूर्वक प्रचार गरी विवादलाई अझै उत्कर्षमा पु¥याउन भूमिका खेलेका थिए ।
जून १९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठकमा चिनियाँ पक्ष भारतीय भूमिमा प्रवेश नगरेको बताउनुभएको थियो । तथापि भारतमा बढ्दो अन्धराष्ट्रवादी दबाबका कारण मोदी लद्दाखको ले क्षेत्रमा पुगेर चीनलाई लक्षित गरी ‘विस्तारवादी’ भनी बोल्नुभएको थियो । तथापि चिनियाँ पक्ष भने भारतसँगको द्वन्द्वलाई लिएर संयमितरूपमा प्रस्तुत भएको छ । चीनले हालसम्म गलवन उपत्यकामा आफ्नोतिर भएको क्षतिबारे कुनै जानकारी सार्वजनिक गरेको छैन । तनाव अझ नबढोस् भनी चीनले सो तथ्याङ्क सार्वजनिक नगरेको बताएको छ ।
Leave a Reply