भर्खरै :

‘विकास’ ले निम्त्याएको विपत्ति

पछिल्लो समयमा नेपालमा विकाससम्बन्धी बहस अझ विस्तार भइरहेको छ । कुनै बेला बाटोघाटो, भवन, पुलपुलेसा, बाँध आदि बन्नुलाई नै विकासको मानक मानिन्थ्यो । ठुलाठुला सहर र अग्ला भवन हुनु नै विकास हुनु मानिन्थ्यो । जति धेरै गाडी, त्यत्ति धेरै विकास । जति धेरै चौडा सडक, त्यत्ति धेरै समृद्धि । जति धेरै सिमेन्टका धरोहर, त्यत्ति धेरै प्रगति । तर, मानिसको अनुभवले आज त्यो परिभाषालाई चुनौती दिएको छ । ठुलाठुला भौतिक निर्माण नै विकासको पर्यायवाची नहुने कुरामा आज संसारका सचेत मानिस एकमत छन् ।
‘विकास गर्न’ मानिसले प्रकृतिको अचाक्ली दोहन गरे । विकास र समृद्धिको लागि प्रकृतिमाथिको दोहनलाई जायज ठह¥याइयो । मानिसले सभ्यताको नाममा आफूलाई प्रकृतिबाट अलग बनाए । मानिसले आफूलाई प्रकृतिभन्दा माथि र अब्बल सोचे । आफ्नो स्वार्थ सिद्ध गर्न प्रकृतिमाथि जति अत्याचार गरे पनि अन्यथा नहुने सोच मानिसमा हाबी भयो । तर, मानिसको त्यो सोचाइ गलत थियो । त्यो मानिसकै लागि आत्मघाती प्रमाणित भयो । प्रकृतिको अत्याधिक दोहनको परिणाम मानिसले नचिताएका समस्याहरू भोग्नुप¥यो । प्रकृतिको पनि सीमितता हुन्छ । मानिसले विकास र समृद्धिको नाममा त्यो सीमा नाघ्दा मानव समुदायलाई नै हानि हुने वास्तविकता मानिसको अनुभवले देखायो । मानिसले आफूलाई पृथ्वीको सबभन्दा विवेकशील प्राणी घोषणा ग¥यो र त्यही दम्भमा प्रकृतिका अन्य पशु र प्राणीको हिस्सा खोस्न थाल्यो । मानिसले आज त्यसको परिणाम कुनै न कुनै रूपमा भोगिरहनु परेकै छ ।

विकास निर्माणका यस्ता कामसँग राज्य प्रत्यक्षरूपमा सम्बन्धित र जिम्मेवार हुन्छ । राज्यले विकासको सही र अनुकूल परिभाषा दिन सकेको भए विकासको नाममा मनपरी हुने थिएन । तर, आज नेपालका शासकहरू देशलाई कस्तो विकासको बाटोमा डो¥याउने भन्नेमा स्पष्ट छैनन् । उनीहरूसँग विकासको दूरदृष्टि देखिएन । अल्पकालीन र अर्को चुनावसम्मको लागि मात्र सोच्ने शासक वर्गको तरिकाकै कारण आज नेपाली जनता अनपेक्षित विपत्ति भोग्न बाध्य छन् । सरकार भने त्यस्ता विपत्तिलाई प्राकृतिक भन्दै दोषमुक्त बन्न खोजिरहेको छ ।

नेपालका पहाडी क्षेत्रमा आजभोलि विकासका नाममा मनपरी बनाइएका सडक र भौतिक निर्माणको कारण हरेक वर्ष विशेषतः वर्षायाममा हामी विभिन्न विपत्तिका समाचार सुन्छौँ । गाउँ–गाउँमा बाटो पु¥याउने नाममा डोजर चालकको भरमा बाटो काटिँदा वर्षायाममा त्यस्ता बाटो कामै नलाग्ने मात्र होइन, पहिरो खसेर गाउँ नै पुरिएका छन् ।
कुनै पनि भौतिक निर्माण गर्दा वातावरणीय प्रभावबारे अध्ययन गर्नुपर्ने कानुनी प्रावधान देखाउने दाँतमा सीमित छ । चुनाव जित्न अनेक सम्भव–असम्भव आश्वासन दिएका जनप्रतिनिधिहरूले व्यवस्थित प्राविधिक अध्ययन नगरी खल्तीबाट पैसा बाँडेजस्तै त्यस्ता निर्माण कार्य गर्दा समयान्तरमा जनता अनेक थरी समस्या सामना गर्न बाध्य छन् । बाढी पहिरोलाई सामान्यतः प्राकृतिक विपत्ति भनिएको छ । तर, खासमा मानिसकै कारण त्यस्ता विपत्ति आइलाग्ने गरेको छ । त्यसकारण बाढी पहिरोको निम्ति प्रकृतिमात्र दोषी होइन, मानिस पनि समान दोषी हो ।
हिजोको नेपाली समाज प्रकृतिसँग बढी गाँसिएको थियो । प्रकृतिमाथिको निर्भरता बढी थियो । त्यसकारण त्यत्तिबेलाको संस्कृति पनि प्रकृतिमा आधारित थियो । आज आधुनिकताको नाममा त्यस्ता सभ्यतालाई म्हास्न काम भइरहेको छ । सहरीकरणको नाममा पुराना सभ्यतालाई म्हास्ने आत्मघाती कामले अन्ततः सामुदायिक जीवनमा नकारात्मक असर पार्ने गर्छ ।
विकास निर्माणका यस्ता कामसँग राज्य प्रत्यक्षरूपमा सम्बन्धित र जिम्मेवार हुन्छ । राज्यले विकासको सही र अनुकूल परिभाषा दिन सकेको भए विकासको नाममा मनपरी हुने थिएन । तर, आज नेपालका शासकहरू देशलाई कस्तो विकासको बाटोमा डो¥याउने भन्नेमा स्पष्ट छैनन् । उनीहरूसँग विकासको दूरदृष्टि देखिएन । अल्पकालीन र अर्को चुनावसम्मको लागि मात्र सोच्ने शासक वर्गको तरिकाकै कारण आज नेपाली जनता अनपेक्षित विपत्ति भोग्न बाध्य छन् । सरकार भने त्यस्ता विपत्तिलाई प्राकृतिक भन्दै दोषमुक्त बन्न खोजिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *