सर्वोच्चका ४ न्यायाधीशविरुद्ध महाअभियोगको चर्चा
- श्रावण ११, २०८३
पानी र मान्छे । वास्तवमा मान्छे पानी हो । मान्छेको शरीरमा ६० प्रतिशतभन्दा बढी पानी हुन्छ रे ! त्यति पानी नभई मान्छे बाँच्दैन रे ¤ तर, त्यही पानी सारै धेरै भएपछि मान्छे मर्दो पनि रहेछ । नेपालमा जब बर्खा लाग्छ बर्सेनि धेरै मान्छे मर्छन् । धेरै पानी आएर होइन बाढीले बगाएर, पहिरोमा पुरिएर अकालमा मर्छन्, बेपत्ता हुन्छन् । तसर्थ बर्खा आयो कतिका लागि काल आयो हुने गरेको छ । त्यसो त नेपाल पानीप्रधान देश हो । नदी–खोला नै ६ हजारभन्दा बढी छन् । फेरि वर्षदिनभरिमा जति मिलिमिटर पानी पर्छ त्यसको अत्यधिक प्रतिशत यही बर्खाको दुई महिनामा पर्छ । त्यसैले नेपालमा बर्खा प्रतिकूलता लिएर आउँछ । यही वर्षदिनभरमा आउने बर्खाको पानी प्रतिमहिना बराबर आए नेपाल अर्कै हुन्थ्यो, बालीनाली उत्पादन, जनताको जीवनशैली पनि अर्कै हुन्थ्यो । तर, त्यसो हुँदैन । धेरै प्रतिशत पानी बर्खामा थोरै दिनभित्र पर्ने हुँदा यो बाढी–पहिरो आपत्–विपत् परेको हो । तर, यसको साँचो मान्छेसित छैन, प्रकृतिसित छ । यो परिस्थिति खप्नैपर्छ मान्छेले । अरू पहुँचभन्दा बाहिर छ, पर छ, धेरै नै पर छ । प्रकृति र प्राणीबीचको सङ्घर्ष अनादिकालदेखि नै हो र यो अनन्त कालसम्म नै रहन्छ । प्रकृति भनेको प्रकृति नै हो । प्रकृति मान्छेले बनाएको होइन, बरू प्रकृतिले मान्छे बनाएको हो । प्रकृति र प्राणीको रहस्य बुझौँ, मुद्दा टुङ्गिन्छ ।
पानी कति रहस्यमय !
यसरी पानी वा अन्य आवश्यक जीवतत्व सबै सन्तुलित मात्रामा हुनुपर्नेरहेछ । यसरी समग्रमा भन्दा सन्तुलन नै संसार हो, सृष्टि हो र हो सबैथोक । तर, नेपाल धेरै वटा पारिस्थितिक प्रणाली भएको सानो मुलुक हो । यो सानो–ठुलोको विभाजन राजनीतिक सीमाका आधारमा गर्ने गरिन्छ । यो बेलाबखत परिवर्तन भइरहन्छ । राजनीतिक सीमा अपरिवत्र्य होइन । हाम्रो नेपाल सुगौली सन्धि अघि विशाल थियो । सो सन्धि र त्यसपछिका उपसन्धिहरूका अनुसार केही वर्षमा फरक क्षेत्रफल हुन्छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमणपछि हाम्रो भूमिमा हेरफेर भइरहेको छ । संविधान र कानुनअनुसार एकथरी छ, भोगचलनअनुसार अर्कैथरी छ । यो भो अचल कुरा । अब पानी अर्कै प्रकृतिको र स्वभावको जिनिश भो । पानी तरल र चञ्चले वस्तु हो । महासागरमा पसेपछिमात्र पानी स्थिर भएको देखिन्छ । त्यहाँबाट हावा र सूर्यकिरणले अन्तरिक्षमा लैजान्छ, बादलमा रूपान्तरण भई वर्षाको रूपमा फेरि पृथ्वीमा आउँछ । फेरि माथि, फेरि वर्षा, फेरि पानी, यो चक्र घुमिरहन्छ । हामी कहिले बाढी र पहिरोको पिरलोको रूपमा व्यहोर्छौँ । त्यसलाई माथि भनिएझैँ बुझे झञ्झट नहोला । अन्यथा, प्रकृतिका उपहार यी वस्तुले मान्छेलाई पागल नै बनाउनेरहेछ ।
प्रश्न ठाडो र कडा !
आजको पानीको प्रसङ्ग वर्षाद्, बाढी र पहिरोको हो । जिल्ला–जिल्लामा बाढी र पहिरोबाट धेरै मान्छे मरिसके । दर्जनौँ मान्छे बेपत्ता छन् पहाडतिर । उता तराईतिर गाउँका गाउँ डुबानमा छन् । हाम्रा पहाडका कतिवटा पुल बगाए । कति ठाउँमा खोला–नदीले पुल छोडेर अन्यत्रैबाट बगिरहेको देखिन्छ । खोलाले, नदीले पुल छोडे । यो सबै पुल बनाउँदा अध्ययन नगरी बनाएको परिणाम हो । बल्लबल्ल निर्माण भएका पुल भत्कनु वा नदीले पुल छोडेर बग्नु कच्चा इन्जिनियरिङ हो भन्दा गार्फल नपर्ला । मान्छेले खोला मिचेर, नदी मिचेर वासस्थान बनाएर बस्नेतिर लोभ ग¥यो । नदीमाथि के–के बनाएर चाउचाउ, चिया, चाउमिन बेचेर बढी मुनाफा लिएर साना व्यापार गर्न लाग्यो । सुनकोसीजस्ता नदीमाथि छप्पड हाल्यो । त्यही नदीका माछा समात्यो, बेच्यो, कमाउ गर्नेतिर लाग्यो । खोलो, नदी, जमिनको टुक्राको माया गर्न छोड्यो, मर्यादा गर्न छोड्यो । अझ सिमेन्ट आएपछि त पानीको प्रवाह नै रोक्न लाग्यो । यी जब बर्खा लाग्यो । त्यस्ता मिचाहा मान्छेले बाउको बिहे देख्न लागे । सुनकोसी, भोटेकोसीहरूले त्यस्ता जबरजस्ती गरी बनाएका किनाराका संरचना बगाएको यो पहिलोपल्ट होइन । पहिलेका केही मान्छे बगे । फेरि नयाँ मान्छे आए, बसे । स–साना पसल चलाए, खाए । यी यसपाला पनि केही बगे । केही मरे, केही भने बाँचे । यो विपद् र मान्छेबीचको सङ्घर्ष कहिलेसम्म चल्छ ? प्रश्न ठाडो र कडा छ ।
ठ्याक्कै मिलेको लोकोक्ति ?
दोष कसको ? खोलाको, नदीको कि त्यस्तो नदी खोलोका लालपुर्जा भएको नदी किनारामा जबरजस्ती आवास बनाएर बस्ने अतिक्रमणकारीहरूको ? यस्तोमा प्रशासनको समयमा दृष्टि वा ध्यान नपुगेको पक्कै हो । यस्ता खतरावाला ठाउँमा बस्न हुँदै हुँदैन भनी प्रारम्भमै किन नहटाएको ? यस्ता प्रश्न वर्षाैँदेखि सरोकारवालाले उठाएका पनि हुन् । तर, सुन्नेले नसुनेपछि र गर्नेले नगरिदिएपछि हुने परिणामतः यस्तै विनाश र हानी नोक्सानी न हो । साँच्चै यसपाला त वर्षात् सुरू भएसँगै विपद् पनि सुरू भइहाल्यो । फेरि गाउँ–गाउँमा सिंहदरबार लैजाने नाराले स्थानीय तहका सरकारहरूको गाउँ–गाउँमा मोटर गुडाउने प्रतिस्पर्धाले पहाडका गाउँमा विनाश निम्त्यायो । पालिका प्रमुख, उपप्रमुख र वडाका निर्वाचित वडा प्रतिनिधिहरूको डोजर, लोडर, एक्जाभेटरको माध्यमबाट पैसो सोहोर्ने प्रवृत्ति, अर्को प्रकृति खलबल्याउने काम ग¥यो । यसरी विगत वर्षहरूमा पल्लो साउन–भदौमा आउने विपत्ति यो वर्ष पल्लो असारमै आयो । आज एकातिर कोरोनाको प्रताडना छ, सलहको आक्रमण अर्कोतिर र बाढी–पहिरोको निर्मम प्रहार अर्कोतिर हुँदा मान्छेले त लामो श्वास फेर्न नै पाएन । ‘विपत्ति आउँदा एक्लै आउँदैन बथानै लिएर आउँछ’ भन्ने लोकोक्ति ठ्याक्कै मिलेर आएको छ । सरोकारवालाहरू होशियार होऊ !
सिहदरबारले गाउँ हेर्न छोड्यो
टेलिभिजनमा देखाएको थियो कताको हो पहिरो । साँच्चै त्यो हेर्दा त कथा पुराणमा उल्लेख भएको प्रलयजस्तै लाग्यो । कति धेरै माथिबाट ठुल्ठुला ढुङ्गा, माटो, रूख झरेको झ¥यै ¤ कसरी बाँच्नु त्यस्तोमा मान्छे । तैपनि मान्छेहरू छेउ–भित्ता लागेर हेर्दै थिए । तल जग नदीको छालले काट्दै थियो मान्छेहरू त्यो भयावह दृश्य हेर्दै थिए । कति जना उभिएको ठाउँ नै झरेर नदीमा खसे । नदीले प्रेम गर्दै, अङ्कमाल गर्दै लग्यो र आफैमा मिलायो । यस्तो भयावह दृश्य यहाँ कोठामा बसेर टेलिभिजन हेर्दा मलाई डर लाग्यो । तर, स्थानीय कति मान्छे झन् छेउछेउमा गई हेर्दै थिए । त्यो खसेको पहिरो म टीभीमा हेर्दै थिएँ । तैपनि डर लागिरहेको थियो । तर, ती मान्छे निर्भिकतासाथ हेरिरहेका थिए । यता सप्तकोसीमा यति ठुलो बाढी आयो । कोसीको माझमा अवस्थित श्रीलङ्का टापु डुब्ने खतरा छ । भारतले एकपक्षीयरूपमा कोसीको प्रवल प्रवाह नेपालतिर फर्कने गरी स्परहरू बनाएर मित्रताको हात फैलाइरहेछ । कमला नदीको खतरा आफ्नै ठाउँमा छ । सप्तरीमा खाँडो खोला बौलाएर आएको छ । तिलाठीको कथाका दृश्यमात्रै नयाँ हुन् समस्या पुरानै हो । समयमा सरकार र सरोकारवाला तात्दैनन् । सिंहदरवार गाउँ जाँदैन । अब गणतन्त्र भएपछि त सिंहदरबार गाउँ हेर्न पनि चाहँदैन । परिणाम हो आजको डुबान र श्रीलङ्का टापु डुब्ने खतरा । यता भारत सरकारको नेपालप्रतिको मित्रताको परिभाषा र व्यवहार आजसम्मको भाष्य र परिभाषासँग मेल खाँदैन । अब त झन्डै झन्डै बोलचाल पनि बन्द हुँदै आयो ।
भारतलाई आठ किलोमिटर लाग्दैन ?
भारतले अन्तर्राष्ट्रिय मान्यता, नीति र निर्णयविपरीत नेपाल–भारत सीमाको दशगजा नजिकै सडकको नाममा कङ्क्रिट पर्खाल लगाएर नेपालबाट बग्ने पानीको निकास रोक्ने गरी संरचना बनाउने काम रोक्नेतिर होइन झ्न तीव्रतासाथ झन् अग्ला पर्खाल लगाउँदै छ । लक्ष्मणपुर, महलीसागर र रसिया खुर्दलोटन बाँधजस्ता अरू कैयौँ नयाँ बाँध निर्माण गरिरहेको छ । भारतमा मोदी सरकारमा आएपछि त झनै मान्यता र सीमाहरूको उल्लङ्घनको मात्रा बढ्ने क्रम जारी छ । नेपालको प्राकृतिक बहाव रोक्ने काम तथाकथित बाँध, तटबन्ध, सडक जे नाम दिए पनि हुन्छ भरमार बनाएर । नेपालबाट भारततर्फ बग्ने ६० वटा नदी तथा खोलामध्ये अधिकांशको प्रवाह रोक्ने आशयले सीमा क्षेत्रमा एकतर्फी संरचना निर्माण गरेको छ । यस अतिरिक्त नेपाली भूमि डुबाउन भारतले अरू २८ ठाउँमा ठुला बाँध र तटबन्ध बनाएको छ । यी संरचनाले नेपालबाट दक्षिण बग्ने नदी–नालाको प्राकृतिक बहाव थुनिन्छ र नेपाली जमिन डुबानमा पर्छन् । यस्ता संरचना कहीँ जमिन उकासेर त कतै सडकको नाममा अग्ला छेकबार बनाएर नेपाल डुबाउने स्पष्ट नियत देखिन्छ । यस्ता संरचना सीमाका ८÷८ किलोमिटर तटीय क्षेत्रमा बनाउन पाइँदैन अन्तर्राष्ट्रिय कानुनअनुसार । तर, भारतलाई नियम लागू हुँदैन ।
नाम मित्रताको काम अमैत्री
भारत सरकारको जलनीति जसरी पनि पानीबाट आफूमात्र लाभ लिने र नेपाललाई डुबाएरै छोड्ने देखापरेको हो । सीमा क्षेत्रका जहाँ पनि नेपाली पानीको प्राकृतिक निकास रोक्ने र नेपालका हेक्टरौँ हेक्टर धान–खेत डुबाउने खालको रणनीति भारतले अख्तियार गरेको देखिन्छ । खाँडो खोला, डण्डा खोला, लालबकैया खोला यसका उपमा हुन् । त्यस्तै त्रिवेणी बाँध बाँधेर १९ किलोमिटर नेपाली भूमि हुँदै नहर भारततर्फ लगेको छ । सो नहरको डिल जमिनमाथि भएकोले वर्षामा आउने पानी र बाढीले सहज निकास पाउँदैन । नेपाली भूमि डुबानमा नपार्न पानीको निकासका लागि बनाइएको साइफन भारतले बर्सेनि सफा गर्नुपर्ने सहमतिबमोजिम काम गरेको छैन । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ का १२ सत्न्दा बढी घर डुबानमा पर्छन् । त्यो डुबानबाट मुसहर, बोटे, माझी बस्ती विस्थापित हुने गरेका छन् । प्रदेश नं. ५ का नवलपरासी, रूपन्देही, कपिलवस्तु र बाँकेका सीमावर्ती गाउँ डुबान हुनुमा भारतका त्यही अनधिकृत बाँध, अग्ला सडक नै प्रमुख कारण भएका छन् । डण्डा खोलामा एकतर्फी बाँध बाँधेर सिद्धार्थनगर–२, भेद्रडिहवा र झण्डिबजारदेखि करिब ३ किलोमिटर दक्षिणमा भारतले हजारौँ हेक्टर जमिनमा सिंचाइ गर्छ । यता भने बाँधका ढोका खोल्ने तजविजी अधिकार भारतसँग छ । बेलामा बाँधको ढोका नखोली दिँदा ५५–६० घर डुबानमा पर्ने गरेका छन् । यसरी भारतले मित्रताको नाममा अमैत्री काम गरेको छ ।
पुनर्विचार गर्ने कि ?
यसपल्ट वर्षात्को कारण असारको अन्तिम सातामा नै ठुलो सङ्ख्यामा जन–धनको विनाश देखाप¥यो । यही प्रवृत्ति कायम रहने हो भने सिङ्गो साउन र भदौ महिना, अनि असोज महिनाको आधाआधातिरसम्म यो विपद्ले कत्रो आकार लेला । गृहमन्त्रालय विपद् व्यवस्थापनका अङ्ग, नेपाल रेडक्रस सोसाइटीजस्ता संस्थाले अलि बढी तयारी गर्नु जाति होला । यो वर्ष एकातिर कोरोनाले आक्रमण गरिरहेको छ, अर्को सलहले झन्डै व्यापकता लिएको ¤ अब बाढी पहिरोको व्यापकता । स्थानीय तहले मोटर बाटो बनाउन नपाउने गर्ने कि ? पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूमध्ये उल्लेख्य प्रतिशतसँग निर्माण व्यवसायीहरूसँग हुने सामग्री भएकोले उनीहरूको स्वार्थ सडक निर्माण गर्ने योजनामा ठ्याक्कै मिल्छ । अर्को शब्दमा भन्दा अस्तिका साना र मझौला ठेकेदार वा टुक्रे ठेकेदार पालिकाको निर्वाचनमा उम्मेदवार भए । उनीहरूलाई पार्टीले र नेताले निर्वाचन खर्च दिनुनपर्ने, उल्टै उनीहरूले नै पार्टी र नेताहरूलाई चुनाउ खर्चमा सघाउन सक्ने हुँदा प्रायःले उम्मेदवारी पाए, निकै सङ्ख्यामा विजयी पनि भए । अब ती पूर्वाधार निर्माणका साधन त छन् तिनको खरिद गर्दाको ऋण पनि तिर्नुहोला । तसर्थ ती भाँडा मिलाएर क–कसलाई दिए । के गर्ने त सडक बनाउने ¤ भन्ने भो । अब पहाड र चुरे छियाछिया भए । तब थोरै वर्षा हुँदै खलबल्याइएको डाँडाकाँडामा पहिरो गयो । अब स्थानीय सरकार यो मामलामा परिपक्व नभइसकेकोले सडकै बनाउने अख्तियारी दिन पुनः विचार गर्ने कि ?
Leave a Reply