भर्खरै :

ढुङ्गा उत्खनन

(बिहान ७ बजे भूमाफिया र ठग आफ्ना जनप्रतिनिधिको सम्पर्क कार्यालयमा पुग्छन् । कोठामा जनप्रतिनिधिको प्रवेश हुन्छ । नमस्ते आदान–प्रदान हुन्छ ।)
जनप्रतिनिधि – “ल भन्नुस्, आजको कार्यसूची के छ ?”
ठग – “सल्लाहअनुसार ढुङ्गा उत्खननको पहाड हाम्रो हुने भयो । योजनाअनुसार केटाहरूले विरोध गरेपछि ढुङ्गा उत्खनन अनुमति हामीलाई नै बिक्री गरिने भयो ।”
जनप्रतिनिधि – “त्यसो भए आजै मालपोतबाट पास हुने हो त ?”
भूमाफिया – “आजै पास गरौँ ¤ नयाँ कामको सुरूआतलाई विलम्ब नगरौँ ¤ तर, स्थानीय जनताले ढुङ्गा उत्खनन गर्ने हाम्रा स्क्याभेटर मेसिन र ढुङ्गा बोक्ने टिपरलाई रोक्ने सम्भावना कतिको छ ?”
ठग – (जनप्रतिनिधितर्फ हेर्दै) “प्रम, गृहमन्त्री, आइजी, सीडीओ, एसपी सबैसँग सेटिङ मिलाउने काम गर्नुस् । मालपोतका हाकिमलाई पनि भन्नुस्, फेरि छुट दर्ता खोलेको छैन भनी कचकच गर्लान् ।”
जनप्रतिनिधि – “सेटिङ मिलाउने काम मेरो भयो । यति पनि मिलाउन नसके यतिको बहुमतीय सरकारको जनप्रतिनिधिको के अर्थ ? चिन्ता मान्नु पर्दैन । अगाडि बढ ¤”
भूमाफिया – “कालोपत्र गर्ने आसफाल्ट उद्योग र सिमेन्ट गिटी मिसाउने रेडिमिक्स उद्योग त भयो । अब डन्डी, सिमेन्ट, रङ्गरोगन बिक्री पनि गर्नुप¥यो ।”
ठग – “कि प्रतिनिधिज्यूको अर्कैसँग ‘ईश्क’ लगाई बिक्रीको काम भइरहेकोे छ कि ?”
जनप्रतिनिधि – “निर्वाचन खर्च उठाउन धेरै मान्छेको साथ चाहिन्छ मलाई । बुझ्नु होला, यति नै काफी छैन र ?”
भूमाफिया – “जे होस् योजना जति बढ्यो त्यति नै मालामाल हामी नै हुने हौँ ¤ सडकको दायाँबायाँ हरियाली बनाउनुप¥यो, रूख काटेर सडक चौडा गर्नुप¥यो, सडकको रिटेनिङ वाल उठाउनुप¥यो । सबैको बजेट हाम्रो कब्जामा छ । (ठगलाई हेर्दै) अरूलाई पनि कुम्ल्याउन दिनुप¥यो नि अलिअलि (जनप्रतिनिधितर्फ हेर्दै) होइन र ?”
जनप्रतिनिधि – “प्रशासन र प्रहरीले हाम्रो इसारामा काम गरेर पुग्दैन । सबैतिर प्रशासन र प्रहरीलाई देखाउन पनि मिल्दैन । केटाहरू पनि पठाउनुपर्छ । सेटिङको अर्थ धेरै लाग्छ । ल जाऔँ ! कुरा थोरै काम धेरै गरौँ !” (सबै उठछन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *