भर्खरै :

स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री ‘ख्वपको पहिचान’ का लेखकहरूसँग छलफल

भक्तपुर, २५ असार । भक्तपुर नगरपालिकामा भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री ‘ख्वपको पहिचान’ का लेखकहरूसँग बिहीबार छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्र सञ्चालित ९२ वटा सामुदायिक र संस्थागत विद्यालयमा एकैसाथ लागू हुने गरी स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको र पाठ्यक्रमलाई सहजीकरण गर्ने उद्देश्यले भनपाले सन्दर्भ सामग्रीको प्रकाशन गरेको जानकारी दिनुभयो ।
‘ख्वपको पहिचान’ पुस्तकमा अमूल्य लेखहरू उपलब्ध गराइदिएकोमा धन्यवादज्ञापन गर्नुहुँदै उहाँले भक्तपुर जिल्लाको अध्ययन र अनुसन्धान गर्ने विद्यार्थी, शिक्षक, पत्रकार र अन्य अनुसन्धानकर्ताहरूको लागि यो पुस्तक पठनीय हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी लेखकहरूले ‘ख्वपको पहिचान’ पुस्तकमाथि रचनात्मक सुझावहरू प्रस्तुत गर्नुभयो । उहाँहरूले पुस्तकमा समावेश लेखहरू भक्तपुरको पहिचान झल्काउने खालको भएको, हरेक लेखलाई विज्ञानसँग जोड्नुपर्ने, मुद्राराक्षसमा भएका त्रुटीहरूलाई आगामी दिनमा परिष्कृत गर्दै लानुपर्ने, लेखसँग सम्बन्धित तस्वीरहरू राखिनु उचित हुनेलगायतका सुझावहरू दिनुभयो ।
‘ख्वपको पहिचान’ सन्दर्भ सामग्री भाग १ को असार २३ गते सार्वजनिकीकरण गरिएको थियो । स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले दोस्रो भाग पनि छिट्टै तयारी गर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *