भर्खरै :

विरोध प्रदर्शन गर्न नपाउने कानुनविरुद्ध ग्रीसमा प्रदर्शन

एथेन्स, ११ जुलाई । ग्रीसको संसदले गत बिहीबार विपक्षी राजनीतिक दल र मजदुर सङ्गठनहरूको चर्को विरोधबीच जुलुस तथा प्रदर्शनमाथि नियन्त्रण गर्ने विधेयक पारित गरेको छ ।
जम्मा २८८ जना सांसद रहेको संसदमा विधेयकमाथि भएको मतदानमा १८७ जनाले पक्षमा मतदान गरेका थिए । १०१ जनाले विधेयकको विपक्षमा मतदान गरेका थिए । मतदानको सबै प्रक्रिया टेलिभिजन च्यानलहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
पारित विधेयकले स्थानीय प्रमुख प्रशासकलाई सार्वजनिक सुरक्षा खतरामा रहेको अनुभव भए प्रदर्शनहरूमाथि प्रतिबन्ध लगाउन सक्ने अधिकार प्रदान गरिएको छ ।
बिहीबार सो विधेयकको विरोधमा तीन अलग अलग विरोध प्रदर्शनहरू भए । वामपन्थी सिरिजा पार्टी, सरकारी कर्मचारीहरूको छाता सङ्गठन एडेडी र ग्रीसेली कम्युनिस्ट पार्टी सम्बद्ध मजदुर सङ्गठनहरूले अलग अलग विरोध प्रदर्शनको आयोजना गरेका थिए । प्रदर्शनमा झन्डै दस हजार मानिस सहभागी रहेको बताइएको छ ।
प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *