भर्खरै :

थप १०८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ असार । नेपालमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ५३१ पुगेको छ ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ५८८ जनाको पीसीआर नमुना परीक्षण भएको छ । हाल क्वारेन्टिनमा २४ हजार ८२५ जना र आइसोलेसनमा आठ हजार ६०५ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १४९ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या सात हजार ८९१ रहेको उहाँले बताउनुभयो ।
प्रवक्ता गौतमले सङ्क्रमितको सङ्ख्या कम भए पनि हेलचक्य्राइँ बढेकोले स्थिति भयावह हुनसक्ने भन्दै यसप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *